शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नारायणी अस्पतालमा डायलासिस सेवा सुचारु

आइतबार, १८ जेठ २०७७, १७ : २३
आइतबार, १८ जेठ २०७७

पर्सा । वीरगञ्जस्थित नारायणी अस्पतालमा आईतबारबाट मिर्गौलाका बिरामीको डायलासिस सेवा सुरु भएको छ । सो अस्पतालले नेशनल मेडिकल कलेजमा पठाएको मिर्गौलाका बिरामीलाई ल्याएर सेवा दिन थालेको हो । वीरगन्जमा पहिलोपटक कोरोनाका ३ जना भारतीय संक्रमित भेटिएपछि नारायणी अस्पतालमा भर्ना गरि कोबिड–१९ का लेबल २ अस्पताल बनाइएको थियो । त्यससँगै गत वैशाख २ गतेबाट डायलासिस सेवा बन्द गरिएको थियो । 

अस्पतालमा भर्ना गरिएका ७२ जना कोरोना संक्रमितहरु उपचारपछि निको भएर घर गएपछि अस्पतालाई निसंक्रमण गरि आइतबारबाट साधारण उपचार शुरु गरिएको हो । आइतवारबाट अस्पतालमा डायलासिस सेवा सुरु गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदन उपाध्यायले जानकारी दिए ।

कोभिड अस्पतालमा परिणत भएपछि पनि आकस्मिक कक्षबाट सर्पदंश उपचार सेवा, फिभर क्लिनिकबाट सेवा दिँदै आएको मेसु उपाध्यायले बताए । कोरोना संक्रमीत सबैलाइ निको बनाएर घर पठाएपछि खाली भएको नारायणी अस्पताललाइ सरसफाइ र निसंक्रमण गरेर आइतवारदेखि साधरण अस्पतालमा परिणत गरिएको उनको भनाई छ  । सरकारले कोभिड १९ अस्पताल बनाएपछि अस्पतालमा बन्द गरिएको साधारण उपचार सेवा सूचारुको माग गर्दै वीरगन्जका राजनीतिक दल, विभिन्न संघसंस्था र नागरिक समाजले दबाब दिँदै आएका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप