केन्द्रीय संस्करण
सन्दर्भ : निर्मल लामा स्मृति दिवस

मैले जानेको र बुझेको निर्मल लामा

person explore access_timeबैशाख २७, २०७७ chat_bubble_outline0

नेपाली कम्युनिस्ट आन्दोलनका एक शिखर पुरुषको नाम हो निर्मल लामा । आफूलाई दार्जिलिंगको चियाबगानको मजदुर घरमा जन्मेका’ भनी चिनाउनु हुने लामा कालान्तरमा आएर नेपाली कम्युनिष्ट आन्दोलनको शिखर हस्ती बन्न पुग्नुभयो । राजनीतिको उचाइँमा पुगेर पनि सरलता, सादापन र चिनेका–नचिनेका सबैसँग उत्तिकै सहज र आत्मीयताका साथ व्यवहार गर्ने खुबी निर्मल लामामा थियो । यस्तो खुबी निक्कै कम मानिसमा मात्र पाइन्छ । लेखनाथ पौडेलको फलेको बृक्षको हाँगा झुकेको हुन्छ निरन्तर भन्ने उक्ति लामामा निक्कै राम्रोसँग लागू हुन्छ ।

सहयोद्धाहरुका साथ निर्मल लामा

नेपालमा कम्युनिष्ट पार्टीको स्थापना नभएको समयमा नेपाली कांग्रेसबाट राजनीतिक जीवन शुरु गरेर पछिल्लो चरणमा चौथो महाधिवेशन हुँदै नेकपा एकता केन्द्रसम्मको नेतृत्व तहमा रहनुभएका निर्मल लामासँग मेरो कुनै राजनीतिक सम्बन्ध थिएन । तर खुला स्वभाव, सबैसँग हिमचिम गर्ने बानी, विनम्र, उदार र सरल स्वभावका नेता भएका कारण सक्रिय पत्रकारिताका दौरानमा उहाँसँग लामो र राम्रो सम्पर्क रह्यो । २०४६ को सफल आन्दोलनपछि संविधान निर्माणको क्रममा लामालाई थप राम्ररी चिन्ने मौका पाइयो ।  त्यसबेला लामा संविधान निर्माण आयोगको सदस्य हुनुहुन्थ्यो । संविधान निर्माणको क्रममा तत्कालीन राजनीतिक शक्ति सन्तुलनमा आयोगभित्रै पनि राजालाई अधिकार सुरक्षित गर्नुपर्छ भन्नेहरुको कमी थिएन । त्यसका विरुद्ध आयोगमा लड्ने थोरै सदस्यहरुमध्ये लामा अग्रपंक्तिमा हुनुहुन्थ्यो । त्यही क्रममा  संविधान निर्माणका क्रममा जनताविरुद्ध भइरहेका षड्यन्त्रहरुका बारेमा कतिपय अन्तरंग सूचनाहरु लामाले आफूले चिने–जानेका पत्रकारहरुलाई चुहाउने गर्नुहुन्थ्यो । त्यहीक्रममा कतिपय पटक उहाँबाट त्यस्ता सूचनाहरु प्राप्त गर्ने मौका मैले पनि पाएका थिए । पछि त लामाले संविधानमा राजालाई अधिकार सुरक्षित राख्ने कुराको खुलेआम नै विद्रोह गर्नुभयो, त्यसका विरुद्ध खबरदारी गर्दै रत्नपार्कको प्रजातान्त्रिक भित्तो भनेर चिनिने पर्खालमा पर्चावाजी र पोष्टरिंग नै गर्नुभयो । त्यसले लामाले आयोगमा खानुभएको गोपनीयताको सपथको उल्लंघन त गर्‍यो, तर उहाँको त्यही विद्रोही कदमले जनतालाई जगाउने र राजालाई विशिष्ट अधिकार दिने षड्यन्त्रलाई चकनाचुर पार्ने काममा महत्त्वपूर्ण भूमिका खेलेको थियो ।

माधवकुमार नेपालका साथ निर्मल लामा


संविधान निर्माणको क्रममा तत्कालीन राजनीतिक शक्ति सन्तुलनमा आयोगभित्रै पनि राजालाई अधिकार सुरक्षित गर्नुपर्छ भन्नेहरुको कमी थिएन । त्यसका विरुद्ध आयोगमा लड्ने थोरै सदस्यहरुमध्ये लामा अग्रपंक्तिमा हुनुहुन्थ्यो । त्यही क्रममा  संविधान निर्माणका क्रममा जनताविरुद्ध भइरहेका षड्यन्त्रहरुका बारेमा कतिपय अन्तरंग सूचनाहरु लामाले आफूले चिने–जानेका पत्रकारहरुलाई चुहाउने गर्नुहुन्थ्यो । पछि त लामाले संविधानमा राजालाई अधिकार सुरक्षित राख्ने कुराको खुलेआम नै विद्रोह गर्नुभयो, त्यसका विरुद्ध खबरदारी गर्दै रत्नपार्कको प्रजातान्त्रिक भित्तो भनेर चिनिने पर्खालमा पर्चावाजी र पोष्टरिंग नै गर्नुभयो । त्यसले लामाले आयोगमा खानुभएको गोपनीयताको सपथको उल्लंघन त गर्‍यो, तर उहाँको त्यही विद्रोही कदमले जनतालाई जगाउने र राजालाई विशिष्ट अधिकार दिने षड्यन्त्रलाई चकनाचुर पार्ने काममा महत्त्वपूर्ण भूमिका खेलेको थियो ।


विद्रोही स्वभावका लामाको राजनीतिक निष्ठा र आदर्शवादी जीवनदर्शन सिक्न लायकको थियो । २०४६ सालपछिको प्रजातान्त्रिक सरकारले राजनीति गर्नेहरुको निष्ठा र आदर्शलाई ‘राजनीतिक पीडित’को नाममा पैसासँग जोख्ने र साट्ने काम गर्‍यो । तत्कालीन अवस्थामा जनताका आस्था र निष्ठाका सिंहासनमा रहेका थुप्रै नेताहरुले त्यो पैसा ग्रहण गरेर मुलुकप्रतिको आफ्नो समर्पण र योगदानलाई पैसासँग साट्ने काम गरे । थुपै जनाले ‘फलानाले त पैसा लियो, २०, ३० वर्ष कठोर राजनीति गरेका म जस्ताले चाहिँ किन लिन नहुने ?’ जस्ता तर्क–कुतर्क गरेर आफ्नो निष्ठा र योगदानलाई पैसासँग साटेको कुरालाई सही र जायज साबित गर्ने कोशिश र काम गरे । त्यसरी थुपै्र राजनेताहरुले कठोर पञ्चायती कालमा जनताका पक्षमा बोलेर, लेखेर र राजनीतिक गरेर बढाएको उचाइँलाई राजनीतिक पीडित सहयोगको दानपात्रमा गल्र्यामगुर्लुम ढालेर आफूलाई विचार र दृष्टिकोणको हिसाबमा बामपुड्के साबित गरे । तर त्यसका विरुद्धमा लामा भने सतीसालको रुपमा खडा भएर देखापरे । उहाँको हक्की तर्क थियो, ‘मैले जे जति राजनीतिक काम गरें, त्यो मेरो मनले गर्नैपर्ने काम ठानेर गरें, मैले आफैंले रोजेर गरेको त्यो काम गर्दा आफू पीडित भएको म ठान्दिनँ । त्यसैले पीडितको नाममा दिने सुविधा म लिन्नँ ।’ यस्तो दृढ विचार राख्दै त्यसबेला कठोर आर्थिक कठिनाईका बीच बाँचिरहेका लामाले राजनीतिक पीडितका रुपमा दिइने कुनै पनि किसिमका सहयोगहरु लिन ठाडै इन्कार गरे । त्यसरी पैसा लिनुलाई लामाले आफ्नो राजनीतिक निष्ठा र देश–जनताप्रतिको समर्पण–योगदानलाई बिक्री गर्नु सरह ठाने, देश र जनताप्रतिको गद्दारी माने । त्यो राजनीतिलाई व्यापारमा परिणत गर्ने र बैंकमा पैसा राखे सरह पछि व्याज खाने प्रवृत्तिका विरुद्ध लामाको विद्रोह थियो । यसले थोरै भए पनि आर्थिक गर्जो टर्ने स्थितिलाई त पछाडि धकेल्यो तर त्यसले जनतामा लामाप्रति रहेको आस्था–विश्वास र सम्मानलाई भने सगरमाथाको चुलीमा पुर्‍याउने काम गर्‍यो ।


त्यसबेला कठोर आर्थिक कठिनाईका बीच बाँचिरहेका लामाले राजनीतिक पीडितका रुपमा दिइने कुनै पनि किसिमका सहयोगहरु लिन ठाडै इन्कार गरे । त्यसरी पैसा लिनुलाई लामाले आफ्नो राजनीतिक निष्ठा र देश–जनताप्रतिको समर्पण–योगदानलाई बिक्री गर्नु सरह ठाने, देश र जनताप्रतिको गद्दारी माने । त्यो राजनीतिलाई व्यापारमा परिणत गर्ने र बैंकमा पैसा राखे सरह पछि व्याज खाने प्रवृत्तिका विरुद्ध लामाको विद्रोह थियो । यसले थोरै भए पनि आर्थिक गर्जो टर्ने स्थितिलाई त पछाडि धकेल्यो तर त्यसले जनतामा लामाप्रति रहेको आस्था–विश्वास र सम्मानलाई भने सगरमाथाको चुलीमा पुर्‍याउने काम गर्‍यो ।


कम्युनिस्ट आन्दोलनका वरिष्ठ हस्ती लामा नेपालको सन्दर्भमा गाउँले शहर घेर्ने माओको दीर्घकालीन जनयुद्धको नीतिमा भन्दा जन–संघर्ष र जनआन्दोलनको माध्यमबाट सत्ताकब्जा गर्न सकिने कुरामा बढी विश्वास गर्नुहुन्थ्यो । त्यसो त २००७ सालको राजनीतिक विद्रोहमा मुक्ति सेनाका सक्रिया योद्धाका रुपमा लडाइँ लडेका लामा सहरिया जनसंघर्षका विशेषज्ञ नै मानिनुहुन्थ्यो । विशेष गरेर सहरिया संघर्ष र आन्दोलनका खाकाहरु बुन्न र त्यसलाई योजनाबद्ध, व्यवस्थित र सफल ढंगले परिचालन गर्ने खुबी लामामा थियो । २०४६ सालको परिवर्तनपछि पनि मुलुकमा थुप्रै आन्दोलनहरु भए । त्यस्ता थुप्रै आन्दोलनहरुको सफल नेतृत्व लामाले गर्नुभएको थियो । यसक्रममा मलाई सम्झना हुन्छ, २०४८ सालतिर भएको एउटा आन्दोलनको नेतृत्व लामाले गरिरहनुभएको थियो । हामी केही पत्रकारहरु लामासँगै आन्दोलनमा हिँडिरहेका थियौं । त्यो आन्दोलन व्यवस्थित थियो । आन्दोलनमा पर्याप्त मात्रामा स्वयंसेवकहरु परिचालन गरिएका थिए । यसैक्रममा त्यो जुलुस न्यूरोड गेटनेर पुग्यो । तत्कालीन शाही वायुसेवा निगमअघिल्तिर पुलिसले छेक्न खोजेपछि आन्दोलनकारीहरु उत्तेजित बने । उनीहरु सडकछेउका ट्राफिकबत्ती तोडफोड गर्न थाले, शाही वायुसेवा निगमतिर ढुंगामुडा गर्न थाले, केही आन्दोलनकारीहरु बार नाघेर निगमको भवनतिरै छिर्न खोजे । त्यो देखेर लामा आफैं अग्रसर भएर उत्तेजित भीडलाई थामथुम पार्न थाल्नुभयो । ट्राफिक बत्ती फुटाउन खोज्ने, निगमभित्र पसेर ध्वंस गर्न चाहने उत्तेजित आन्दोलनकारीहरुलाई आफैंले च्याप्प समातेर त्यसो नगर्न आदेश दिनुभयो । उहाँको भनाइ थियो, ‘यो सबै सम्पत्ति कांग्रेसको वा राजाको वपौती होइन, यो त जनताको सम्पत्ति हो । त्यसैले हामीले जनताको सम्पत्तिलाई तोड्फोड गर्ने होइन, रक्षा पो गर्ने हो त ।’ तत्क्षणै लामाले स्वयंसेवकहरुलाई अह्राउनुभयो, ‘तोड्फोड गर्न खोज्नेहरुलाई समातेर कारवाही गर्नु, त्यो आन्दोलन भाँड्ने घुसपैठिया हुन सक्छ ।’ प्रभावशाली स्वर र शैलीमा दिनुभएको लामो त्यो आदेश र निर्देशनपछि भीडले तोड्फोड गर्न छोड्यो, आन्दोलन व्यवस्थित बन्यो । यसबीच आन्दोलनकारीहरु न्यूरोडतिर छिर्न खोजेपछि प्रहरीले फायर खोल्यो । गोली चल्न थालेपछि आन्दोलन तितरबितर भयो । त्यसबेला थुप्रै हताहत हुन सक्थे तर धन्न, टुँडिखेलस्थिति सैनिकमञ्चमा तैनाथ सिपाहीले गेटका ढोका खोलिदिए । सैनिक क्षेत्रभित्र प्रहरी नपसेका कारण क्षति हुन पाएन ।


२००७ सालको राजनीतिक विद्रोहमा मुक्ति सेनाका सक्रिया योद्धाका रुपमा लडाइँ लडेका लामा सहरिया जनसंघर्षका विशेषज्ञ नै मानिनुहुन्थ्यो । विशेष गरेर सहरिया संघर्ष र आन्दोलनका खाकाहरु बुन्न र त्यसलाई योजनाबद्ध, व्यवस्थित र सफल ढंगले परिचालन गर्ने खुबी लामामा थियो । २०४६ सालको परिवर्तनपछि पनि मुलुकमा थुप्रै आन्दोलनहरु भए । त्यस्ता थुप्रै आन्दोलनहरुको सफल नेतृत्व लामाले गर्नुभएको थियो ।


यस्ता थुप्रै विशिष्टताका साथसाथै लामाका केही निश्चित कमजोरीहरु पनि थिए । त्यस्ता कमजोरीहरुमध्ये एउटा प्रमुख कमजोरी उहाँमा रक्सी सेवन गर्नैपर्ने बानी थियो । रक्सी खाएपछि उहाँ आफ्ना कुराहरु लुकाउन सक्नु हुन्नथियो, खुला पुस्तक जस्तै सबैका लागि सहज र सबैकुरा बताउन खालका बन्नुहुन्थ्यो । यसै सन्दर्भमा एउटा रोचक अनुभव मैले पनि गरेको थिएँ ।

सम्भवतः २०५१ सालतिरको कुरा हो । तत्कालीन अवस्थाको एकताकेन्द्रभित्रको राजनीतिक समीकरणमा डा. बाबुराम भट्टराई लामा नजिक मानिनुहुन्थ्यो । त्यसबेला पार्टीले डा. भट्टराईहरुमाथि ‘कारवाही’ गर्‍यो । त्यो कारवाही के थियो र किन गरिएको थियो भन्नेबारे तथ्यहरु बाहिर आएका थिएनन्, पार्टीका जिम्मेवार नेताहरुले केही बोल्न चाहिरहेका थिएनन् । सहज प्राप्यता तथा चाँडै खुल्ने बानीका कारण लामासँग फोन सम्पर्क गरियो । सम्भवतः जानकारी सार्वजनिक नगर्ने पार्टीको नीतिअनुसार उहाँ पनि पटक्कै बोल्न मान्नुभएन ।

नारायणकाजी श्रेष्ठका साथ निर्मल लामा

बेलुकीपख लामाको मनस्थिति बुझ्ने नियतले फेरि फोन गरियो । यसपटक उहाँलाई आफ्नो परिचय लुकाउँदै ‘स्टेटम्यान’ पत्रिकाबाट बोलेको भनी हिन्दीमा कुरा गरियो । उहाँ उत्तेजित हुँदै ‘कलकत्तावाला ?’ भनी सोध्नुभयो । ‘हो’ भनी जवाफ दिएर दिउँसैको प्रश्न दोहोर्‍याएर सोध्दा यसपटक उहाँ सरर खुल्नुभयो । आफ्ना कुराहरु जिब्रो नचपाइकनै राख्नुभयो ।  पत्रकारिताको हिसाबले यसरी ढाँटेर सूचना लिनु ठीक थियो कि थिएन ? अझै मभित्र द्विविधा बाँकी छ । तर लामाले भारतीय अखबार भनेपछि र बेलुकीको समयमा फोन गरेपछि दिउँसोको आफ्नै अडानमा र ‘पार्टीको नीति’मा पनि टिक्न सक्नुभएन । वास्तवमा, त्यतिखेर उहाँ नेता निर्मल लामा हैन, रक्सीसेवन गरेपछिका मतवाली जातका र सोझो वृत्तिका दार्जिलिंगका तामाङ निर्मल लामा बन्न पुग्नु भएको थियो ।


पत्रकारिताको हिसाबले यसरी ढाँटेर सूचना लिनु ठीक थियो कि थिएन ? अझै मभित्र द्विविधा बाँकी छ । तर लामाले भारतीय अखबार भनेपछि र बेलुकीको समयमा फोन गरेपछि दिउँसोको आफ्नै अडानमा र ‘पार्टीको नीति’मा पनि टिक्न सक्नुभएन । वास्तवमा, त्यतिखेर उहाँ नेता निर्मल लामा हैन, रक्सीसेवन गरेपछिका मतवाली जातका र सोझो वृत्तिका दार्जिलिंगका तामाङ निर्मल लामा बन्न पुग्नु भएको थियो ।


त्यसको भोलिपल्टै भेट हुँदा मैले लामासँग यो सबै कुरा प्रष्टसँग बताएको थिएँ । त्यसबेला उहाँले हाँसेर ‘तपाईंले मलाई बिताउनुभयो’ मात्रै भन्नुभयो, कुनै रिसराग र तुस देखाउनु भएन । ढाँटेर सूचना हासिल गरेको त्यति गम्भीर कुरालाई पनि उहाँले सहज ढंगले नै लिनुभयो । वास्तवमा, उहाँका यस्तै सरलता र निश्छलताका कारण ‘पार्टी एवं संगठन पद्दतिको दृष्टिकोणले थुप्रै पटक उहाँ ‘अराजक’ पनि बन्न पुग्नु हुन्थ्यो । तर उहाँको गल्ती गरेपछि इमान्दारितापूर्वक आत्मालोचना गर्ने बानी र स्वभाव थियो । त्यसले उहाँको त्यो ‘अराजक प्रवृत्ति’ लाई राजनीतिक जीवनमा हावी हुन दिएन । श्रमलाई अति सम्मान गर्ने लामाको यो सरलता र सहजता अनि देश र जनताप्रति मरिहत्ते गर्ने समर्पणभावले नै खटिखाने जनतामा उहाँप्रति विशेष सम्मान जगाएको र आकर्षित गराएको हो ।

अस्पतालमा भर्ना भएका निर्मल लामालाई भेट्दै नेका नेता रामचन्द्र पौडेल

स्मृतिका पानाहरु पल्टाउँदै जाने हो भने लामालाई चिने–जानेका र उहाँसँग संगत गरेकाहरुसँग यस्ता थुपै्रै रोचक र उल्लेख्य प्रसंगहरु हुन सक्छन् । सिक्न र बुझ्न लायकका त्यस्ता प्रसंगहरुको सार्वजनिकीकरण हुनुपर्छ भन्ने म ठान्दछु । त्यसो त जिउँदा मान्छेको भन्दा मृत्यु भइसकेका मान्छेका बारेमा स्मृतिहरु लेख्दा त्यसको आधिकारिकतामाथि प्रश्न उठ्न सक्छन् । दिवंगत व्यक्तित्वहरु प्रतिवाद गर्न नआउनेहुनाले त्यसलाई सही र आधिकारिक ढंगले प्रस्तुत गर्ने एउटा मात्र माध्यम र उपाय भनेको फेरि पनि प्रस्तुतकर्ताको इमान्दारिता नै हो, यति मात्र भनौं ।

अन्त्यमा, स्मृति दिवसको अवसरमा मैले चिनेको, मैले बुझेको जननेता लामाप्रति हार्दिक सम्मान र श्रद्धाञ्जली !

निर्मल लामाप्रति श्रद्धान्जली अर्पण गर्दै नेका नेता स्व. गिरिजाप्रसाद कोइराला

सबै तस्विरहरु :https://matrikapokharel.blogspot.com

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.