शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

टेक्ससमा कोरोना महामारीको बीचमा युएनएको वार्षिक अधिवेशन सम्पन्न

मङ्गलबार, १३ जेठ २०७७, २२ : ३९
मङ्गलबार, १३ जेठ २०७७

विजय थापा
डिसी । युनाइटेड नेप्लिज एसोसिएसन (युएनए) ले कोरोना महामारीको बीचमा मुखावरण (मास्क) लगाएर बार्षिक अधिवेशन सफलतापूर्वक सम्पन्न गरेको छ ।

अमेरिकाको टेक्सस राज्यको ड्यालस शहरमा भएको अधिवेशनले नयाँ नेतृत्वको समेत चयन गरेको छ । हरेक दुई वर्षमा नयाँ नेतृत्व परिवर्तन हुने र मेमोरियल डे (स्मारक दिवस) को सप्ताहन्तमा वार्षिक सम्मेलन समेत गर्ने भएता पनि यस पटक कोरोना महामारीका कारण बाल्टिमोरमा हुने सम्मेलन अर्को वर्ष सारिएको छ ।

टेक्सस राज्यको ड्यालस शहरमा सम्पन्न अधिवेशनमा मास्क(मुखावरण)लगाई ६ फिट (हात) को सामाजिक दूरीमा केवल २५ जनाभन्दा कम सहभागितामा निर्वाचन सम्पन्न भएको हो ।

आगामी दुई वर्षका लागि युएनएको नयाँ कार्यकारी समितिमा भक्तुबवु भण्डारी अध्यक्षमा निर्वाचित भएका छन् । यसैगरी लामो समयदेखि युएनए लगायत अन्य संघसंस्थामा सक्रिय सहभागी जनाउँदै आएका पवन योञ्जन वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका छन् भने महासचिव पदमा कमल कडायत निर्वाचित भएका छन् ।

मुख्य पदहरुमा पदाधिकारीहरुको निर्वाचन सम्पन्न भएको छ भने पूर्ण समिति निर्माण गर्न अब अन्य सदस्यहरुको मनोनित हुने वरिष्ठ उपाध्यक्ष पवन योञ्जनले  बताए । युएनए संस्था गैरराजनैतिक,गैरधार्मिक, जातिय वा क्षेत्रीय सोंचबाट मुक्त रहेको गैरमुनाफामुलक सामाजिक संस्था हो । यसका संस्थापक टेक्ससका सफल व्यवसायी पासाङ लामा हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विजय थापा
विजय थापा

थापा रातोपाटीका अमेरिका प्रतिनिधि हुन् । 

लेखकबाट थप