बुधबार, ०९ फागुन २०८०
ताजा लोकप्रिय

कोरोनाविरुद्धको अनिश्चितकालीन लकडाउन प्रत्युत्पादक, विज्ञका कुरा नसुन्दा स्थिति झनै खराब बन्यो !

नीति–निर्माणमा आधारभूत परिवर्तन नल्याइए नसोचेको मानवीय क्षति र फेरि चाँडै भयावह अवस्था देखिने भारतीय जनस्वास्थ्यविद्हरुको चेतावनी
बुधबार, २१ जेठ २०७७, ०४ : १५
बुधबार, २१ जेठ २०७७

कोरोनाभाइरसलाई नियन्त्रण र रोकथाम गर्नको लागि ‘संसारकै सबैभन्दा ठूलो लकडाउन’ भारतमा लगाइएको छ । तर लकडाउनले त्यहाँ भाइरसको संक्रमण फैलिन र त्यसबाट मानिसहरु मर्न रोक्न सकेको छैन । उल्टो लडकडाउनले जनजीवन कष्टकर बनेको, विशेषतः खटिखाने वर्गका लागि लकडाउन कहर बनेको आवाज उठ्न थालेको छ । यसै सन्दर्भमा भारतका जनस्वास्थ्य्यविद्हरुले हालसालै लकडाउन अप्रभावकारी बनेको र सरकारले अपनाएका नीति नियमहरुमा परिवर्तन ल्याउनुपर्ने अन्यथा ‘नसोचेको मानवीय क्षति र भयावह अवस्था आउन सक्ने’ चेतावनी दिँदै भारतीय प्रधानमन्त्री मोदीलाई लेखेको चिठ्ठीले भारतमा ठूलो तरंग ल्याएको छ । त्यसै सिलसिलामा उनीहरुले कोरोना नियन्त्रण र रोकथामका लागि अपनाउनुपर्ने ११ बुँदै उपायहरु पनि त्यहाँको सरकारलाई सुझाव दिएका छन् ।

कोरोना नियन्त्रण र रोकथामका लागि नेपालले अपनाएको उपाय र विधिहरु भारतको भन्दा खासै फरक छैन । अझ कतिपय आलोचकहरु त यस सन्दर्भमा नेपालले अपनाएका नीति र उपायहरु ठ्याक्कै भारतको नीति–निर्णयहरुको नक्कल र त्यहाँ जे गरिन्छ, त्यसैको सिको र अन्धानुकरण यहाँ पनि गरिने गरेको आरोप समेत लगाउने गरेका छन् ।

यस पृष्ठभूमिमा, भारतीय विज्ञहरुले उठाएका प्रश्नहरु, दिएका सुझावहरु नेपालको सन्दर्भमा पनि उत्तिकै सान्दर्भिक, मननीय र सिक्नलायक पाठ हुन सक्छ  ।

https://qph.fs.quoracdn.net

भारतीय जनस्वास्थ्य्यविद्हरुले ‘‘कोरोनाभाइरस रोकथाम एवं नियन्त्रणका लागि भारत सरकारले अंगीकार गरेको अनिश्चितकालीन लकडाउनको नीति ‘प्रत्युत्पादक’ हुने र त्यसले ‘कोरोनाबाट बचाइएकोभन्दा ठूलो संख्यामा मानिसहरुको हताहती हुन सक्ने’’ चेतावनी दिएका छन् ।

‘लकडाउनका कठोर नियमहरुको आलोचना गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई लेखेको एक संयुक्त पत्रमा’ उनीहरुले उक्त चेतावनी दिएका हुन् ।

ती जनस्वास्थ्यविद्हरुले पत्रमा लकडाउनलाई क्रूर बताउँदै लकडाउनको कठोर सख्ती, नीतिहरुमा समन्वयको कमीको मूल्य अब भारतले चुकाउनु परिरहेको बताएका छन् । पत्रमा उनीहरुले ‘अव कोरोनाभाइरसमाथि काबू पाउन सकिन्छ भनेर सोच्नु वास्तविकताभन्दा पर हुनेछ, किनभने भारतमा कैयौं क्लस्टरहरुमा कम्युनिटी ट्रान्समिसन पूरै हुन लागिरहेको छ’ भनी उल्लेख गरेका छन् ।

महामारीको शुरुवातमा, जब संक्रमणको गति कम थियो, मजदुरहरुलाई घर जाने अनुमति दिइएको भए अहिलेको अवस्थाबाट बच्न सकिने थियो भनेी उनीहरुले सरकारले लिएको नीतिको आलोचना पनि गरेका छन् । उनीहरुले लेखेको पत्रमा शहरबाट फर्किरहेका मजदूरहरुले अब देशको कुनाकुनामा संक्रमण लगिरहेकोले स्वास्थ व्यवस्थाको समुचित प्रबन्ध नभएका ग्रामीण इलाकाहरु प्रभावित हुने बताएका छन् ।  पत्रमा भनिएको छ : भारत सरकारले शुरुवातमै संक्रमण विशेषज्ञहरुको सल्लाह लिएको भए कोरोनामाथि ज्यादा प्रभावी तरिकाले काबू पाउन सकिन्थियो ।

त्यसरी प्रधानमन्त्रीलाई आलाेचनात्मक पत्र लेख्ने विज्ञहरुमा कोरोना संक्रमण रोकथामका लागि भारत सरकारलाई सुझाव दिन गठित नेशनल टास्क फोर्समा सहभागी विशेषज्ञहरु समेत छन् । उक्त टास्क फाेर्सले समुदाय स्तरमा फैलिरहेको कोरोना महामारी रोक्नका लागि लकडाउन प्रभावकारी उपाय नरहेको निष्कर्ष निकालेको छ । कन्ट्याक्ट ट्रेसिङ, क्वारेन्टाइनको व्यवस्था, सचेतना फैलाउन, नियमित स्वास्थ्य्य सेवा सुचारु गर्न र समग्र स्वास्थ्य प्रणालीलाई मजबुत बनाउन सरकारले ध्यान दिनुपर्ने सुझाव टोलीले दिएको छ । समुदाय स्तरमा कोरोना फैलिसकेकाले तत्काल निवारण संभव नहुने उल्लेख गर्दै संयुक्त टोलीले अस्पष्ट लकडाउनको सट्टा दीर्घकालीन योजना निर्माणमा ध्यान दिनुपर्ने जोड दिएको छ ।

टास्क फोर्समा  सहभागी १६ जना विशेषज्ञ चिकित्सकले प्रधानमन्त्री नरेन्द्र मोदीलाई लेखेको संयुक्त पत्रमा कोरोना संक्रमण रोक्न सरकारलाई ११ बुँदे उपायहरु पनि दिँदै त्यसलाई लागू गर्न सुझाव पनि दिएका छन् ।

महामारी नियन्त्रणका लागि सरकारलाई सुझाव दिन गत महिना  इन्डियन पब्लिक हेल्थ एशोसियसन (आईपिएचए) र इन्डियन एशोसिसन अफ प्रिभेन्टिभ एन्ड मेडिसिन (आईएपिएसएम) ले  जनस्वास्थ्य्य विज्ञहरुलाई समावेश गरेर उक्त टास्क फोर्स गठन गरेको थियो । लगत्तै, त्यसमा इन्डियन एशोसियसन अफ इपिडिमियोलोजिस्ट (आईएई) पनि सहभागी भएको थियो । भारतभरि फैलिइँदै गइरहेको कोरोना नियन्त्रण र रोकथाम गर्ने सन्दर्भमा मुख्यतः चार विषयमा संयुक्त टास्क फोर्सले  ध्यान केन्द्रीत गरेको थियो :

१  केद्रीय, राज्य तथा जिल्ला स्तरमा कोभिड–१९ सँग परामर्श गरेर सम्बन्धित विषयको संग्रह र समीक्षा गर्ने ।

२ कोभिड–१९ महामारी र यसको लहरबारे विज्ञहरुबीच सहकार्य गरेर संयुक्त एक्सन प्लान तयार गर्ने ।

३ जनस्वास्थ्यविद्, स्वास्थ्य संस्था र सम्बन्धित व्यक्ति समक्ष फराकिलो रुपमा संयुक्त विज्ञप्ति तथा कार्ययोजना वितरण गर्ने ।

४ संयुक्त विज्ञप्तिलाई केन्द्र तथा राज्यको माथिल्लो तहमा रहेका नीति–निर्माताको हातमा पुर्‍याउने ।

अध्ययनपछि आफ्ना सुझावहरु समावेश गरेर २५ मेइमा संयुक्त टास्क फोर्सले प्रधानमन्त्री मोदीलाई बुझाएको संयुक्त विज्ञप्ति अहिले भारतमा निकै चर्चामा छ । यस विज्ञप्तिमा आईपिएचएका तर्फबाट अध्यक्ष डा. सञ्जय के राय र महासचिव डा. संघभित्र घोष, आईएईका तर्फबाट अध्यक्ष डा. अनिल कुमार र सचिव डा. जुगल किशोर तथा आईएपिएसएमबाट अध्यक्ष डा. सञ्जय जोद्पी र सचिव डा. ए काड्रीले हस्ताक्षर गरेका छन् । भारतको वर्तमान अवस्था र सरकारले गर्नुपर्ने सुधारका विषयमा यी विज्ञ डाक्टरहरुको टोलीले गरेको अनुसन्धानपछि गरेको अवस्थाको विश्लेषण र त्यस आधारमा सरकारलाई दिएको सुझाव यस्तो छ –

वर्तमान अवस्थाको विश्लेषण

अहिलेको महामारी सम्पूर्ण विश्वका लागि गम्भीर स्वास्थ्य आपतकाल हो । भारत अहिले दुई कुराले नराम्रोसँग प्रभावित भइरहेको छ – १ लाख ४५ हजारभन्दा बढी घटना र ४ हजारभन्दा धेरैको मृत्यु । यससँगै मानविय संकट देखिएको छ । बन्द भएका २ लाख ७१ हजार आसपासका उद्योग र ६ करोड ५० लाखदेखि ७ करोडसम्म साना र घरेलु उद्योगमा काम गर्ने झन्डै ११ करोड ४० लाखले  जागिर गुमाएका छन् ।

३० जनवरी २०२० मा देशमा कोरोना संक्रमितको पहिलो घटना देखिएपछि भारत सरकारले देखाएको प्रतिक्रियाले संक्रमणको तीव्र दरलाई कम गरेको थियो । यसपछि पूरा देशले दैनिक जीवनमा लगभग सम्पूर्ण अवरोध स्वीकार्यो । 

Migrant workers are being provided food and water by volunteers and police near the Dr. MGR Central Railway station, in Chennai on May 31, 2020.   | Photo Credit: R. Ragu  https://www.thehindu.com


कोरोना भाइरसको नियन्त्रणका लागि क्लिनिकल, इपिडिमियोलोजिकल र ल्याबोराटरी ज्ञानले गरेको संकेतअनुसार मानव समुदायले अझै लामो समय ‘भाइरससँगै बाँच्नुपर्नेछ’ र संक्रमण कम गर्नका लागि अपरेशनल रणनीतिमा निरन्तर परिवर्तन गर्नुपर्ने आवश्यकता छ ।


कोरोना भाइरसको नियन्त्रणका लागि क्लिनिकल, इपिडिमियोलोजिकल र ल्याबोराटरी ज्ञानले गरेको संकेतअनुसार मानव समुदायले अझै लामो समय ‘भाइरससँगै बाँच्नुपर्नेछ’ र संक्रमण कम गर्नका लागि अपरेशनल रणनीति निरन्तर परिवर्तन गर्नुपर्ने आवश्यकता छ ।

कोभिड–१९ ले स्वास्थ्य असमानता थप बढाएको संकेत अहिलेका घटनाक्रमबाट स्पष्टै देखिन्छ र जनस्वास्थ्य्यको मापदण्ड बनाउँदा यस सरोकारलाई प्रमुख रुपमा राख्नुपर्छ ।

यस महामारी नियन्त्रणका लागि प्रभावकारी र दीर्घकालीन रणनीति तथा कार्ययोजना तयार गर्न अन्तर्राष्ट्रिय समुदायले एकअर्कामा सुचना बाँड्ने र सहकार्य गर्ने गरिरहेको छ ।

यही समय हरेक देश र ती देशभित्रका भूभागले बृहत्तर आम मोडललाई नै आफ्नो विशेषताअनुकूल स्वीकार्नुपरेको छ ।

वैज्ञानिक, जनस्वास्थ्य्यकर्मी र सर्वसाधारणसँग समक्ष खुला र पारदर्शी रुपमा तथ्य बाँड्ने काम (जुन पक्कै पनि अहिलेसम्म हुन सकेको छैन) चाँडै गर्नुपर्छ । यसले महामारी नियन्त्रणको मापदण्ड बलियो बनाउँछ, तल्लो तहसम्म सद्भाव निर्माण गर्छ र विश्वासको वातावरण सिर्जना गर्छ ।

२५ मार्चदेखि सुरु भएको भारतको राष्ट्रव्यापी लकडाउन (जसलाई ३० मे २०२० सम्म लम्ब्याइएको छ) अति कडा भएपनि यस अवधिमा कोभिड–१९ संक्रमण तिव्र बढ्दै २५ मार्चमा ६ सय ६ रहेकोमा २४ मेमा १ लाख ३८ हजार ८ सय ४५ पुग्यो ।

एक प्रभावशाली संस्थाबाट भएको मोडलिङ अभ्यासको जवाफमा सायद यो अति कडा लकडाउन भएको हुनुपर्छ, जो ‘अति खराब प्रणाली’ थियो ।

यो मोडल विश्वभर २२ लाख जना मर्ने अनुमानका साथ आएको थियो । यसपछिका घटनाक्रमले यो मोडलले गरेका अनुमान निशानाबाट टाढा थियो भन्ने साबित गरिसकेका छन् ।

सर्वसाधारणका लागि सीमित मात्रै सूचना उपलब्ध छ, यस्तोमा सरकारलाई प्रारम्भमा सल्लाह दिने काम पर्याप्त तालिम र क्षमता नभएका क्लिनिसियन र प्राज्ञ इपिडिमियोलोजिस्टले दिएजस्तो देखिन्छ ।

नीति–निर्माताहरु धेरै हदसम्म्म सामान्य प्रशासनिक कर्मचारीमा निर्भर रहे । इपिडिमियोलोजी, जनस्वास्थ्य, रोकथामका औषधी र सामाजिक विज्ञान क्षेत्रका विज्ञसँग छलफल सीमित मात्रै भयो । नतिजा, भारतले अहिले मानविय संकट र रोगको फैलावट दुबैमा ठूलो मुल्य चुकाउँदैछ ।

Migrant workers wait outside a government school in east Delhi on May 18, 2020 to get screened before boarding buses to the Anand Vihar Railway Station.   | Photo Credit: PTI   https://www.thehindu.com


सर्वसाधारणका लागि सीमित मात्रै सूचना उपलब्ध छ, यस्तोमा सरकारलाई प्रारम्भमा सल्लाह दिने काम पर्याप्त तालिम र क्षमता नभएका क्लिनिसियन र प्राज्ञ इपिडिमियोलोजिस्टले दिएजस्तो देखिन्छ ।

नीति–निर्माताहरु धेरै हदसम्म्म सामान्य प्रशासनिक कर्मचारीमा निर्भर रहे । इपिडिमियोलोजी, जनस्वास्थ्य, रोकथामका औषधी र सामाजिक विज्ञान क्षेत्रका विज्ञसँग छलफल सीमित मात्रै भयो । नतिजा, भारतले अहिले मानवीय संकट र रोगको फैलावट दुबैमा ठूलो मुल्य चुकाउँदैछ ।


सरुवा रोगका आधारमा गहिरो र उत्कृष्ट रणनीति तयार हुनुपर्ने थियो, तर दुविधाग्रस्त र बेला बेलामा परिवर्तन भइरहने राष्ट्रिय स्तरका अहिलेका रणनीति र नीतिहरुले ‘सोच्दै थप्दै’ र पक्रदैं जाने’ उक्ति सम्झाउँछ ।

कोभिड–१९ का अधिकांश संक्रमित लक्षणविहीन छन्  । देखिएका लक्षण पनि हल्का छन्, ज्यानै लिने खाले छैनन् ।

अधिकांश बिरामीलाई अस्पताल भर्ना गर्न आवश्यक छैन र घरमै सामाजिक दूरी लागु गरेर उनीहरुलाई घरेलु उपचार र्न सकिन्छ ।

देशको ठूलो जनसंख्यामा संक्रमण फैलिसकेको यो चरणमा कोभिड–१९ महामारी निवारण हुनेछ भन्ने अपेक्षा गर्नु अवास्तविक हुन्छ ।

कुनै भ्याक्सिन वा प्रभावकारी उपचार अहिले उपलब्ध छैन, न त निकट भविष्यमै यो उपलब्ध हुने देखिन्छ ( यद्यपि यहाँ केही उत्कृष्ट उम्मेदवार भने भेटिएका छन् ) ।

यस कडा राष्ट्रव्यापी लकडाउनको अपेक्षित फाइदा केही समयभित्र रोगको फैलावट बन्द गरेर स्वास्थ्य्य प्रणालीमा भीड जम्मा हुन नदिनका लागि प्रभावकारी योजना र व्यवस्थापन गर्ने भन्ने थियो ।

यो हासिल भएजस्तो देखिन्छ, यद्यपि, चौथो चरणको लकडाउनपछि अतिरिक्त समस्या, आम मानिसको जीवन र अर्थतन्त्र समेत अवरुद्ध देखिएको छ ।

भारतमा मृत्युदर निकै कम छ, अहिलेसम्म प्राय जोखिम समुह अर्थात् वृद्ध जनसंख्या वा यसअघि नै कुनै न कुनै रोग लागेका व्यक्तिहरु यसको शिकार भएका छन् ।

भारतका राज्य तथा जिल्ला तहमा प्रचुर वैज्ञानिक र प्रमाणमा आधारित महामारी नियन्त्रणका उपाय उपलब्ध छन् । गरिब तथा सिमान्तकृतहरुको जीवनका लागि आवश्यक कुराको आपूर्ति सुनिश्चित गर्दै यी उपायहरु अबलम्बन गर्नुपर्छ ।  त्यस्तै, सबैका लागि स्वास्थ्य सुविधा र विशेषगरी बालबालिका, महिला, दीर्घरोगबाट ग्रस्त तथा औषधि उपचार आवश्यक भएकाहरुमा ध्यान केन्द्रीत गर्नु निकै महत्वपूर्ण छ ।

के गर्न सकिन्छ ?

भारतस्थित जनस्वास्थ्यका धेरै सामुदायिक संस्था, यसको अभ्यासमा लागका व्यक्ति र अनुसन्धानकर्ताको प्रतिनिधित्व गर्दैै हामी उल्लेखित ११ बुँदे कार्ययोजना कार्यान्वयनका लागि सिफारिस गर्दछौं ।

१  जनस्वास्थ्य तथा मानविय संकट दुबैलाई सम्बोधन गर्न जिल्ला, राज्य र केन्द्रीय तीनवटै तहमा स्वास्थ्यविद् तथा सामाजिक वैज्ञानिक सम्मिलित अन्तर– अनुशासनात्मक जनस्वास्थ्य तथा रोकथाम प्यानल गठन गर्ने ।

२  सर्वसाधारण र जनस्वास्थ्य नियोगलाई स्वतन्त्र रुपले तथ्याङ्क उपलब्ध गराउने – अनुसन्धान समुदाय अर्थात् सम्बन्धित स्वास्थ्यकर्मी, ल्याबोरेटरी, जनस्वास्थ्य्यविद् र समाजिक वैज्ञानिकसँग परीक्षणको नतिजासहित, विश्लेषण र महामारी नियन्त्रणका लागि तत्कालीन समयको सान्दर्भिक समाधान सुत्र उपलब्ध हुनुपर्छ । सरकारलाई रियल–टाइम टेक्निकल इनपुट उपलब्ध गराउन  विशेष काम गर्ने टास्क फोर्ससहितको जनस्वास्थ्य नियोग तत्कालै गठन गर्न सकिनेछ  । तथ्याङ उपलब्ध गराउने सवालमा भारत सरकार र राज्य सरकारहरुको देखाएको आपरदर्शीता स्वतन्त्र अनुसन्धान र महामारीको उचित प्रतिक्रियामा गम्भिर अवरोध हो ।


अहिले जारी राष्ट्रव्यापी लकडाउन हटाएर यसको साटो इपिडिमियोलोजिकल समीक्षाका आधारमा क्लस्टरमा केन्द्रीत रहेर कडाइ गर्नुपर्छ, अर्को लहरको सम्भाव्य संक्रमणलाई ध्यानमा राख्दै अहिलेको चरणको महामारी नियन्त्रणका लागि तर्कसंगत मापदण्ड र कोशेढुंगा तय गर्नुपर्छ ।


लकडाउन खोलौं, क्लस्टरमा कडाइ गरौं – अहिले जारी राष्ट्रव्यापी लकडाउन हटाएर यसको साटो इपिडिमियोलोजिकल समीक्षाका आधारमा क्लस्टरमा केन्द्रीत रहेर कडाइ गर्नुपर्छ, अर्को लहरको सम्भाव्य संक्रमणलाई ध्यानमा राख्दै अहिलेको चरणको महामारी नियन्त्रणका लागि तर्कसंगत मापदण्ड र कोशेढुंगा तय गर्नुपर्छ ।

नियमित स्वास्थ्य सेवालाई निरन्तरता दिनुपर्छ – स्वास्थ्यकर्मी तथा कामदारहरुको सुरक्षाका लागि उत्कृष्ट मापदण्ड अपनाउँदै  सबैखाले नियमित स्वास्थ्य सेवा तत्कालै सञ्चालन गर्नु अति महत्वपूर्ण छ ।

नियमित स्वास्थ्य सेवामा अवरोध हुँदाको मुल्य कतिपयका लागि प्राणघातक छ । मुटुरोग, मस्तिष्कघात, टिबीजस्ता दीर्घरोग र भ्याक्सिनमार्फत रोकथाम गर्न सकिने समस्या पनि कोभिड–१९ को छाँयामा परेका छन् । स्वास्थ्य सेवामा देखिएको यस्तो अवरोधको प्रभाव आगामी दिनमा थप उच्च हुनसक्छ ।

जनचेतना अभिवृद्धि र रोकथामको अभ्यास अबलम्बनमार्फत स्रोत कम गर्ने उपाय – नाबेल कोरोना भाइरसको संक्रमण फैलने सबै चरणमा  नियन्त्रणका लागि सर्वाधिक प्रभावकारी रणनीति नै स्रोत कम गर्ने नीति हो । आम रुपमा मास्कको प्रयोग (घरमै बनाएको होस् वा अन्य), हात धुने काम (साबुन वा सेनिटाइजरको प्रयोग) र खोक्दा ध्यान दिने बानी सबैले अंगिकार गर्नुपर्छ, उच्च जोखिममा रहेको जनसंख्यामा विशेष ध्यान दिनुपर्छ ।

६  सामाजिक एकतासहित शारिरीक दूरी सुनिश्चित गरौं, सामाजिक तिरस्कार नगरौं – संक्रमणको फैलावट कम गर्नका लागि शारिरीक दूरीको नियम पालना गर्नुपर्छ । यस समय अत्यास र लकडाउनले मानसिक स्वास्थ्यमा देखिएका चिन्ता सम्बोधन गर्न सामाजिक एकता प्रवद्र्धन गर्नु जरुरी छ  । कोभिड–१९ का दौरान विशेष  समुहमा (जस्तो धार्मिक वा अन्यत्रबाट फर्किएका आप्रवासी) तिरस्कार वा विभेद देखिएको छ, जबकी यस्ता समुहका सबै जोखिममा हुँदैनन् । कुनै व्यक्ति कोभिड–१९ को क्वारेन्टाइनबाट निस्किएपछि पनि उसले तिरस्कार सामना गर्नुपर्ने हुनसक्छ । मानिसलाई सचेत बनाउने र उनीहरुलाई सद्भाव र सम्मानसहित उपचार गर्ने कार्यमा सरकार, सञ्चारमाध्यम र स्थानीय संस्थाले सक्रियता देखाउनु जरुरी छ ।


कोभिड–१९ का दौरान विशेष  समुहमा (जस्तो धार्मिक वा अन्यत्रबाट फर्किएका आप्रवासी) तिरस्कार वा विभेद देखिएको छ, जबकी यस्ता समुहका सबै जोखिममा हुँदैनन् । कुनै व्यक्ति कोभिड–१९ को क्वारेन्टाइनबाट निस्किएपछि पनि उसले तिरस्कार सामना गर्नुपर्ने हुनसक्छ । मानिसलाई सचेत बनाउने र उनीहरुलाई सद्भाव र सम्मानसहित उपचार गर्ने कार्यमा सरकार, सञ्चारमाध्यम र स्थानीय संस्थाले सक्रियता देखाउनु जरुरी छ ।


इन्फ्लुएन्जा जस्तै खाले रोगका लागि मान्यताप्राप्त सामाजिक स्वास्थ्य्य अभियन्ता/वैकल्पिक नर्स वा सुडिनी वा बहुउद्देश्यीय स्वास्थ्य्यकर्मी र स्वासप्रश्वास सम्बन्धी समस्याका लागि निजी अस्पतालसहितका स्वास्थ्य संस्थामार्फत निरन्तर निगरानी गर्नु जरुरी छ । संक्रमण फैलिएको भौगोलिक क्षेत्र अर्थात् हटस्पट पहिचान गर्नका लागि दैनिक रिर्पोटिङ जरुरी छ ।

स्थानीय मेकिडल कलेज वा स्वास्थ्य संस्थाबाट तालिमप्राप्त इपिडिमियोलोजिस्टले यसका लागि सहयोग गर्नुपर्छ । अहिल्यै कायम रहेको एचआईभी सिरोलोजिकल पर्यवेक्षण प्लेटफर्म भविष्यमा सिरोलोजिकल पर्यवेक्षणका लागि खर्च कम गर्ने बाटो हुनसक्छ । यसबाट दबाब र ट्रेन्ड, भ्याक्सिनको आवश्यकता र अन्य रोकथामका रणनीतिको प्रभाव आँकलन पनि गर्न सकिन्छ ।

परीक्षण, पहिचान र आइशोलेसनसहित पूर्वाधार निर्माण– भारतले यथेस्ट मात्रामा परीक्षण दर बढाएको छ, तर केही राज्य निरन्तर पछाडि छन् । महामारीसँग जुध्ने प्रमुख उपायलाई लयमै राखिरहनका लागि जनसंख्यामा आधारित बेन्चमार्क महत्वपूर्ण छ । केही राज्यमा अति कम परीक्षण भएको छ, सरकारले निजी ल्याबमा पनि निशुल्क परीक्षणको व्यवस्था गर्न आवश्यक छ ।

संक्रमितसँगको (सम्भाव्य) सम्पर्क संख्या तथा घर फर्किने आप्रवासीको जनसंख्या देशभर निरन्तर बढ्दो छ । अग्रमोर्चामा खटिएका स्वास्थ्यकर्मी र स्थानीय समुदायको सक्रिय सहभागिता र सहयोगमा प्रोटोकल र होम क्वारेन्टाइन प्रवर्द्धन गर्न जरुरी छ ।

इन्टेन्सिभ केयर क्षमता बढाउने– इन्टेसिभ केयर उचित तालिमप्राप्त स्वास्थ्यकर्मीबाट मात्रै उपलब्ध गराउन सकिन्छ । लक्षण देखिएका र स्वासप्रश्वास सम्बन्धी समस्या देखिएका संक्रमित समेतको उपचार अक्सिजन र अन्य उपायमार्र्फत गर्न सकिन्छ भन्ने विषयमा नयाँ प्रमाण बढ्दैछन् । मुम्बईमा अहिल्यै मेकसिफ्ट अस्पताल स्थापना गरिएको छ र कोभिड–१९ महामारी उच्च भएका बेला बढ्दो संख्याका बिरामीको उपचारका लागि अन्य शहरमा पनि यस्ता अस्पताल निर्माण गर्न सकिन्छ ।


स्वास्थ्य सेवामा खटिएकाहरुको सुरक्षा र मनोबलमा गम्भीर चुनौती हो, अस्पतालमा हुने कोभिड–१९ संक्रमण ।  जब स्वास्थ्य्य सेवा उपलब्ध गराउनेहरु संक्रमित हुन्छन्, तब संक्रमण फैलने दर पनि उच्च हुन्छ ।  स्वास्थ्य सेवा प्रदायकमा आत्मविश्वास जगाउन उनीहरुलाई उपयुक्त पिपिई उपलब्ध गराउनैपर्छ । भारतले पिपिई उत्पादन गर्नसक्ने क्षमता बढाएको छ र उत्पादन बढाउने कामलाई निरन्तरता दिनुपर्छ ।


१० अग्रमोर्चाका कर्मचारीलाई उत्कृष्ट पिपिई– स्वास्थ्य सेवामा खटिएकाहरुको सुरक्षा र मनोबलमा गम्भीर चुनौती हो, अस्पतालमा हुने कोभिड–१९ संक्रमण ।  जब स्वास्थ्य्य सेवा उपलब्ध गराउनेहरु संक्रमित हुन्छन्, तब संक्रमण फैलने दर पनि उच्च हुन्छ ।  स्वास्थ्य सेवा प्रदायकमा आत्मविश्वास जगाउन उनीहरुलाई उपयुक्त पिपिई उपलब्ध गराउनैपर्छ । भारतले पिपिई उत्पादन गर्नसक्ने क्षमता बढाएको छ र उत्पादन बढाउने कामलाई निरन्तरता दिनुपर्छ ।

११ जनस्वास्थ्य प्रणालीको सुदृढीकरण– जनस्वास्थ्य्यलाई अनुशासन,  प्रणालीगत र ऐतिहासिक रुपमा बेवास्ता गरिनु अनि नीति–निर्माण तहमा जनस्वास्थ्यविद्हरुको संलग्नता नहुनुको मुल्य देशले विशेषगरी अहिलेको महामारीमा ठूलो चुकाइरहेको छ ।  केन्द्र तथा राज्य तहमा जिडिपीको ५ प्रतिशत बजेट स्वास्थ्य क्षेत्रमा छुट्टयाएर मेडिकल केयरसहित (सेवा र अनुसन्धान दुबैमा) जनस्वास्थ्यलाई तिव्र रुपमा सुदृढीकरण गर्नुपर्छ ।

निष्कर्ष

हामीले सकारात्मक तर सावधानी नोटमा हस्ताक्षर गरेका छौं । तथ्यमा आधारित वैज्ञानिक तथा मानवीय नीतिले मानविय, सामाजिक र आर्थिक क्षति न्युन गर्दै हामीलाई यस विध्वंशबाट माथि उठ्न सहयोग गर्नेछ । प्रकृतिले वृहद ब्रम्हाण्डमा हाम्रो कमजोर अवस्थाको हामीलाई फेरि स्मरण गराएको छ ।


शताब्दीमा एकपटक यति ठूलो परिमाणमा आउने मानवीय तथा स्वास्थ्य्य संकटको वर्तमान अवस्थामा समेत हामीले बसेर सोचनौं र हाम्रो जीवनशैली र नीति–निर्माण तथा विशेषगरी स्वास्थ्य नीति–निर्माणमा केही आधारभूत परिवर्तन ल्याएनौं भने फेरि हामीले यस्तो परिस्थिति सामना गर्नुपर्नेछ । सायद वर्तमान महामारीमा नसोचेको मानवीय क्षति देख्नेछौं  र थप चिन्ताजनक रुपमा फेरि चाडैं यस्तै भयावह अवस्था देख्नेछौं ।


अहिलेको उच्च समयमा मानव जातिले चेतावनी संकेतमा ध्यान दिएर तत्कालै र अहिल्यै मिडकोर्स सुधार्न थाल्नुपर्छ । सबै मानव र जनावरबीच उत्कृष्ट सद्भाव सुनिश्चित राख्न वसुधैव कुटुम्बकम् (धर्ती नै परिवार हो) सिद्धान्तमा आधारित ‘एक विश्व एक स्वास्थ्य्य’ दृष्टिकोण केन्द्रमा हुनुपर्छ ।

यस ग्रहका सबै सजिव र निर्जिव वस्तुप्रति सम्मानित र विवेकी हुनु नै कोभिड–१९ पछिको विश्वमा अघि बढ्ने बाटो हो ।

शताब्दीमा एकपटक यति ठूलो परिमाणमा आउने मानवीय तथा स्वास्थ्य्य संकटको वर्तमान अवस्थामा समेत हामीले बसेर सोचनौं र हाम्रो जीवनशैली र नीति–निर्माण तथा विशेषगरी स्वास्थ्य नीति–निर्माणमा केही आधारभूत परिवर्तन ल्याएनौं भने फेरि हामीले यस्तो परिस्थिति सामना गर्नुपर्नेछ । सायद वर्तमान महामारीमा नसोचेको मानवीय क्षति देख्नेछौं  र थप चिन्ताजनक रुपमा फेरि चाडैं यस्तै भयावह अवस्था देख्नेछौं ।

प्रस्तुति : अन्वेषण अधिकारी / Title Photo : https://www.thehindu.com

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप