बिजुलीका तार भूमिगत गर्नका लागि यसरी हुँदैछ काम (तस्बिरहरु)
काठमाडौं । सोमबार बिहान मजदुरहरु कोही कोही घमाधम खन्दै थिए । कोही मेसिन चलाउँदै थिए त कोही प्राविधिक विषयको नापजाँच गर्दै थिए ।
यो दृश्य चाबहिल क्षेत्रको हो । जहाँ धमाधम बिजुलीका तार भूमिगत गर्नका लागि काम भइरहेको थियो ।
सरकारी निर्णयअनुसार नेपाल विद्युत प्राधिकरणले केही समयअघिदेखि राजधानीमा बिजुलीका तारलाई भूमिगत गराउने कार्य गरिरहेको छ ।
पोलमा टाँगिएका तारले शहरलाई कुरुप बनाउनुका साथै विभिन्न समस्या समेत उत्पन्न भएपछि तार भूमिगत गर्ने कार्य थालिएको हो । सो कार्य मुलुकमा कोरोनाको त्रासका कारण लकडाउन हुँदापनि आवश्यक स्वास्थ्य सजगता अपनाएर भइरहेको छ ।
प्राधिकरणले उपत्यकाको विद्युत् वितरण प्रणाली भूमिगत, सुदुढीकरण र स्वचालित गर्ने उद्देश्यले पहिलो चरणमा रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्र अन्तर्गतको क्षेत्रमा सुरुवात गरेको हो। यी दुई क्षेत्रका लागि २०१९ मार्चमा केईआई इन्डस्ट्रिजसँग २०२१ अक्टोबरमा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो। एसियाली विकास बैंकको सहुलीयत पूर्णऋण र सरकार तथा विद्युत् प्राधिकरणको लगानीमा आयोजना सञ्चालन गरिएको हो।
तस्बिरहरु हेर्नुहोस्ः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोपबहादुरसहित ७ जनालाई धरौटीलाई छाड्न सर्वोच्चको अस्वीकार
-
रुपन्देहीमा २०७ बोरा अवैध चिनी बरामद
-
नक्कली परीक्षार्थी खडा गर्नेमाथि अनुसन्धान गर्न प्रहरीलाई पत्राचार
-
शाहरुखको जवान टौरस वर्ल्ड स्टन्ट अवार्डमा मनोनीत
-
विदेश पठाउँछु भनेर ठगेको आरोपमा दुईजना पक्राउ
-
ग्रिन हाइड्रोजन उत्पादनका लागि केयूले ऊर्जा डेभलपर्ससँग साझेदारी गर्ने