बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

लिपुलेक, कालापानी लगायत सीमाको बिषयमा लबले बनाए ‘हाम्रो धर्ती’

आइतबार, १८ जेठ २०७७, १२ : ५०
आइतबार, १८ जेठ २०७७

काठमाडौं । पछिल्लो समय लिपुलेकमा भारतीय तर्फबाट सडक निर्माण गरेपछि नेपाल–भारत सीमा विवाद चर्किंदै गएको छ । केही समय पहिला भारतले आफ्नो नक्सा जारी गर्दै लिपुलेक, लिम्पियाधुरा, कालापानी भारततर्फ भएको सार्वजनिक गरेको थियो । 

त्यसको विरोध हुँदा हुँदै भारतले सडक नै निर्माण गरेपछि नेपाल तर्फबाट पनि सोही भूभाग नेपालकै हो भनेर नक्सा सार्वजनिक गरिएको छ । तर भारतले यो स्विकारेको छ्रैन । 

यहि विषयमा गायक लब कुमार भट्टले नयाँ गीत ‘हाम्रो धर्ती’ सार्वजनिक गरेका छन्  । पत्रकार सुमन पण्डितको शब्द एवं विश्वास नेपालको संगीत रहेको गीतमा गायक भट्टसँगै सुनिला गुरुङ, ज्योतिप्रकाश, विश्वास नेपालको स्वर रहेको छ ।

गीतले छिमेकी सीमा अतिक्रमण गरेका विषयलाई उठाएको छ । सुस्ता, कालापानी, लिपुलेकका भूभाग नेपालकै हो सोही भूमि नेपालले फिर्ता ल्याउनका लागि नेपालीहरु एकजुट हुनुपर्छ भन्ने सन्देश गीतले दिन खोजेको छ । 

गीतको म्यूजिक भिडियो पनि बनेको छ । जसमा लबकुमार भट्ट, सुनिला गुरुट्ट, दीपसागर थापा, मौसम गुरुङ, ज्योतिप्रकाश, विश्वास नेपाल, सुमन पण्डित, विनिता गुरुङ, पूजा गुरुङ लगायतको अभिनय छ । भिडियो छायाँकन एवं निर्देशन सुमन पण्डितले नै गरेका हुन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप