शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘अपरिपक्व नेतृत्वको दुष्परिणाम अमेरिकाले भोग्दैछ’

ट्रम्पमाथि नश्लीय चिन्तन फैलाएको, विभाजनलाई मलजल गरेको र इतिहासकै कठिन अवस्थामा अमेरिकालाई राम्रो नेतृत्व दिन चुकेको आरोप
बिहीबार, २२ जेठ २०७७, १८ : ४६
बिहीबार, २२ जेठ २०७७

मिनेसोटा राज्यको मिनियापोलिसमा अश्वेत नागरिक जर्ज फ्लोइडको गैर न्यायिक हत्या भएपछि अमेरिकाभर आन्दोलनको आगो सल्किएको छ । एक प्रहरी अधिकारीले फ्लोइडको घाँटीमा घुडाँले टेकेको भिडियो भाइरल भएपछि अश्वेत नागरिकमाथि हुने गरेको विभेदविरुद्ध यो आन्दोलन उठेको थियो । यस भिडियोमा ४६ वर्षका फ्लोइड ‘मलाइ सास फेर्न गाह्रो भयो’ भन्ने कराइरहेका छन् र यसका बाबजुद प्रहरीले घुँडाले घाँटीमा थिचिरहेका छन् । झन्डै ७ मिनेटसम्म यी व्यक्तिको घाँटी थिचिएको थियो र यहीकारण उनको मृत्यु भयो । हत्या संलग्न प्रहरी अधिकारी बर्खास्तीमा परेका छन् र उनीविरुद्ध आपराधिक तथा नरसंहारको मुद्दा चलिरहेको छ । तर आन्दोलन रोकिएको छैन ।

रंगभेदका शिकार बनेर हत्या गरिएका जर्ज फ्लाेइड । https://i1.wp.com

हत्याको अभियोगमा मुद्दा खेपिरहेका पूर्व पुलिस अधिकारीहरु डेरेक चाउभिन, ताेउ थावाेऽ थोमस लाने र जे अलेक्जेण्डर कुइङ . https://cdn.cnn.com

हत्या संलग्न प्रहरी अधिकारी बर्खास्तीमा परेका छन् र उनीविरुद्ध आपराधिक तथा नरसंहारको मुद्दा चलिरहेको छ । तर आन्दोलन रोकिएको छैन ।


अश्वेतमाथि सदियौंदेखि भइरहेको अत्याचार र अन्यायविरुद्ध अहिले सबै अमेरिकीहरु प्रदर्शनमा छन् ।  कोभीड–१९ महामारी फैलिरहेका बेला भएको यो ठूलो आन्दोलनका कारण अमेरिका निकै अस्थिर अवस्थामा छ र राष्ट्रपति डोनाल्ड ट्रम्पले आन्दोलन नियन्त्रणका लागि ‘सेना परिचालन’ गर्नेसम्मको धम्की दिएका छन् । तर विज्ञहरुको बुझाईमा ट्रम्प आफैंले अमेरिकामा नश्लीय चिन्तन फैलाएका छन् । एकता नभएर विभाजनलाई मलजल गरेका छन् र इतिहासकै कठिन अवस्थामा अमेरिकालाई राम्रो नेतृत्व दिन चुकेका छन् ।

https://www.kut.org

आन्दोलनबारेको आफ्नो निर्लज्ज कडा प्रतिक्रिया र रंगभेदी विभाजनलाई खराब गर्ने कदमपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्व सैन्य नेतृत्व तथा पूर्व राष्ट्रपतिहरुबाट नसोचेको विरोध सामना गरिरहेका छन् । बुधबार साँझ सैनिकमाझ लोकप्रिय पूर्व योद्धा तथा पूर्व रक्षामन्त्री जेम्स म्याटिस्ले राष्ट्रपति बिना नै एकजुट हुन अमेरिकीहरुलाई आग्रह गरेपछि वासिङटनमा तरगिंत भएको छ । 

‘डोनाल्ड ट्रम्प मेरो जीवनकालका पहिलो राष्ट्रपति हुन्, जसले अमेरिकी जनतालाई एकजुट बनाउने प्रयास गर्दैनन्, उनी कोसिस समेत गर्दैनन्,’ सन् २०१८ मा रक्षामन्त्रीबाट राजिनामा गरेयता शान्त रहेका म्याटिस्ले आफ्नो मौनता तोड्दै लेखेका छन् ।

‘बरु उनले हामीलाई विभाजन गर्ने कोसिस गरे । तीन वर्षसम्मको उनको प्रयासको नतिजा हामीले देखिरहेका छौं । हामीले तीन वर्ष परिपक्व नेतृत्व नहुँदाको नतिजा देखिरहेका छौं,’ अवकाशप्राप्त मारिन जनरल समेत रहेका म्याटिस्ले विज्ञप्ती जारी गर्दै भनेका छन् ।

डोनाल्ड ट्रम्पका साथ म्याटिस् । https://ei.marketwatch.com

सन् २०१८ मा रक्षामन्त्रीबाट राजिनामा गरेयता शान्त रहेका म्याटिस्ले आफ्नो मौनता तोड्दै बाेलेका कुरा यसकारण पनि महत्वपूर्ण छ किनकि आन्दोलनकारीविरुद्ध सेना परिचालन गर्ने ट्रम्पको आदेश ती सैनिकले लिएको संवैधानिक शपथविपरीत हुनसक्ने उनले जनाएका छन् । यी पूर्व वरिष्ठ सैनिक अमेरिकी सेनाप्रति निकै इमानदार रहदैं आएका छन् र पेन्टागनसँग पनि उनको घाँटी राम्रोसँग जोडिएको छ,  त्यसैले  शक्तिकेन्द्रमध्येका एक मानिने म्याटिस्ले कतै अहिले सेनामा कार्यरत भएकाले बोल्न नमिल्ने अवस्थाका वरिष्ठ सैनिक अधिकारीहरुकै धारणा त बाहिर ल्याएका होइनन् भन्ने शंका पनि छ ।


उनले प्रदर्शनमा सैनिक परिचालन गर्ने ट्रम्पको धम्कीको आलोचना गरे । यो विज्ञप्ति ट्रम्पका लागि निराशाजनक छ । पछिल्लो समय आफ्नै पूर्व रक्षामन्त्री म्याटिस्विरुद्ध खनिनुअघि ट्रम्पले उनलाई आदर्श मान्ने गरको थिए । उनले म्याटिस‍्को लडाकुपनको सम्मान गर्दै उनलाई ‘बौलाहा कुकुर’ भनेर बोलाउन प्यारो ठान्थे ।

यसकारण पनि यो विज्ञप्ति महत्वपूर्ण छ किनकि आन्दोलनकारीविरुद्ध सेना परिचालन गर्ने ट्रम्पको आदेश ती सैनिकले लिएको संवैधानिक शपथविपरीत हुनसक्ने म्याटिस‍्ले जनाएका छन् । यी पूर्व वरिष्ठ सैनिक अमेरिकी सेनाप्रति निकै इमानदार रहदैं आएका छन् र पेन्टागनसँग पनि उनको घाँटी राम्रोसँग जोडिएको छ,  त्यसैले  शक्तिकेन्द्रमध्येका एक मानिने म्याटिस्ले कतै अहिले सेनामा कार्यरत भएकाले बोल्न नमिल्ने अवस्थाका वरिष्ठ सैनिक अधिकारीहरुकै धारणा त बाहिर ल्याएका होइनन् भन्ने शंका पनि छ ।

ट्रम्पले सुरुवातमा त म्याटिस‍्को इज्जतमा हानी पुर्‍याउन खोजे, दुईपटक ईराक युद्ध तथा एकपटक अफगानिस्तानमा लडेका म्याटिस्लाई ट्रम्पले ट्वीटरमा ‘विश्वकै आवश्यकताभन्दा बढी महत्व दिएका जनरल’ भने ।

ट्रम्पले लेखेका छन्, ‘उनको मुख्य शक्ति सैनिक होइन बरु व्यक्तिगत जनसम्पर्क थियो । मैले उनलाई नयाँ जीवन दिए, काम गर्न र युद्ध जित्ने अवसर दिएँ, तर उनले कहिल्यै फल मासु ल्याएनन् ।  मलाई उनको नेतृत्वकला वा उनीबारे अरु केही मन परेन र यसमा अरु पनि सहमत थिए । खुसी छु, उनी गइसकेका छन् ।’


यसअघि बुधबार साँझै अवकाशप्राप्त जनरल जो एलेनले फरेन पोलिसीमा एक समिक्षा प्रकाशित गर्दै आन्दोलनमा ट्रम्पले देखाएको प्रतिक्रियाको आलोचना गरे । ‘ शान्तिपूर्ण प्रदर्शनकारीलाई उनीहरुको नैसर्गिक अधिकारबाट विमुख गरेर मात्रै पुगेन, यो फोटो–अपले त्यो दुर्व्यवहारमा धर्मको जलप लगाउन खोजेको छ, ’ एलनले लेखेका छन् । सोमबार ह्वाइटहाउसबाट निस्किएर राष्ट्रपति ट्रम्प सेन्ट जोन्स चर्च अगाडि बाइकल बोकेर फोटो खिचाउन पुगेका थिए, त्यसअघि संघीय सुरक्षा फौजलाई लाफायट्टे स्क्वायरबाट प्रदर्शनकारी हटाउन निर्देशन दिइएको थियो । एलनले यही घटनाको सन्दर्भ जोडेका हुन् ।


यसअघि बुधबार साँझै अवकाशप्राप्त जनरल जो एलेनले फरेन पोलिसीमा एक समिक्षा प्रकाशित गर्दै आन्दोलनमा ट्रम्पले देखाएको प्रतिक्रियाको आलोचना गरे ।

‘ शान्तिपूर्ण प्रदर्शनकारीलाई उनीहरुको नैसर्गिक अधिकारबाट विमुख गरेर मात्रै पुगेन, यो फोटो–अपले त्यो दुर्व्यवहारमा धर्मको जलप लगाउन खोजेको छ, ’ एलनले लेखेका छन् । सोमबार ह्वाइटहाउसबाट निस्किएर राष्ट्रपति ट्रम्प सेन्ट जोन्स चर्च अगाडि बाइकल बोकेर फोटो खिचाउन पुगेका थिए, त्यसअघि संघीय सुरक्षा फौजलाई लाफायट्टे स्क्वायरबाट प्रदर्शनकारी हटाउन निर्देशन दिइएको थियो । एलनले यही घटनाको सन्दर्भ जोडेका हुन् ।

यस्तो सबै अवस्थाले अमेरिकालाई थप आध्यात्मिक बाटोमा पु¥याउने आशा राख्दै लेख टुंग्याउनुअघि उनले लेखेका थिए, ‘यो सबै तलैबाट माथि  आउनुपर्छ । ह्वाइटहाउका लागि त्यहाँ कसैको घर छैन ।’

एलन र म्याटिस्को यो आक्रमणले ट्रम्पविरुद्ध रिपब्लिकन पार्टीबाहिरका  वासिङटनका संस्थापन पक्षधर कुलिनको मोर्चा बिस्तार गरिदिएको छ ।

यसअघि अमेरिकाका सबै जीवित राष्ट्रपतिले जर्ज फ्लोइडको मृत्युपछिको सामुहिक प्रदर्शन, कोभीड–१९ महामारी र त्यसपछिको गिर्दो अर्थतन्त्रको व्यवस्थापन गर्न ट्रम्प  प्रशासन चुकेको भन्दै आलोचना गरिसकेका छन् । जिम्मी कार्टरले यस्तो अवस्थामा ट्रम्प प्रशासनका कारण देशमा सिर्जित नेतृत्वको रिक्तताबारे मुल खोलेपछि  पूर्व राष्ट्रपतिको यो सुची तयार भएको थियो ।

यसअघि जोइन्ट चिफ्स अफ स्टाफका अध्यक्ष माइकल मुलेनसहितका वरिष्ठ सैन्य तथा राजनीतिक व्यक्ति समेत अहिलेका कमाण्डर इन चिफ अर्थात् राष्ट्रपति ट्रम्पको छाडापनले अमेरिकी मुल्य–मान्यता खतरामा परेको भन्दै मुख खोल्न बाध्य बनाएका थिए ।

आधुनिक अमेरिकामा कुनै पनि राष्ट्रपतिले यति कडा आलोचनाको सामना गर्नुपरेको छैन । ट्रम्पको राष्ट्रपति पद अहिले अतित्वकै संकटतर्फ थप चिप्लदैंछ, मतदाताबाट फैसला हुनभन्दा ५ महिनाअघि उनको अभियानले सामाजिक र रंगभेदी घाउलाई च्यात्ने खतरा देखाइरहेको छ, उनको अस्थिर कार्यकालमा यस्तो कहिल्यै भएको थिएन ।

https://www.aljazeera.com

मुलधारबाहिरैबाट आफ्नो राजनीतिक करियरको ढोका ढक्ढक्याएका र राष्ट्रपतीय मान्यतालाई जलाएका ट्रम्पले पछाडि फर्कने कुनै संकेत देखाएका छैनन् । गत बुधबार उनले देशव्यापी अस्थिरता निम्तनुमा ‘लुटेरा’,‘अपराधी’ र ‘आंतककारी’ को हात रहेको भन्दै चर्को आलोचना गरे ।


तर, मुलधारबाहिरैबाट आफ्नो राजनीतिक करियरको ढोका ढक्ढक्याएका र राष्ट्रपतीय मान्यतालाई जलाएका ट्रम्पले पछाडि फर्कने कुनै संकेत देखाएका छैनन् । गत बुधबार उनले देशव्यापी अस्थिरता निम्तनुमा ‘लुटेरा’,‘अपराधी’ र ‘आंतककारी’ को हात रहेको भन्दै चर्को आलोचना गरे ।

उनका सहयोगीहरुले यति नै बेला उनको व्यवहारलाई सही देखाउन अझै घृणित र काल्पनिक प्रोपोगान्डा फैलाएका छन् । सोमबार वासिङटन चर्चमा ट्रम्पले देखाएको समस्याग्रस्त स्टन्टलाई उनीहरुले  दोस्रो विश्वयुद्धका विस्टन चर्चिल र ११ सेप्टेम्बरपछिको अवस्थामा जर्ज डब्ल्यु बुसले गरेको गतिविधिसँग तुलना गरेका छन् । 

ट्रम्प अहिले वर्तमान रक्षामन्त्री मार्क इस्परसँग रुष्ट छन् । यसअघि  १८०७ को इसरेक्सन (सरकारविरोधी हिंसात्मक विद्रोह) ऐन लागु गरेर अमेरिकाभित्र सैनिक परिचालन गर्ने ट्रम्पको चेतावनीविरुद्ध उनले बोलेका थिए । ट्रम्पका संर्कीण मिडियाले अन्डा फ्याँकेपछि यतिबेला पेन्टागनका प्रमुख इस्पर पातलो राजनीतकि बरफमा छन् ।

अर्कान्सासका ट्रम्प पक्षधर रिपब्लिकन सिनेटर टम कटनले न्युर्योक टाइम्समा लेख लेख्दै भ्रामक अवस्थामा रहेका स्थानीय नेताको नियमलाई तोड्नका लागि ‘ठूलो मात्रामा फौज उतार्न’ माग गरेका छन् । 

बुधबार अर्को दुविधाग्रस्त अवस्था त्यतिबेला निम्तियो, जब वासिङटनका सडकमा सैन्य पोशाकमा सैनिकहरु हिंडेको र न्युर्योकमा अझै धेरै लुटपाट भएको डरलाग्दो तस्विर बाहिर आयो, जबकी देशभर अधिकांश स्थानमा भने आन्दोलन शान्तिपूर्ण नै थियो ।

आन्दोलनकारीको मागअनुसार प्रहरीले नै घुँडा टेकेर केही स्थानमा उदाहरण पनि देखाए, त्यस्तै केही स्वेत अमेरिकीहरु पनि आफ्नो अस्वेत देशवासीले सामना गर्नुपरेको विभेदविरुद्ध सडकमा देखिए । यो स्पष्टै छ कि गत साता प्रहरीले घुडाँले घाँटी थिचेपछि जर्ज फ्लोइडको मृत्यु भएयता रंगभेदको यात्रामा देश नयाँ हस्ताक्षरकारी अभियानमा छ , अफ्रिकी अमेरिकीमाथि भएको क्रुरताको यो पछिल्लो संकेतले देशमा सबै वर्णका मानिसलाई स्तब्ध बनाएको छ ।
यहाँ आशाको राजनीतिको झल्को पनि देखियो, पूर्वराष्ट्रपति बाराक ओबामाको संकेतअनुसार अहिलेको शशक्त प्रदर्शनको जवाफ ट्रम्पको ‘दमन’ को आदेश होइन, बरु प्रदर्शनलाई अर्थपूर्ण राजनीतिक रुपान्तरणमा परिवर्तन गर्ने नयाँ प्रेरणा हो । अमेरिकामा १९६८ कै शैलीको अति तनावपूर्ण रंगभेद तथा राजनीतिक अन्धकारमा अमेरिका जकडिएको छ भन्ने विषयलाई पनि ओबमाले स्विकारेनन्, अमेरिकाको सडकमा देखिएका फरक–नश्लको प्रदर्शनकारीहरु भीड आफैंमा जिवन्त प्रगतिको संकेत रहेको उनले बताए ।

https://hips.hearstapps.com

‘ती व्यक्ति जसले प्रदर्शनबारे कुरा काट्दै हुनुहुन्छ, याद गर्नुस्, यो देश नै आन्दोलनले बनेको हा । यसलाई अमेरिकी क्रान्ति भनिन्छन्,’ आफ्नो युवा संगठनसँगको जुम कलमा ट्रम्पको अप्रत्यक्ष उदाहरण दिदैं ओबामाले भनेका छन्, ‘र यो देशमा हरेक कदमको प्रगति, स्वतन्त्रताको हरेक बिस्तार, हाम्रा गहिरा आदर्शहरुका हरेक अभिव्यक्तीले सत्तालाई अफ्टेरो पार्नेगरी भएका प्रयासबाट मात्रै जित हासिल गरको छन् । 


‘ती व्यक्ति जसले प्रदर्शनबारे कुरा काट्दै हुनुहुन्छ, याद गर्नुस्, यो देश नै आन्दोलनले बनेको हा । यसलाई अमेरिकी क्रान्ति भनिन्छन्,’ आफ्नो युवा संगठनसँगको जुम कलमा ट्रम्पको अप्रत्यक्ष उदाहरण दिदैं ओबामाले भनेका छन्, ‘र यो देशमा हरेक कदमको प्रगति, स्वतन्त्रताको हरेक बिस्तार, हाम्रा गहिरा आदर्शहरुका हरेक अभिव्यक्तीले सत्तालाई अफ्टेरो पार्नेगरी भएका प्रयासबाट मात्रै जित हासिल गरको छन् ।  र हामी ती व्यक्तिप्रति धन्य हुनैपर्छ जो शान्तिपूर्ण र अनुशासित तरिकाबाट यहाँ परिवर्तन ल्याउने इच्छा राख्छन्,’ उनले भने ।

आक्रोश र स्तब्ध

राजनीतिक वृत्तमा सम्मानित रुपमा लिइने म्याटिस्, जसले ईराक र अन्यत्र अमेरिकी सेनाको नेतृत्व गरे, उनले राजनीतिबाट टाढै बस्ने बताएका थिए ।  तर, उनको सन्देशले यो स्पष्ट गरिदिएको छ कि शृखंलावद्ध रुपमा उनकै भाषामा ‘आक्रोशित र स्तब्ध बनाउने’ घटना देखेपछि लामो समयसम्म उनले मौनता कायम गर्नसक्ने अवस्था थिएन ।

‘ कानून तोड्ने सानो संख्याका व्यक्तिबाट हामीले आफ्नो ध्यान गुमाउनु हुन्न । नैतिकता भएका दशौं हजार त्यस्ता व्यक्तिले यो आन्दोलनलाई परिभाषित गरिरहेका छन् । जसले यो भनिरहेका छन् कि हामी हाम्रा मुल्य–मान्यतासँग बाँच्छौं, जनताका रुपमा हाम्रा मुल्यमान्यता र देशका रुपमा हाम्रा मुल्य–मान्यतासँग बाँच्छौं,’ म्याटिसले लेखेका छन् , ‘ जब मैले झन्डै ५० वर्षअघि सैनिक सेवा सुरु गरें, मैले देशेको संविधानको समर्थन र रक्षा गर्ने कस आएका थिएँ । ‘मैले कहिल्यै चिताइँन कि यही सपथ लिएका सैनिकलाई कुनै परिस्थितीमा आफ्नौ देशका नागरिकको संवैधानिक अधिकार खोस्न आदेश दिइनेछ ।’

‘हाम्रो प्रतिक्रियामा  वासिङसिङटनमा हामीले देखेजस्तो सैन्यकरणले द्वन्द्व खडा गर्छ (गलत द्वन्द्व) सैनिक र नागरिक समाजबीच । यसले त्यो नैतिक धरातल समाप्त गर्छ, जसले युनिफर्ममा रहेका पूरुष र महिला र उनीहरुले रक्षा गर्ने कसम खाएको तथा उनीहरु आफैं सदस्य रहेको समाजबीच विश्वासको वातावरण सुनिश्चित गरेको हुन्छ ।,’ माथिसले लेखेका छन् ।

नोर्मान्डी वीचमा १९४४ मा अमेरिकी सेना उत्रनुअघि उनीहरुलाई दिइएको निर्देशन स्मरण गर्दै माथिस्ले अहिलेका राष्ट्रपतिको व्यवहार अमेरिकीको प्रजातन्त्रको परम्पराभन्दा पनि डरलाग्दो अमेरिकी शुत्रको व्यवहारसँग मिल्ने उल्लेख गरेका छन् ।


‘हामीलाई ध्वस्त गर्ने नाजीको नारा ‘विभाजन गर र हराऊ’ भन्ने थियो र हामी अमेरिकीहरुको जवाफ ‘एकतामा बल हुन्छ’ भन्ने थियो । हामीले यो संकटबाट उम्कनका लागि त्यही एकता देखाउनैपर्छ । विश्वस्त हुनुपर्छ कि हाम्रो राजनीतिभन्दा हामी उत्कृष्ट छौं ,’ म्याटिस‍्ले लेखेका छन् ।


‘हामीलाई ध्वस्त गर्ने नाजीको नारा ‘विभाजन गर र हराऊ’ भन्ने थियो र हामी अमेरिकीहरुको जवाफ ‘एकतामा बल हुन्छ’ भन्ने थियो । हामीले यो संकटबाट उम्कनका लागि त्यही एकता देखाउनैपर्छ । विश्वस्त हुनुपर्छ कि हाम्रो राजनीतिभन्दा हामी उत्कृष्ट छौं ,’ उनले लेखेका छन् ।

पूर्व रक्षामन्त्री म्याट्सले वर्तमान रक्षामन्त्री इस्परको पनि आलोचना गरेका छन् । यसअघि इस्परले अमेरिकी शहरहरुलाई ‘युद्ध क्षेत्र’ भनेका थिए, तर यसमा उनले माफी मागीसकेका छन् ।

के इस्पर समस्यामा छन् ?

म्याटिस्को सन्देश त्यस्तो असाधारण दिनमा आएको छ, जतिबेला एक पत्रकार सम्मेलन आयोजना गरेर रक्षामन्त्री मार्क इस्परले अन्तिम अवस्थामा मात्रै सैनिक परिचालन गर्नुपर्ने अभिव्यक्ति दिएका छन् ।

https://dailypost.ng

‘हामी अहिले यस्तो अवस्था छैनौं,’ इस्परले रिपोर्टरसँग भने, ‘म इन्सरेक्सन ऐन लागु गर्ने विषयलाई समर्थन गर्दिन ।’ उनको टिप्पणीले ह्वाइट हाउसलाई आक्रोशित बनाएको छ, जहाँ धेरै स्रोतले भनेअनुसार इस्परले ट्रम्पलाई चिढ्याइसकेका छन् ।


‘हामी अहिले यस्तो अवस्था छैनौं,’ इस्परले रिपोर्टरसँग भने, ‘म इन्सरेक्सन ऐन लागु गर्ने विषयलाई समर्थन गर्दिन ।’ उनको टिप्पणीले ह्वाइट हाउसलाई आक्रोशित बनाएको छ, जहाँ धेरै स्रोतले भनेअनुसार इस्परले ट्रम्पलाई चिढ्याइसकेका छन् ।

यदी आफ्नो असहमतिका कारण इस्परले जागिर गुमाउनुपर्‍यो भने उनी पछिल्ला त्यस्तो वरिष्ठ अमेरिकी अधिकारी हुनेछन्, जसले कानूनी नियमअनुसार आफ्नो भूमिका निभाउँदा वा अमेरिकाको राष्ट्रिय स्वार्थलाई ध्यान दिदाँ जागिर गुमाउनुपर्‍यो ।

आफ्नो कार्यालयको संवैधानिक दायरालाई जोखिममा पार्नेगरी निरन्तर शक्ति हातमा लिने गरेपनि ट्रम्प आफुप्रति भने अन्यबाट पूर्ण इमानदारीता र झुकाव खोज्छन् । त्यसैकारण म्याटिस् र पूर्व विदेशमन्त्री रेक्स टिल्लरसनले क्याबिनेट छाडे । र, महान्यायधिवक्ता विलियम बार र विदेशमन्त्री माइक पोम्पेओजस्ता ‘बफादार’ पात्र अझै राष्ट्रपतिको सेवामा छन् ।

फ्लोइडको हत्यापछि जारी आन्दोलनबारे पहिलोपटक सार्वजनिक प्रतिक्रिया दिदैं बुधबार पूर्व राष्ट्रपति कार्टरले ‘मौनता पनि हिंसा जत्तिकै प्राणघातक’ हुनसक्ने बताएका छन् । उनले ‘शक्ति, सम्पन्नता र नैतिक धरातल’मा रहेका अमेरिकीहरुलाई नश्लिय विभेदविरुद्ध लड्न अपिल गरेका छन् । पूर्व राष्ट्रपतिहरु जर्ज डब्लयु बुस र बिल क्लिन्टनले विज्ञप्ति जारी गर्दै देशको नश्लीय दागको स्व–परीक्षामा आबद्ध हुन र नयाँ समाज स्थापनाका लागि प्रतिबद्ध रहन अपिल गरेका छन् ।

यता ट्रम्पले फ्लोइडको हत्यापछि देशभर भइरहेको प्रदर्शनलाई बुधबार पनि अतिवादीको उदयका रुपमा चित्रित गरे, उनले आफ्नो कडा ‘कानून र नियम’ को निर्वाचन थिमबारे जोड दिए ।  

उनले मिडिया कभरेजबारे ट्वीट गरेका छन्, ‘यदी मानिसले मिडिया कभरेज हेरे भने उनीहरुलाई लाग्नेछ कि हत्यारा, आतंकवादी विभाजनकारी, ठग्स्, अपराधी, लुटेरा र अन्य व्यक्ति सबैभन्दा राम्रो, दयालु र समग्र विश्वकै अति उत्कृष्ट हुन् । होइन, तिनीहरु त्यही हुन्, जो उनीहरु हुन् – हाम्रो देशका लागि धेरै खराब ।’

तर यस दिनको सबैभन्दा महत्वपूर्ण विज्ञप्ती पूर्व जनरलबाट आयो,  जोसँग वासिङटनका अन्य कुलिनभन्दा आफ्नो कमाण्डका सैनिकमार्फत ट्रम्पलाई दबाउनसक्ने क्षमता हुनसक्छ ।

सीएनएनमा प्रकाशित रिपाेर्टकाे नेपालीमा अन्वेषण अधिकारीकाे अनुवाद

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप