केन्द्रीय संस्करण

क्यान्सर पीडित ऋषि कपुरको स्वास्थ्य बिग्रियो, अस्पताल भर्ना

person explore access_timeबैशाख १८, २०७७ chat_bubble_outline0

बलिउडका चर्चित अभिनेता ऋषि कपुरको स्वास्थ्य बिग्रिएका कारण उनलाई मुम्बईको एचएन रिलायन्स फाउन्डेशन अस्पतालमा भर्ना गरिएको छ ।

यो जानकारी उनका दाइ रणधीर कपुरले दिएका हुन् ।

६७ वर्षका ऋषि कपुरलाई बुधबार बिहान अस्पताल भर्ना गरिएको हो ।

रणधीर कपुरले समाचार एजेन्सी पीटीआईलाई भने, ‘अहिले उनी अस्पतालमा छन् । उनलाई क्यान्सर छ र सास फर्न समस्या छ । हाल उनको स्थिती स्थिर छ ।’

अमेरिकामा लगभग एक वर्षसम्म क्यान्सरको उपचार गराएपछि ऋषि कपुर गत सेप्टेम्बरमा भारत फर्किएका थिए । यस वर्ष फेब्रुअरीमा पनि स्वास्थ्य बिग्रिएपछि उनलाई दुई पटक अस्पताल भर्ना गर्नु परेको थियो ।

सोसल मिडियामा अत्यधिक सक्रिय रहने ऋषि कपुरले दुई अप्रिलपछि ट्वीटरमा केही पनि पोष्ट गरेका छैनन् । आफ्नो पोस्टमा उनले दीपिका पादुकोणसँग आउन लागेको फिल्मबारे जानकारी दिएका थिए ।

उनी अस्पताल भर्ना भएको खबर सार्वजनिक भएपछि सोसल मिडियामा उनको शीघ्र स्वास्थ्य लाभको कामना गरिँदैछ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.