शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नवलपरासीमा आगलागी हुँदा एउटा घर जलेर नष्ट, ६ लाख बराबरको क्षति

शनिबार, १७ जेठ २०७७, ११ : ०८
शनिबार, १७ जेठ २०७७

परासी – गएराति पश्चिम नवलपरासीमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । जिल्लाको प्रतापपुर गाउँपालिका ३ कुट्टिटोला गाउँबासी सुदामा धोवीको गोठको आगो सल्केर आगलागी हुँदा घर र गोठ जलेर नष्ट भएको हो ।

चौपाया बाँध्ने गोठमा मच्छर धपाउन बालेको आगो सक्लेर घर र गोठमा आगलागी हुँदा घर र गोठ जलेर नष्ट भएको ईलाका प्रहरी कार्यालय सेमरीले जनाएको छ । 

आगलागीले घरमा रहेको अन्नबाली, लत्ताकपडा, गोठमा बाँधिएको भैंसी, पाडो र घरै जलेर  ६ लाख ३२ हजार मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

राति १ बजेको समयमा आगो सल्केर घर र गोठमा आगलागी भएपछि धोवीले आगो निभाउन स्थानीयलाई गुहारेका थिए । तर, समयमा आगो नियन्त्रणमा लिन नसकेपछि घरै जलेर नष्ट भई क्षति भएको बताए । जिल्लाको ग्रामीण क्षेत्र सुस्ता, प्रतापपुर, सरावल र पाल्हिनन्दन  गाउँपालिकामा दमकल नहुँदा बर्सेनी आगलागीबाट धनजनको क्षति हुँदै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप