बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

जनताका रगतको अपमान पराकाष्टामा !

बिहीबार, ०८ जेठ २०७७, १७ : १८
बिहीबार, ०८ जेठ २०७७

 


देश विदेश जताततै पोखिएको छ
जनताको रगत  !
श्रमजीवी जनताको रगत  !
त्यसै रगतको सम्मानमा  र
त्यसै रगतको सम्मानका लागि—
आफ्नो रगत थपेर,
हिजो कम्युनिष्टहरुले
मुलुकमा रातो झण्डा उठाए ।
त्यसै रगतको अपमानमा
आजका सत्तासीनहरु
आफ्नो ठान मान शान प्रदर्शन गर्न—
श्रमिक जनताका रगतमाथि टेक्दैछन्
जनदमनकारी, त्रूmर र कुख्यात—
सामन्ती औपचारिकताको निरन्तरताका लागि
आफू हिँड्ने बाटोमा
रातो कम्बल बिच्छ्याउन लगाएर
मचक् मचक् टेक्दैछन् ।
श्रमिक जनताका रगतमाथि टेक्दैछन्


देशविदेशमा छरिएका नेपाली जनताको
रगत‍्माथि टेक्दै छन् ।
टेकिरहेकाछन् ।
आम जनताका असीम पीडा र छटपटीका क्षणमा पनि ।
कति निरीह र निर्मम छन् यी —
कम्युनिष्ट नाममाथिका कलङ्कहरु !!

Title photo: Banner vector created by macrovector - www.freepik.com

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मुक्तिबन्धु
मुक्तिबन्धु
लेखकबाट थप