शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

इरफानकी आमाको चारदिन अघि मात्रै भएको थियो निधन

बुधबार, १७ वैशाख २०७७, १२ : ४३
बुधबार, १७ वैशाख २०७७

बुधबार बिहान मृत्युवरण गरेका बलिउडका उत्कृष्ट अभिनेता इरफान खानकी आमाको चार दिन अघि मात्रै मृत्यु भएको थियो ।

उनकी आमा साइदा बेगमको गत शनिबार मृत्यु भएको हो । उनी ९५ वर्षकी थिइन् ।

खराब स्वास्थ्य र लकडाउनका कारण इरफान आफ्नी आमाको अन्तिम संस्कारमा उपस्थित हुन नसकेको भारतीय सञ्चार माध्यमले बताएका छन् ।

इरफान खान राजस्थानको टोंकको नवाबी खानदानसँग सम्बन्धित थिए । उनको वाल्यकाल पनि टोंकमा नै बित्यो । उनका आमा–बुवा दुबै टोंकमा बस्दथे ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप