बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कविता : जस्ताका छिद्रहरू

शनिबार, २७ वैशाख २०७७, ०८ : ३३
शनिबार, २७ वैशाख २०७७

-साकारबाबु सुबेदी

खै, कसरी उदायौ भन्नु तिमी ? 
बिम्बले धर्ती छोएकै देखिएन
उज्याला घाम छानाभन्दा माथि
नजरन्दाजमै दौडन्छन् सधैँ ।

एक घाम निरन्तर गिज्याउँछ,
जस्ताको सानो प्वालबाट ।
कतै निरन्तर निधारमाथि 
तप्किएका पानीका थोपा पछि ।

मौसमले मनमा खेलेजस्तै
तिम्रो सत्ताले ममा खेल्दै छ
हुनु पर्ने भय हुन सकेन आज
अरू नै भयले जीवन हर्दै छ ।

आशाका साना बिम्बहरूले 
जस्ताका साना छिद्रबाट
राहतको ठूलो सास फेर्ने 
जीवन न हो, लालची बन्यो ।

वर्षातका हिलाम्य डगरहरूले 
थकित यत्नहरू चिप्ल्याए झैँ 
मेरा जीउने अनवरत परिश्रमहरू
पछारिदै छन्, एक पछि अर्काे हुँदै ।

तिमीले चलाएका द्वैद सत्तामा
म मेरो नगरिकता भिडाउँदै हेर्छु
कहीँ कतैको नहुने रहेछ पछौटे
परचक्री झैं दलीन टेक्न नपाउँदै

कसले कोर्‍यो विभाजित रेखाहरू ? 
मेरा मतहरू त तिम्रै बाकसमा थिए
गन्तव्य, नटुङ्गिने नदीको पर्खाल बन्यो
तिम्रो सीमामा कहिले नभेटिने घाम जस्तै ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा