शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रोगविरुद्ध प्रतिरोध बढाउन आयुर्वेद

बुधबार, ०७ जेठ २०७७, ०७ : ५९
बुधबार, ०७ जेठ २०७७

आजको विज्ञानको पछिल्लो सबैलाई चकमा दिने अध्ययनको नतिजाले भन्छ तपाईंको शरीरका ७०- ८०% प्रतिरक्षा कोषहरू खाना पाचन गर्ने आन्द्राको वरिपरि रहने गर्छन् र नियमित आन्द्राको माइक्रोबायोमसँग अन्तरक्रिया गरी रहन्छन्।

तपाईंको लामो समयको तनावपूर्ण जीवनशैली र अस्वस्थ आहारले पेटको माइक्रोफ्लोराको विविधता घटाई दिएर तपाईंको प्रतिरोधात्मक शक्तिमा नकारात्मक प्रभाव पार्ने गर्छ।

आयुर्वेद तपाईंको खाना र तनावपूर्ण जीवनशैलीको एउटै कम्बो बनाएर उपचार गर्ने पद्दति हो।

आयुर्वेद तपाईंको शरीरकाे राेगप्रतिराेधी क्षमता विकसित गर्न र बलियाे बनाउन अपरिहार्य छ।

तसर्थ आजको आवश्यकता हो प्राकृतिक खानपानमा फर्कनुस्, बिरामी हुँदा सम्भव भएसम्म आयुर्वेदिक ओखती मुलोको उपचारमा गर्नुस्।

घाममा केही समय बिताउनुस् (तब पश्चिमाले भने अनुरूप चर्को मूल्य तिरेर अप्राकृतिक भिटामिन D को सुई लिने वा whole body light therapy वा Whole-body PhotoBioModulation गर्न जरुरी पर्ने छैन)।

खाली खुट्टाले चौर वा जमिनमा केही समय हिँड्नुस् (This allows the free electrons from Earth's surface to flood your body, creating a positive antioxidant effect - तब पश्चिमाले भने अनुरूप चर्को मूल्य तिरेर अप्राकृतिक Photobiomodulation for grounding गर्न जरुरी पर्ने छैन)।

बाहिर सफा हावामा केही समय घुम्नुस् (अक्सिजन र हल्का व्यायाम) तथा खुसी सुखी रहन आफन्तसँग रमाइलो कुराकानीमा समय बिताउनुस्।

हाम्रा भान्साका धेरै आयुर्वेदिक मसला र जटिबुटी ओखती हुने मात्र हैन हार्ट अट्याक हुँदा वा कोरोनाको सन्दर्भमा समेत रगत पातलो बनाउन सहयोग गर्ने, रगतमा अक्सिजन घुल्न सहयोग गर्ने, र शरीरको ईम्युन बढाउन सहयोगी भएको दिन दिनै प्रमाणित बन्दै गएका छन्। तिनीहरू चिनौं।

सस्तैमा घरैमा हुने उत्तम उपायहरू अपनाउन छोडेर उल्टो धेरै पैसा तिर्ने र एक चोटि मात्र मिल्ने अमूल्य जीवनलाई झन् विषाक्त बनाउने आप्रकृतिक तरिकाबट बचौँ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नारायण घिमिरे
नारायण घिमिरे
लेखकबाट थप