शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

फर्कियो बुन्डेसलिगा, चम्किए हालान्ड

शनिबार, ०३ जेठ २०७७, २१ : ५९
शनिबार, ०३ जेठ २०७७

जर्मनीमा ८ मार्चपछि पहिलोपटक बुन्डेसलिगा फुटबल सुरु भएको छ । जर्मनको शीर्ष लिगअन्तर्गत शनिबार ६ वटा खेल भए । बोरुसिया डर्टमण्डले साल्केलाई ४–० ले हराएको खेलमा राफेल गुइरियोले दुई गोल गरे भने एर्लिङ बेरुट हालान्ड र थोर्गन हाजार्डले एक–एक गोल गरे ।

कोरोनाका कारण दर्शकहरु बिना नै खाली रंगशालामा खेलाइएको खेलमा हालान्डले खेलको २९ औँ मिनेटमै डमर्टमण्डलाई अग्रता दिलाएका थिए । गोललगत्तै उनी र उनका साथीभाइले सामाजिक दूरीको नियमको सम्मानमा एकअर्कासँग दूरीमा बसेर खुसीयाली मनाए ।

१९ वर्षका हालान्डको डर्टमण्डका लागि १२ खेल खेल्दै १३ गोल गरिसकेका छन् ।

राफेल गुइरियोले ४४ र ६३ औँ मिनेटमा दुई गोल तथा थोर्गन हाजार्डले ४८ औँ मिनेटमा गोल गरे ।

यस जितसँगै डर्टमण्डले शीर्ष स्थानको बार्यन म्युनिखसँगको अंकदूरीलाई कम्तिमा २४ घण्टाका लागि १ अंकमा झा¥यो । डर्टमण्डले २६ खेलबाट ५४ अंक बटुेलेको छ भने एक खेल कम खेलेको बायर्नको ५५ अंक छ । बार्यनले आइतबार युनियन बर्लिनको सामना गर्नेछ ।

बुन्डेसलिगाअन्तर्गत शनिबार भएका अन्य खेलमा भीएफएएल वुल्भ्फस्वर्ग र हेर्था पनि विजयी भए । वुल्भ्फस्वर्गले अग्स्वर्गलाई २–१ ले हरायो । हेर्थाले होफिनहाइमविरुद्ध ३–० को प्रभावशाली जित निकाल्यो । फोर्टुना डुसेल्डोर्फ र एससिपी ०७ ले गोलरहित बराबरी खेले भने आरबी लिपजिग र एससी फ्रेइवर्गबीच एक–एक गोलको बराबरी भयो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप