बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

अलिकता संवाद - मार्क्ससंग

मङ्गलबार, २३ वैशाख २०७७, १० : २४
मङ्गलबार, २३ वैशाख २०७७

 

मैले मार्क्सलाई भनें -
कमरेड !
हामी- तिम्रै खेती गरिरहेछाैं,
तिमै बालीमा रमिरहेछाैं ।

देखेर हाम्राे खेती विधि,
भन्नेहरूले त भने -
मार्क्सीय सक्कल भत्कन्छ,
प्रकृति बिग्रन्छ,
बिनास हुन्छ धरती र मानवता ।

तर,
किराबाट जाेगियाेस् वाली भन्ठानेर
हुनसम्म सप्राेस मार्क्सीय वाली भन्ठानेर
विषादी मिसाएका छाैं तिमीमा
विकासे मलजल गरेका छाैं तिमीमा
र खेती सपारेका छाैं गजबले ।

तर आरिसेहरू,
काेकाेहाेलाे हालिरहेछन्
आराेपित गरिरहेछन् र भनिरहेछन हामीलाई
मार्क्समा मिसाएकाे रसायनले
तिमीमा घाेलिएकाे बिषादीले
अन्तत; मर्नेछन सारा जीवनहरू ।
र,मर्नेछ सिङ्गै प्रकृति र याे धरती ।

अरिङ्गाठेहरूमा यी आराेपहरू छिचाेल्दै
दुईदिन नै सही
रसायन र बिखादीकाे मदतले
फूलिरहेछाै/ झुलिरहेछाै तिमी
हाम्राे करेशाबारीमा ।

०००

(कार्ल मार्क्सकाे २०२औं जन्मदिनको सुअवसरमा)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शरद पौडेल
शरद पौडेल
लेखकबाट थप