बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

‘बोइज लकर रुम’ पछि ‘गर्ल्स लकर रुम’ च्याट भाइरल, कारवाहीको माग

बुधबार, २४ वैशाख २०७७, ०९ : ०३
बुधबार, २४ वैशाख २०७७

‘बोइज लकर रुम’ पछि कथित रुपमा ‘गर्ल्स लकर रुम’ च्याट सोसल मिडियामा भाइरसल भइरहेको छ, जसमाथि मानिसहरुले प्रश्न उठाइरहेका छन् । भारतीय ट्वीटरमा #girlslockeroom टप ट्रेन्डमा छ ।

इन्स्टाग्राम च्याट ग्रुप जसलाई ‘बोइज लकर रुम’ भनिएको छ, त्यसमा सामूहिक बलात्कारको षड्यन्त्र रच्दै गरेको कुराकानी सार्वजनिक भएको थियो । यसमाथि दिल्ली पुलिसले कारवाही गर्दै आरोपी युवकलाई पक्राउ पनि गरेको थियो । यस्तोमा अब मानिसहरु ट्वीटरमार्फत् ‘गर्ल्स लकर रुम’ च्याट सार्वजनिक भएपछि यस्ता युवतीविरुद्ध कारवाहीको माग गरिरहेका छन् ।

‘गर्ल्स लकर रुम’ को कथित रुपमा जुन च्याट सोसल मिडियामा भाइरसल भइरहेको छ त्यसमा केटीहरुले केटाहरुको यौनाङ्गबारे अश्लील कुराकानी र टिप्पणी गरिरहेको पाइएको छ ।

सोसल मिडियामा आरोप लगाइए अनुसार यो ग्रुप च्याट कथित रुपमा महिलाद्वारा युवतीका लागि मात्र भन्दै सञ्चालित गरिन्छ । यो ‘गर्ल्स लकर रुम’ मा कथित रुपमा पुरुषबारे अपमानजनक कुरा मात्रै गरिन्छ ।

भारतीय मिडिया आजतकका अनुसार एक व्यक्तिले सोसल मिडियामा च्याट समूहका केही स्क्रिनसट पोस्ट गरेका छन् जहाँ युवतीहरुले पुरुषबारे अश्लील कुरा गरिरहेका थिए । महिलाको ग्रुप च्याट स्क्रिनसटमा पुरुषका आपत्तिजनक तस्बिर छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप