केन्द्रीय संस्करण

खोल्सामा श्रीमतीको हत्या गरेर गाडेको आरोपमा एक जना पक्राउ

person explore access_timeबैशाख २२, २०७७ chat_bubble_outline0

धनुषा – खोल्सामा श्रीमतीको हत्या गरेर गाडेको आरोपमा एक जना पक्राउ परेका छन् । 

आइतबार प्रहरीले आफ्नै २३ वर्षीया श्रीमती बिनु चौहान लामाको हत्या गरेको अभियोगमा मिथिला नगरपालिका–९ लालभित्ती बस्ने हरि चौहान पक्राउ परेका हुन् । 

झगडा गरी घरबाट हिडेंकी बिनु सम्पर्कमा नआएको भनी हरिले शुक्रबार प्रहरी चौकी लालगढमा मौखिक जानकारी गराउना साथ प्रहरी उनको खोजी तथा अनुसन्धानमा जुटेको थियो । 

सो क्रममा सोही नगरपालिका–१० लालगढस्थित सामुदायिक वनको मगरनी खोल्सामा हत्या गरेर गाडेको भन्ने जानकारी आइतबार प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ढल्केवर र प्रहरी चौकी लालगढबाट खटिएको प्रहरीले उक्त स्थानमा उत्खनन गर्दा बिनुको शव फेला पारेको हो । 

घटनाको प्रारम्भिक अनुसन्धानको क्रममा हरिले नै हत्या गरेको खुलेपश्चात उनलाई प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.