बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

छुट्टीमा गएका नेपालीहरु साईप्रस फर्कन पाउने

मङ्गलबार, ०६ जेठ २०७७, १७ : ३०
मङ्गलबार, ०६ जेठ २०७७

साईप्रस । स्वदेश एवम् विदेश  भ्रमणमा गएका  र उतै भिषा सकिएकाहरुले फेरि  आबेदन फारम भरेर साईप्रस प्रवेश गर्न पाउने भएका छन् । साईप्रसको सिभिल रजिस्ट्री एवम् माईग्रेशन डिपार्टमेन्टले सोमबार एक सूचना जारी गर्दै सो कुराको जानकारी दिएको हो ।

खासगरी नेपाल छुट्टीमा गएका श्रमिक एवम् विद्यार्थीहरुको  न्युनतम ३ महिनाको भिषा छ भने एयरपोर्ट खुल्ने वित्तिकै आउन पाउने र जसको भिषा सकिएको छ, उनीहरुले डिपार्टमेन्टको वेभसाईटमा गई अबेदन दिन  अनुरोध गरिएको छ ।  

नेपाल वा अन्य देश गएर १५ मार्च २०२० भित्र साईप्रस प्रवेश गर्न नसकेकाहरु र भिषा भएकाहरुले एयरपोर्ट खुलेपछि आउन सक्ने डिपार्टमेन्टले आफनो बेभसाईटमा उल्लेख गरेको छ ।  कोरोना महामारी सुरु हुनुभन्दा पहिला  धेरै नेपाली श्रमिक एवम् विद्यार्थीहरु नेपाल पुगेका छन् । यो सूचना प्रकाशित भएसँगै उनीहरुलाई साईप्रस पुनः प्रवेश गर्न सहज हुने बुझिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दिनेश गौतम
दिनेश गौतम
लेखकबाट थप