शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गुल्मीका जनप्रतिनिधिसहित सबैको रिपोर्ट नेगटिभ

शनिबार, २४ जेठ २०७७, १७ : ०४
शनिबार, २४ जेठ २०७७

गुल्मी । गुल्मीमा पहिलो स्वाब परीक्षणबाट कोरोनो संक्रमित पुष्टि भएका एकजना जनप्रतिनिधिमा दोश्रोपटक स्वाब परीक्षण गराउँदा नतिजा नेगटिभ आएको छ । आईसोलेशनमा रहेका ती जनप्रतिनिधिले पछिल्लो रिपोर्ट नेगेटिभ आएको हो । नतिजा नेगेटिभ आएलगत्तै उनले खुसी व्यक्त गरे ।

ती जनप्रतिनिधि र  जेठ १८  गते स्वाब परीक्षणका लागि पठाइएका १ सय ५२ जना सबैको  रिपोर्ट नेगटिभ आएको स्वास्थ्य कार्यालय प्रमुख डाक्टर भवानीप्रसाद शर्माले जानकारी दिए ।  सदरमुकाम तम्घासबाट ६१ जना र रिडीबाट ९१ जनाको स्वाब परीक्षणका लागि प्रदेश प्रयोगशालामा पठाइएको थियो ।

उनीहरु राजनैतिक दलका नेता, पालिका प्रमुख, उपप्रमुख, पत्रकार  र सवारी चालक समेत थिए ।  पछिल्लो रिपोर्टले यहाँका सबै सञ्चारकर्मीहरु पनि कोरोनाबाट सुरक्षित छन भन्ने देखाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप