होटल तथा पर्यटन व्यवसायी संघको सरकारलाई ९ बुँदे ज्ञापनपत्र
काठमाडौं । होटल तथा पर्यटन व्यवसायी संघ नेपालले साना तथा मझौला पर्यटन व्यवसायीको समस्या सम्बोधन गर्न प्रधानमन्त्री कार्यालयलाई ९ बुँदे ज्ञापनपत्र बुझाएको छ । मंगलबार प्रधानमन्त्री कार्यालयलाई ज्ञापनपत्र बुझाउँदै संघले कोभिड–१९ को विषम परिस्थितिका कारण समस्यामा परेका साना तथा मझौंला होटल तथा रेष्टुरेन्ट व्यवसायीहरुको समस्या तत्काल सम्बोधन गर्न सरकारलाई आग्रह गरेको हो ।
कोभिड–१९ का कारण होटल तथा पर्यटन क्षेत्रको व्यवसाय शून्यमा झरेको र सोही कारण देशभरबाट करिब ८० हजार माथिका साना तथा मझौला पर्यटन व्यवसायीहरु डुब्ने खतरा बढेको भन्दै बागमती प्रदेश संघले सरकारलाई आग्रह गरेको हो ।
प्रदेश संघ अध्यक्ष सन्तोष उप्रेती र महासचिव दामोदर नेपालद्धारा जारी ज्ञापनपत्रमा संकटले ठूला पर्यटन व्यवसायीहरुलाई भन्दा पनि अझ बढि साना तथा मझौला व्यवसायीहरुलाई प्रभाव पारेको भन्दै सो क्षेत्रका व्यवसायीहरुको उत्थानमा सरकार केन्द्रित हुनुपर्ने धारणा व्यक्त गरेको छ ।
अहिलेको अवस्थामा व्यवसायीले घरभाडा, बैंकको ब्याज,किस्ता र कर्मचारीको तलब भत्तासमेत चलाउन नसक्ने अवस्था आएको भन्दै सो समस्या समधानका लागि सरकारले तत्काल उचित पहल गरिदिनु पर्ने संघले माग गरेको छ ।
ज्ञापनपत्रमा संघले समस्याबाट ग्रसित व्यवसायलाई माथि उठाउन घरभाडामा सतप्रतिशत छुट देखि बैकिङ्ग कर्जामा सहुलियत, ब्याजमा छुटदेखि बैंकिङ्ग भूक्तानीको समय सीमा समेत कम्तिमा २ वर्ष लम्ब्याइदिन सरकारसँग माग गरेको छ । साथै बढिभन्दा बढी राजस्व र रोजगारी दिने पर्यटन क्षेत्रको उत्थानमा केन्द्रित हुँदै आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट ल्याउन समेत संघले सरकारसँग आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन सर्यो
-
इलाममा सुहाङलाई भोट माग्दै ओलीले भने– जिताउनुस्, विकासको जिम्मा म लिन्छु
-
इलाम र बझाङमा कसरी गर्दैछ निर्वाचन आयोगले आचारसंहिता अनुगमन ?
-
जीबी राईलाई सुपुर्दगी गर्न मलेसियन सरकारलाई कूटनीतिक पत्र
-
अमेरिकी जहाज निर्माण अनुसन्धान ‘झुटो आरोपले भरिएको छ’– चीन
-
दोलखामा पूर्वसुरक्षाकर्मी परिषद् बिस्तार अभियान