शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सास जानु अघि इरफानले भनेका थिए, ‘आमा मलाई लिन आउनुभयो’

बिहीबार, १८ वैशाख २०७७, ०८ : २३
बिहीबार, १८ वैशाख २०७७

बलिउडका सदाबहार अभिनेता इरफान खानको बुधबार दिउँसो ३ बजे मुम्बईमा अन्तिम संस्कार गरियो । यो मौकामा उनका दुई छोरा अयान र बाबिलबाहेक परिवारका केही सदस्य र नजिकका साथीको मात्रै उपस्थिती रह्यो । भारतीय मिडिया रिपोर्टका अनुसार उनलाई अस्पतालबाट सिधै चिहान लगिएको थियो । उनले बुधबार बिहान मुम्बईस्थित कोकिलाबेन धीरुभाइ अम्बानी अस्पतालमा अन्तिम सास फेरे ।

अन्तिम यात्रामा २० जनाको उपस्थितीः

उनको अन्तिम यात्रामा जम्माजम्मी २० जनाको मात्रै उपस्थिती थियो । पुलिसले लकडाउन र कोरोना संक्रमणका कारण इरफानको पार्थिव शरीर घर लैजाने अनुमती दिएनन् ।

इरफानकी श्रीमती पहेँलो कुर्तामा

सास जानुअघि आमालाई सम्झिएः

सेलिब्रिटी फोटोग्राफर विरल भयानीको पोस्ट अनुसार इरफान खानको सास जानुअघि उनले ‘आमा लिन आउनुभएको छ’ भनेका थिए । उनकी ९५ वर्षीया आमा सईदा बेगमको शनिबार निधन भएको थियो । लकडाउन र स्वास्थ्यमा समस्या भएपछि उनी आमाको अन्तिम श्रद्धाञ्जलीमा उपस्थित हुन सकेनन् । इरफानले भिडियो कलमार्फत् आमालाई अन्तिम पटक हेरेका थिए ।

 
 
 
 
 
 
 
 
 
 
 
 
 

🤲🙏 #rip #irfankhan

A post shared by Viral Bhayani (@viralbhayani) on

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप