बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

अनेसास महिला पुरस्कार स्रष्टा पाठकलाई

शनिबार, ०३ जेठ २०७७, १३ : ३८
शनिबार, ०३ जेठ २०७७

काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)ले प्रत्येक दुई वर्षमा प्रदान गर्दै आएको ‘अनेसास भवन भट्ट विशिष्ट महिला पुरस्कार’ यो वर्ष वरिष्ठ साहित्यकार हिरण्यकुमारी पाठकलाई प्रदान गर्ने भएको छ ।
 
संस्थाका केन्द्रीय अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले एक हजार अमेरिकी डलर राशिको सो पुरस्कार दिने निर्णय गरेको महासचिव गणेश घिमिरेले जानकारी दिए । साहित्यकार पाठकका ‘मोहचक्र’, ‘शून्यवत’, ‘अग्नि दह’ र ‘दुस्वप्न’ कथा कृतिहरु, ‘अव्यक्त¬’ र आधा दर्जन बालकथा कृतिहरु प्रकाशित छन् । यसअघि सो पुरस्कार साहित्यकार गीता खत्रीलाई प्रदान गरिएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप