केन्द्रीय संस्करण

‘आलोचना गर्ने, प्रश्न उठाउने सम्बन्धमा !’

जताततै आगो सल्किसकेपछि बस्तीका मुखियाहरुको कुवा खन्ने निर्णय

person explore access_timeजेठ २, २०७७ chat_bubble_outline0

विगत ०७६चैत्र १६।१७ तिरको कुरा हो एक जना अग्रज शिक्षक मित्रले एका बिहानै फोन गर्दै भन्नुभयो, “यो समय कसैले कसैको आलोचना गर्ने समय होइन । सरकारका काममाथि प्रश्न उठाउने समय त हुँदै होइन । अहिले रामायणकार भानुभक्त आचार्यलाई नै भेट्टाएर सरकाले स्वास्थ्यमन्त्री बनाउन पाएको भए पनि भानुभक्त ढकालभन्दा फरक केही हुन्थेन । आचार्य भानुभक्तलाई पनि पीपी के हो र कहाँ कति बेला प्रयोग हुन्छ त्यसको जानकारी नहुन सक्थ्यो । कोरोनासँग लड्न स्वास्थ्यकर्मीहरुलाई के कस्ता हतियार र कबचहरु चाहिन्छन् जानकारी नहुन सक्थ्यो । समयमै पर्याप्त साधनसामग्री जुटाएर व्यापक रुपमा परीक्षण र पहिचान अभियान चलाउनुपर्छ भन्ने आवश्यक चेत नहुन सक्थ्यो । सम्भावित संक्रमण रोक्नु नै छ भने  विदेशबाट नेपाल आउने विमानहरु अलि पहिले नै रोक्नु पर्छ भन्ने समझ नहुनसक्थ्यो ।  रोग जोखिमी छ, ज्यान हत्केलामा राखेर काम गर्नुपर्छ । यसैले स्वास्थ्यकर्मीलाई आदर सम्मान गर्नुपर्छ, पर्याप्त रुपमा अतिरिक्त बेतन सुविधा दिनुपर्छ, भन्ने विवेक विचार नरहन सक्थ्यो । आम जनतामा कोरोनाको डर फैलिएका बेला सत्तासीन नेता कायकर्ता र कर्मचारीहरुले आत्मरक्षामा सीमित रहेर घरभित्रै मगनमस्त भइरहने होइन, जनताप्रति जिम्मेवार हुँदै साँच्चिकै सेवाभावका साथ खटेर काम गर्नुपर्छ, महामारीका वेला फाइदा र कमिसनको चक्करमा पर्नु हुँदैन भन्ने जस्ता विवेक वुद्धि  ऐन मौकामा आचार्य भानुभक्तलाई पनि नआउँन सक्थ्यो । हुन त आदिकवि भानुभक्तका कविता पढ्दा उनमा विवेक बुद्धि र कर्तव्यचेत थिएन भन्न मिल्दैन । उनले एक ठाउँमा लेखेका छन् —

“भ्याउतो खाँ भनी ठान्छ डाँस् मुखबिषे साँप्ले धर्‍याको पनि !”

कति मार्मिक छ यो कविता ! यत्ति एक टुक्रा कविता पढ्दा पनि आदिकवि भानुभक्तको जीवन चेतना र विवेकको गम्भीरता छर्लङ्ग हुन्छ । यस कोणबाट हेर्दा आदिकवि भानुभक्तलाई मन्त्री भानुभक्तसँग त दाँज्न मिल्दैन । तर पनि सवैमा सवै कुराको  जानकारी नहुनु ठूलो कुरा होइन । पीपीबारे नेपालका कति नेता र बुद्धिजीवीलाई पनि  यसअघि जानकारी थिएन । कोरोनासम्बन्धमा पनि विषयगत अध्ययन नभएकाहरुलाई खास जानकारी थिएन ।


कति मार्मिक छ यो कविता ! यत्ति एक टुक्रा कविता पढ्दा पनि आदिकवि भानुभक्तको जीवन चेतना र विवेकको गम्भीरता छर्लङ्ग हुन्छ । यस कोणबाट हेर्दा आदिकवि भानुभक्तलाई मन्त्री भानुभक्तसँग त दाँज्न मिल्दैन । तर पनि सवैमा सवै कुराको  जानकारी नहुनु ठूलो कुरा होइन । पीपीबारे नेपालका कति नेता र बुद्धिजीवीलाई पनि  यसअघि जानकारी थिएन । कोरोनासम्बन्धमा पनि विषयगत अध्ययन नभएकाहरुलाई खास जानकारी थिएन । यस्तो स्थितिमा स्वास्थ्यमन्त्रीमा जनसवास्थ्यसम्बन्धी सामान्य चेत नहुनु समेत पनि अस्वाभाविक होइन । सम्बन्धित क्षेत्रका विज्ञ व्यक्तिलाई पहिल्याएर मन्त्री बनाउने संस्कृति नै नभएको नेपालको राजनीतिमा यस्तो त स्वाभाविक रुपमै भइहाल्छ । तपाइँले बिचरा स्वास्थ्यमन्त्रीमा स्वास्थ्यसम्बन्धी अत्यावश्यक जानकारीसम्म पनि  नहुनुमाथि  केही आलोचना गर्नुहोला कि भन्नेजस्तो लागेर मैले फोन गरेको । आफूलाई ठीक लागेर नियुक्त गरिएका स्वास्थ्यमन्त्रीको आलोचनाले बिरामी प्रधानमन्त्रीको चित्त दुख्न सक्छ ! स्वास्थ्य तथा जनस्वास्थ्यसम्बन्धी विज्ञ तथा अनुभवी व्यक्ति एकजनासम्म पनि सम्मिलित नगरी आफ्नै किसिमले बनाइएको उच्चस्तरीय समितिका महिमाशाली व्यक्तित्वहरुको आलोचना गर्दा पनि बिरामी प्रधानमन्त्रीको चित्त दुख्न सक्छ । बिरामीको चित्त किन दुखाउने ? यो तपाईँलाई मेरो सुझाव हो । तपाईँलाई बेलैमा सचेत गराएको पनि हो ।”

‘अग्रज शिक्षक मित्रले मलाई निरपेक्ष आलोचक मात्र  देख्नु भएछ । किन त्यस्तो देख्नुभएछ कुन्नि ?! यो मेरो लागि आत्मनिरीक्षणको पाठ हुनसक्छ ।’ यस्तै सोचका साथ फोन राखेको मात्र थिएँ अर्को फोन आयो । यो एक अग्रज साहित्यकार मित्रको फोन थियो ।

वहाँले भन्नुभयो, “तपाइँले मार्कण्डेय पुराणमा रहेको अष्टादशभुजा भगवतीको कथा पढ्नु भा छ ?” “पढेको छु, किन र ?” मैले भनेँ । “पढेर के बुझ्नु भएको छ ?” मैले अलमल नगरीकन भनेँ– “कथा बिम्बात्मक छ । बिम्बको भाषामा यसबाट मैले एकता र सहकारिताको महत्व  बुझेको छु । एकतामै शक्तिको मूल फुट्छ भन्ने बुझेको छु ।”


अहिले मुलुकमा नेकपाका ९ लाख सदस्यहरु छन् । ती सदस्यका १८लाख हातहरु छन् । १८लाख आँखाहरु छन् । कान त्यत्तिकै छन् । पार्टी मस्तिष्क हो भने नेता कार्यकर्ताहरु सबै सरकारका देख्ने, सुन्ने र काम गर्ने हात र औँलाहरु हुन् । जीवन्त औजारहरु हुन् ।  यसका अतिरिक्त जुन दलको सरकार आए पनि काम गर्ने स्थायी सरकार अर्थात् निजामती एवम् फौजी सुरक्षा कर्मचारीहरु छन् । ती पनि सरकारका सशक्त हातहरु हुन् । प्रतिपक्ष पनि छाया सरकार हो । यी सवै परिचालित भएर एक मनले काम गर्ने हो भने त्यस शक्तिका अगाडि कोरोना केही पनि होइन ।


 “हो, कुरा त्यही हो । अहिले हाम्रो मुलुकमा नेकपाको एकमना सरकार छ । दुईतिहाइ वहुमत सरकार छ । नेकपाकै नेताहरुको भनाइ अनुसार पनि अहिले मुलुकमा नेकपाका ९ लाख सदस्यहरु छन् । ती सदस्यका १८लाख हातहरु छन् । १८लाख आँखाहरु छन् । कान त्यत्तिकै छन् । पार्टी मस्तिष्क हो भने नेता कार्यकर्ताहरु सबै सरकारका देख्ने, सुन्ने र काम गर्ने हात र औँलाहरु हुन् । जीवन्त औजारहरु हुन् ।  यसका अतिरिक्त जुन दलको सरकार आए पनि काम गर्ने स्थायी सरकार अर्थात् निजामती एवम् फौजी सुरक्षा कर्मचारीहरु छन् । ती पनि सरकारका सशक्त हातहरु हुन् । प्रतिपक्ष पनि छाया सरकार हो । यी सवै परिचालित भएर एक मनले काम गर्ने हो भने त्यस शक्तिका अगाडि कोरोना केही पनि होइन । उम्रन नपाउँदै नियन्त्रणमा आउँछ । नेकपाका नेताहरुले चुनाबमा गरेका जुन कबूलहरुका आधारमा हामी जनताले यिनीहरुलाई भोट दिएर जितायौँ  ती कबूलअनुसार पनि यिनीहरुले काम गर्लान् नि ! यिनीहरुले हामी जनतालाई हरेक दुःखमा सघाउन, सुख समृद्धि दिन र दिलोज्यान लगाएर मुलुकको सार्वभौमिकताको रक्षा गर्न कबूल गरेका कुरा हामीले अझै बिर्सेका छैनौं नि, हैन र ? हामीले प्रतीक्षा गर्नु पर्छ । ”

 “म पनि आलोचना गर्ने मुडमा छैन ! बस्तीमा जताततै आगो सल्किसकेपछि बस्तीका मुखियाहरु बैठक बसेर कुवा खन्ने निर्णय गरिरहेका छन् भने यसमा आलोचना गर्नुपर्ने कुरा नै के हुन्छ र ? पटक पटक बैठक बसेर निर्णय त गरिरहेकै छन् ! त्यो पनि साधारण  बैठक होइन । उच्चस्तरीय बैठक !” मैले भनेँ ।     साहित्यकार साथी खित्का छोडेर हाँस्नु भयो । किन हाँस्नु भयो ? मैले सोधिनँ । वहाँले पनि भन्नुभएन ।

धेरै दिनपछि आज मैले त्यो सम्बाद प्रसङ्ग सम्झेँ । हाम्रो यो सम्वाद हुँदाका समय  उता मित्रराष्ट्र भारतले हाम्रो महाकाली भेगको थुप्रै जमीन अतिक्रमण गरेर सडक खनिरहेको समाचार मिडियाहरुमा आइरहेका थिए । जनता विरोध प्रदर्शनमा उत्रिएका थिए । यता मित्र राष्ट्र चीनबाट हाम्रो मुलुकभित्र कोरोना परीक्षण कार्यक्रममा सहयोग स्वरुप अत्यावश्यक सामग्री आइसकेको थियो । साथै  नेपाल सरकारको पहलमा ओम्नी नामको कुनै कम्पनीबाट पनि कतिपय सामग्री आएको थियो । सहयोगस्वरुप प्राप्त सामग्री र ओम्नीले ल्याएका सामग्रीको मूल्यमा रहेको ठूलो अन्तरका सम्बन्धमा मिडियामा समाचार पनि आइरहेका थिए ।

त्यति बेला मलाई लागेको थियो, सत्य आफैँ यति खरोसँग बोल्छ भने हामीले बोल्नुपर्ने  नै के छ र ? यथार्थ आफैँ बोल्छ ।

अहिले मुलुकमा कोरोनाले भयावह फणा फैलाइसकेको र  समुदायमा पसिसकेको छ । उता छिमेकी मित्रदेश भारतले हाम्रो भूमिमा सडक खनिसकेर आफ्ना रक्षामन्त्रीद्वारा उद्घाटन गराइसकेको छ । नेपालका सडक मैदानमा निस्केका देशभक्त नेपालीका विरोध जुलुसहरुलाई लकडाउन उल्लङ्घनका बहानामा प्रहरी लगाएर सरकारले अभद्र व्यवहार गर्दै रहेको छ । अवस्था विषम र विकराल छ । सरकार दायित्वबोधयुक्त र  गम्भीर देखिएको छैन ।

अहिले आएर मलाई लागेको छ देख्ने आँखाले देखेपछि र सुन्ने कानले सुनेपछि बोल्न अत्यावश्यक लागेको कुरा बोल्नुपर्छ । बोल्नै पर्छ । हामीले नबोले कल्ले बोल्ने ?

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.