शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अभिषेक बच्चनसँग ऐश्वर्या रायले विवाह गर्दा सलमान खानले यस्तो भनेका थिए

बुधबार, २१ जेठ २०७७, ०८ : ०१
बुधबार, २१ जेठ २०७७

ऐश्वर्या राय र अभिषेक बच्चन बलिउडका निकै प्रिय जोडीमध्ये एक हुन् र यी दुईको फ्यान फलोविङ पनि निकै राम्रो छ । अभिषेक र ऐश्वर्याले सन् २००७ मा विवाह गरेका थिए र यी दुईका आराध्या नामकी छोरी पनि छिन् । सोसल मिडियामा ऐश्वर्याले आराध्याको भिडियो र फोटो राखिरहन्छिन् । स्मरण रहोस्, सलमान खान र ऐश्वर्या रायको अफेयरको निकै चर्चा भएको थियो । अभिषेक र ऐश्वर्याको विवाहबारे सलमानले के भनेका थिए त, यसो रिवाइन्ड गरौं ।

ऐश्वर्याबारे सलमानले गरेका थिए कुराः

९० को दशकको अन्तिममा स सन् २००० को सुरुवाती दिनमा सलमान खान र ऐश्वर्या रायको निकै चर्चा थियो । सन् २००२ पछि दुईले एक–अर्कासँग कुरा गर्नै छोडे । यस्तै, सलमान खानले एक अन्तरवार्तामा ऐश्वर्या रायबारे कुरा गरेकी थिइन् ।

अभिषेक बच्चन राम्रो केटाः

सलमान खानले अन्तरवार्तामा ऐश्वर्याले अभिषेक बच्चनसँग विवाह गरेकोमा आफू खुसी भएको बताएका थिए । उनले भनेका थिए, ‘उनी एक राम्रो परिवारको राम्रो केटा हुन् ।’ उनले दुबैलाई सुखमय दाम्पत्य जीवनको कामना पनि गरेका थिए ।

आ–आफ्नो जीवनमा खुसी छन् सलमान र ऐश्वर्याः

अभिषेक बच्चन र ऐश्वर्या राय आफ्नो परिवारसँग निकै राम्रो समय बिताइरहेका छन् जबकी सलमान खान युलिया वन्तुरसँगको सम्बन्धका कारण चर्चित छ । अहिले सलमान खान आफ्नो पनवेलमा भएको फार्महाउसमा आफ्नो परिवारका केही सदस्य र नजिकका साथीसँग समय बिताइरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप