केन्द्रीय संस्करण

जनताका विपन्न घडीमा सत्ताको ‘शान—प्रदर्शन’ ?!

person explore access_timeजेठ ५, २०७७ chat_bubble_outline0

भनिन्छ, “मान्छेका घोक्रो फोरेर तातो  रगत तन्तनी  पिउने नर पिशाचहरु  पनि हाँस्नुपर्दा मुख छोपेर  हाँस्छन् । रगत  कट्टिएका दाँतहरु मान्छेले देख्लान् कि भन्नेसंकोच तिनीहरुमा पनि हुन्छ । नकच्चराहरु अर्थात् अझ मापाका नरपिशाचहरु भने वीभत्स काम गर्दा पनि संङ्कोच मान्दैनन् । शब्दान्तरमा भन्नुपर्दा नकच्चराहरु लाज मान्दैनन् । कथित उत्कृष्ट लग्न र क्षेत्रमा जन्मेहुर्केका स्वघोषित उत्कृष्टहरु नकच्चराबीच पनि एक नम्बरकै नकच्चरा हुन सक्छन् । ‘सुपर’ हुन सक्छन् । यस्ता  नकच्चराहरु यस नरलोकमा रगत् कटकटिएका दाँत देखाएरै हाँस्न पनि सक्छन् ! खित्का छोडर हाँस्न पनि सक्छन् । हाँसेका हुन्छन् ।”

सत्तासीनहरुले आँप चुसेभैmँ चुसेर आम जनतालाई कोया बनाइएको मुलुकमा कोरोना महामारीले पनि भष्मासुर बनेर तिनै गरीब जनतालाई बढी लखेटेको छ । मुलुकभरीका श्रमजीवी नेपाली यस लखेटोमा छन् । विशेष गररे ती श्रमजीवी नेपालीहरु जो आफ्नो मुलुकमा जीविका धान्नेसम्मको पनि  रोजगारी नपाएर रोजगारीका लागि थोरै भएका सुर्कासमेत् बिचौलियालाई सुम्पेर मुटूमा गाँठो पार्दै विभिन्न मुलुकमा रगत पसिना पोख्न पुगेका छन् तिनीहरु नै कोरोनाको डढेलोमा पनि बढी नै पिल्सिएका छन् । रेमिट्यान्सभोजी यहाँका ‘कम्युनिष्ट’सत्तासीनहरु आज ती विपन्न नेपालीहरुको हाहाकारमय गुहार सुनिरहेका छैनन् । आफ्नो मुलुकमा  फर्कन खोज्दा बाटो दिइरहेका छैनन् । बरु  विभिन्न वहाना बुनेर बाटो छेकिरहेकाछन् ।

यस्तो विषम अवस्थामा समेत विपन्न मुलुकका सम्पन्न सत्तासीनहरुले विलास वैभवको प्रदर्शन गर्नु, पीडित जनतालाई ठान,मान र शान देखाउनु जनताका आलो घाउमा नुनचुक छर्कनु बराबर होइन र ? निर्लज्जताको पराकाष्टा होइन र ?


जनतालाई भोकभोकै तडपाएर तिनीहरुलाई देखाई देखाई चौरासी व्यन्जन ज्यूनार गर्नु ती भोका जनतालाई यातना दिनु  बराबर होइन भन्न मिल्दैन । ठीक त्यस्तै वहुमूल्य परिधान पहिरिएर महँगा सवारी साधन चढेर र महँगा जुत्ता सुमरेर नपुगी  सत्ताले आफू हिँड्ने जमीनमा समेत रातो गलैँचा बिच्छ्याइनु पनि चर्चरी कुर्कुच्चा फुटेका, हरिनाथ फाटेका, र छर्छरी रगत बगेका लाखौं लाख जनताका क्रियाशील पाइतालाहरुलाई अपमानित गर्नु होइन भन्न मिल्दैन ।


जनतालाई भोकभोकै तडपाएर तिनीहरुलाई देखाई देखाई चौरासी व्यन्जन ज्यूनार गर्नु ती भोका जनतालाई यातना दिनु  बराबर होइन भन्न मिल्दैन । ठीक त्यस्तै वहुमूल्य परिधान पहिरिएर महँगा सवारी साधन चढेर र महँगा जुत्ता सुमरेर नपुगी  सत्ताले आफू हिँड्ने जमीनमा समेत रातो गलैँचा बिच्छ्याइनु पनि चर्चरी कुर्कुच्चा फुटेका, हरिनाथ फाटेका, र छर्छरी रगत बगेका लाखौं लाख जनताका क्रियाशील पाइतालाहरुलाई अपमानित गर्नु होइन भन्न मिल्दैन । पीडा थप्नु होइन भन्न मिल्दैन ।

 सत्तासीनहरुले ठान मान र शान प्रदशन गर्ने,  दुःखी जनताका टाउकामा बुट बजार्ने, लाठी बजार्ने  र सलामी खाने चलन पुरानै हो । विविध वीरुदावली सज्जित नयाँ सम्बिधान निर्माणपछिको ‘समाजवाद उन्मुख’ लोकतान्त्रिक गणतन्त्रमा सत्तासीन ‘कम्युनिष्ट’ शासकहरुले विगतका सामन्तहरुका शैली र औपचारिकताहरुलाई निरन्तरता दिन मरिहत्ते गर्नु जनताका ‘सुख समृद्धि’का लागि तिनीहरुबाटै बनिएका नयाँ नयाँ वरुणपुराण र वायुपुराण कथाका लागि पनि सुहाउँदा अध्यायहरु होइनन् ।

देश जनता यति साह्रो पीडित बनेको यस कष्टपूूर्ण  घडीमा परम्परागत क्रूर र निर्मम सामन्ती औपचारिकता  प्रदर्शनको हूवहू अनुशरण गर्न वर्तमान सत्ताको यो यत्रो मरिहत्ते किन ? जसरी तसरी विवेक बुद्धि जुटाएर मुलुकको अवस्था र जनताको रुचिअनुकूल सरल, स्वस्थ, स्वाभाविक र मितव्ययी   किसिमको नयाँ चलन चलाउन प्रयत्न गरेको भए के फरक पथ्र्यो ? आखिर सबै चलनहरु चलाएरै चल्ने हुन् ।

हुन त दशकौँ अघि नेपालका विद्वत्शिरोमणि पण्डित कुलचन्द्र कोइरालाले सम्भवतः आफ्नो अनुभवसिद्ध तथ्य लेख्नुभएको थियो—“प्रकृति वलवती छन् प्रेरणा यो फजूलै !”

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.