'नेपालमा फैलिने कोरोना महामारी र भारतमा भोकै मर्ने नेपालीको नेपाल सरकार जवाफदेखि हुनुपर्छ'
काठमाडौं । नेपाली काँग्रेस निकट नेपाली जनसम्पर्क समिति भारतले चेक जाँच नगरी गलत बाटोबाट नेपाल प्रवेश गर्दा भविष्यमा नेपालमा हुन सक्ने महामारीको र विदेशी भूमिमा भोकै मर्न बाध्य नेपालीको जवाफदेखि नेपाल सरकार हुने चेतावनी छ ।
समितिका अध्यक्ष एवम् काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य बालकृष्ण पाण्डेले शुक्रबार एक विज्ञप्ति जारी गरी यस्तो बताएका हुन् । केही दलालबाट बस तथा जीपमा नेपाल पुराइदिने भन्दै चर्को भाडा असुली गर्ने काम भइरहेको बारे त्यहाँ रहेका नेपालीलाई सचेत गराए ।
भारतका रहेका नेपालीहरुलाई अहिले बसिरहेको ठाउँमा सुरक्षित रहेर बस्न आग्रह गर्दै उनले केही दलालहरूबाट बस तथा जीपमा नेपाल पुराई दिने भन्दै चर्को भाडा असुली गर्ने काम भइरहेको बताए ।
पहिलो चरण को लकडाउन देखि निरन्तर भारतका रहेका नेपालीको सेवा सुविधामा सिंगो संगठक तौनाथ भएर सक्दो सेवा गर्दै आएको भन्दै आगामी दिनमा पनि सहयोग गर्ने बताए । अहिलेसम्म थुप्रै पीडित नेपाली नागरिकहरुलाई राहत तथा उद्धार गरिसकेको पाण्डेले बताए । उनका अनुसार फेरी पनि हाम्रो संगठनबाट राहत तथा उद्धार अभियान सुचारू रहनेछ ।
नेपाल सरकार तथा भारत सरकारको अपैचारिक तथा आधिकारिक रूपमा सीमा संचालनबारे कुनै सम्झौता नभएकोले स्वदेशमा सहज प्रवेशको वातावरण नरहेको पाण्डेले बताए ।
हजारौंको संख्यामा केही दिनदेखि सीमावर्ती मा अलपत्र र पीडामा परेका भन्दै ठूलो संख्यामा एकैसाथ कुनै वेवास्था नभइ नेपाल फर्किँदा महामारी हुने भोकले मर्ने डरले जाँदै गर्दा रोगले मर्ने झन खतरा हुने उनको भनाइ छ ।
पाण्डेले विज्ञप्मिा भनेका छन्, 'एक जना पनि कोरना संक्रमण भएको भए सबैलाई सर्ने र नेपालमा पनि महामारी हुने खतरा भएकोले हामी नेपाल पनि जानु छ। नेपालमा हुन सक्ने महामारीलाई पनि सावधानी अपनाउनुहुन अनुरोध छ ।'
उनका अनुसार सीमानामा रहेका नेपाली नागरिकलाई स्थानीय सरकारसँग वार्ता गरी नेपाल प्रवेश गराउने पहल भइरहेको छ । नेपाल मा पनि कोरना को चाप दिनप्रति दिन बढ्दै गएकोले नेपाल सरकारले सिमानामा चेक जाँचको प्रक्रियालाई कड़ाई गर्न निर्देशन दिएको कुरा उनले जानकारी गराए ।
विज्ञप्तिमा भनिएको छ, 'जबसम्म नेपाल र भारत सरकारको अधिकारी सूचना सार्वजनिक हुँदैन तब सम्म तपाईहरू जहा हुनु हुन्छ तेहि सुरक्षित बसि दिनु होला अफबाह र दलालको लै लै मा नलाग्न समस्त प्रवासी नेपाली नागरिक हरू मा हार्दिक अपील गर्दछौँ।'
नागरिकहरुलाई ठगी तथा झूटा प्रलोभन र आश्वासन देखाइ समस्यामा पार्ने दलाललाई होसियार रहन रहन चेतावनी दिए । नेपाल सरकारलाई पटक पटक अनुरोध गरि रहँदा पनि प्रवासमा रहेका नेपालीहरु प्रती वास्ता नगरको उनको गुनासो छ ।
खुला सीमा भएकोले नेपाल चेक जाँच नगरी धेरै नेपाली नेपाल प्रवेश गरेको सूचना प्राप्त भएकोले नेपाल दूतावास, प्रदेश र स्थानीय सरकारलाई आफ्नो श्रोता साधन निश्चित मापदण्ड पूरा गरि प्राथमिकताका आधारमा नेपाल जाने वेवास्था गर्न पाण्डेले आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाबुरामलाई राष्ट्रपति दिएको भए १५ दिनमा पार्टी एकता हुन्थ्यो : यादव
-
तत्काल ‘वामपन्थी एकता’ नदेख्ने ओलीको ३१ पन्ने प्रतिवेदन
-
तीन हप्ताको अल्टिमेटम दिँदै केसीले दिए सत्याग्रहको चेतावनी
-
नेपालकै पहिलो अटोक्रस च्याम्पियनसिप सम्पन्न
-
अप्पर अरुणमा विश्व बैंकले साढे ८ सय मिलियन डलर बराबरको लगानी गर्ने
-
ओलीप्रति माधव नेपालको टिप्पणी: यसलाई भन्छन्–व्यक्तिवाद !