शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आइतबारको मौसम पूर्वानुमान

आइतबार, २५ जेठ २०७७, ०७ : ४९
आइतबार, २५ जेठ २०७७

मौसम पूर्वानुमान महाशाखाले आइतबारको मौसम पूर्वानुमान जारी गरेको छ । 

महाशाखाका अनुसार आइतबार नेपालमा स्थानीय वायु, पश्चिमी  वायु र भारतको पूर्वी उत्तर प्रदेश तथा विहारमा रहेको निम्न चापिय प्रणालीको  प्रभाव  रहेको छ ।

यसैगरी, हाल देशको प्रदेश ५, कर्णाली प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश तथा प्रदेश १ र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा सामान्य बदली रहेको छ भने प्रदेश २ तथा  प्रदेश १ र सुदुर पश्चिम प्रदेशको तराई भूभागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।

साथै गण्डकी प्रदेश, प्रदेश ५ र बागमती प्रदेशका  एक वा दुई स्थानमा हल्का बर्षा भइरहेको छ।

महाशाखाले जारी गरेको पूर्वानुमानमा आइतबार दिउँसो देशका धरैजसो स्थानमा सामान्य बदली  रहनेछ। प्रदेश १, बागमती ,गण्डकी प्रदेश तथा प्रदेश ५ का थोरै स्थानहरुमा र कर्णाली, सुदूरपश्चिम प्रदेश र प्रदेश २ का  एक वा दुई स्थानमा मेघगर्जन,चट्याङसहित वर्षाको सम्भावना रहेको छ। 

त्यस्तै, राति  वागमती प्रदेश र प्रदेश १ मा सामान्य बदली रहनेछ बाँकी प्रदेशमा आंशिक बदली रहनेछ  । प्रदेश १, र बागमती प्रदेशका थोरै स्थानहरुमा तथा गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुइ स्थानमा मेघगर्जन, चट्याङ सहित वर्षाको सम्भावना रहेको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप