शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

के दाउद इब्राहिमको कोरोनाका कारण मृत्यु भयो ? एकदिन अघि मात्रै भाइले भनेका थिए, ‘दाइ संक्रमित छैनन्’

आइतबार, २५ जेठ २०७७, ०८ : ३८
आइतबार, २५ जेठ २०७७

भारतका मोस्ट वान्टेड र अन्डरवर्ल्ड डन भनिने दाउद इब्राहिमको मृत्यु भएको अड्कलबाजी चल्ने क्रम जारी छ । वास्तवमा शुक्रबार भारतका केही मिडियाले आफ्नो रिपोर्टमा दाउद र उनकी श्रीमती कोरोना संक्रमित भएको र कराँचीको सैनिक अस्पतालमा उपचार गराइरहेको जानकारी दिएका थिए । दुबैको स्थिती गम्भीर बताइएको थियो । त्यसपछि शनिबार उनको मृत्युको खबर सार्वजनिक हुन थाल्यो । अहिलेसम्म यसको पुष्टि हुन सकेको छैन ।

शुक्रबारमात्रै दाउदका भाइ अनिसले दाउद संक्रमित नभएको स्पष्टिकरण दिएका थिए । अनिसले भनेका थिए, ‘डी कम्पनी (दाउदको नेटवर्कलाई यसै नामले चिनिन्छ) दुबई र पाकिस्तानमा व्यापार गरिरहेको छ ।’

वास्तविकताको प्रतिक्षाः

शुक्रबार राती इन्टेलिजेन्स एजेन्सीलाई उद्धृत गरिएको रिपोर्टमा कराँचीको क्लिफ्टन इलाकामा बस्ने दाउद र उनकी श्रीमतीमा कोरोना संक्रमण देखिएको बताइएको थियो । यी दुईको कराँचीको सैनिक अस्पतालमा उपचार चलिरहेको र स्थिती गम्भीर भएको बताइएको थियो । रिपोर्ट अनुसार पाकिस्तान आर्मीको इन्टेलिजेन्स युनिट र आइएसआईले उनीमाथि निगरानी गरिरहेको छ ।


पुनः अनिसको खण्डनः

दाउदको स्वास्थ्यबारे चलिरहेको अड्कलका बीच भारतीय सञ्चार माध्यमले अनिससँग कुराकानी गरेका छन् । अनिसले दाउद वा उनका परिवारका कुनै पनि सदस्य संक्रमित भएको खबर खारेज गरिदिएका छन् । अनिस कहाँ छन्, त्यो स्पष्ट छैन । अनिसले भने, भाइ र शकिल (दाउदका दाया हात छोटा शकिल) को स्थिती राम्रो छ । कसैलाई पनि कोरोना संक्रमण भएको छैन । परिवारका कोही पनि सदस्य अस्पतालमा छैनन् ।’

के भन्छन् त ?

अनिसका अनुसार डी कम्पनीले पाकिस्तान र दुबईमा व्यापार गरिरहेको छ । अनिसलाई जब युएईको लग्जरी होटल र पाकिस्तानमा ठूला प्रोजेक्टबारे प्रश्न सोधियो तब उनले भने, ‘यातायातको व्यवसाय पनि चलाइरहेका छन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप