मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

जेठी श्रीमतीको नाममा अर्जुन रामपाललाई गरियो ट्रोल, नायकले दिए यस्तो जवाफ

आइतबार, २८ वैशाख २०७७, ०९ : २३
आइतबार, २८ वैशाख २०७७

बलिउड नायक अर्जुन रामपाल र उनकी प्रेमिका ग्रेब्रिएला डेमोट्रिएडस आजकाल आफ्नो सुन्दर केमेस्ट्रिका कारण चर्चामा छन् । गत वर्ष अर्जुनले श्रीमती मेहर जेसियासँग आधिकारिक रुपमा सम्बन्धविच्छेद गरे । त्यसपछि उनी र उनकी प्रेमिकाले छोरालाई जन्म दिए । आइतबार ‘मदर्स डे’ को मौकामा उनले आफ्नी प्रेमिकालाई यो विशेष दिनका लागि बधाई दिए किनभने आमा बनेपछि यो उनको पहिलो मदर्स डे हो । तर यो कुरा उनकी एक इन्स्टाग्राम फलोअरलाई मन परेन र उनलाई ट्रोल गर्न थालिन् । अर्जुनले उनलाई यसको जवाफ पनि फर्काएका छन् ।

अर्जुनले आफू र प्रेमिकाको एक तस्बिर सेयर गर्दै लेखेका छन्, ‘उनी नयाँ आमा हुन् र निकै उत्कृष्ट पनि, ह्याप्पी मदर्स डे मम्मा । तपाईंलाई माया गर्छु ।’

तर अर्जुनलाई उनको यो प्रेमले भरिपूर्ण पोस्टमा मानिसहरुले अचम्मको कमेन्ट गर्छन् भन्ने सायद थाहा थिएन ।

यो पोस्टमा मोनालिसा चतुर्वेदी नामको आइडीबाट कमेन्ट गरिएको छ, ‘ईश्वर सर्वोच्च हुन् । यदि तपाईंले तपाईंले जे गरिरहनुभएको छ, त्यो गलत हो भन्ने महसुस गर्नुभएको छैन र यदि तपाईंले आफ्नी जेठी श्रीमतीलाई अपमानित गर्नका लागि सोसल मिडियाको प्रयोग गर्न बन्द गर्नुहुन्न अथवा यदि तपाईंलाई यस्तो गर्नका लागि तपाईंको वरिपरिका कोही व्यक्तिले प्रभावित गरिरहेको छ भने तपाईंले बुझ्नुहोस् कि भगवानले हस्तक्षेप गर्नेछन् । गेब्रिएलाको गर्भाव्स्थालाई अनावश्यक चर्चित बनाइयो । र गेब्रिएलाले जुन बच्चा जन्माइन् यो तपाईंका लागि लज्जाको विषय हुनुपर्ने हो । तपाईंले आफ्नो पूरा जीवन यो अपराधबोधका साथ बाँच्नुपर्नेछ । भगवानसँग यस्ता कुरामाथि न्याय दिन र मानिसहरुलाई विनम्रता सिकाउने तरिका पनि छ । ईश्वरसँग डराउनुहोस् ।’


यो कमेन्टमा अर्जुनले जवाफ पनि दिएका छन् । उनले लेखेका छन्, ‘प्रिय म्याम, यदि तपाईं मलाई यति घृणा गर्नुहुन्छ र तपाईंको मनमा मप्रति यति रिस छ भने म तपाईंलाई क्षमा दिने कला सिक्नका लागि आग्रह गर्छु । मेरो व्यक्तिगत जीवनमा समावेश सबैजना शान्तिपूर्ण तरिकाले खुसी र स्वस्थ छन् । मेरो जीवनबारे तपाईंलाई पक्कै पनि केही थाहा छैन । यसप्रति तपाईंले बनाउनुभएको धारणाका लागि धन्यवाद । घरमै बस्नुहोस्, सुरक्षित रहनुहोस् र पक्कै पनि सकारात्मक कुरा सोच्नुहोस् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप