इन्द्रधनु
शुक्रबार, ०२ जेठ २०७७, ०८ : ०२

रमेशचन्द्र घिमिरे
पाताल छेडी उम्रियौ कि स्वर्ग हुँदै झर्यौ
धेरैपछि इन्द्रधनु आज देखा पर्यौ
नुहाएर सफा भई घाम ताप्न आउँछिन्
डाँडापाखा, खोलानाला, हिमाल हेर्न पाउँछिन्
फूलसित पैँचो लिई जिउमा रङ्ग भर्यौ
धेरैपछि इन्द्रधनु आज देखा पर्यौ
आकाशमा देखा पर्दा सप्तरङ्गी धर्को
खुसी हुँदै बादलुले ओडाउँछ बर्को
घामपानीको मौका छोपी बल्ल साइत गर्यौ
धेरैपछि इन्द्रधनु आज देखा पर्यौ ।

- भोर्लेटार, लमजुङ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तत्काल कुनै पार्टीसँग एकता हुँदैनः खतिवडा
-
डेरीमा पशुको बोसोसहित अखाद्य वस्तु फेला
-
‘ह्यारी कि प्यारी’ को प्रिमियरमा जे देखियो, तस्बिरमा हेर्नुहोस्
-
क्यानद्वारा सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा
-
चितवनमा बुधबार १२ बजेदेखि पासपोर्टको लागि अनलाइन आवेदन दिन सकिने
-
परराष्ट्रमन्त्री पौड्यालले श्रीलङ्कामा उच्चस्तरीय भेटवार्ता गर्ने