एकैपटक २५ वटा विद्यालयमा पढाएर १ करोड तलब लिने यी शिक्षिका
उत्तर प्रदेशको प्राथमिक शिक्षा विभागमा कथित रुपमा २५ वटा विद्यालयमा एकैसाथ पढाउने शिक्षिका अनामिका शुक्लालाई कासगंज इलाकाबाट शनिबार पक्राउ गरिएको छ ।
अनामिका शुक्लालाई प्राथमिक शिक्षा विभागले नोटिस पठाएका थिए तर नोटिसको जवाफ दिनुको साटो उनी राजीनामा दिन पुगेकी थिइन् जहाँबाट उनलाई नाटकीय ढङ्गमा पक्राउ गरिएको थियो ।
प्रहरीका अनुसार प्राथमिक शिक्षा अधिकारीको तर्फबाट मुद्दा दर्ता गरेर शिक्षिका अनामिका शुक्लालाई पक्राउ गरिएको हो । उनीसँग सोधपुछ चलिरहेको छ ।
कासगंजकी प्राथमिक शिक्षा अधिकारी अञ्जली अग्रवालले बीबीसीलाई भनिन्, ‘यसबारे जानकारी आएपछि हामीले अनामिका शुक्ला नामकी यी शिक्षिकालाई नोटिस पठाएका थियौं । शनिबार उनले एक व्यक्तिमार्फत् आफ्नो राजीनामा पठाइन् । सोधपुछ गर्दा थाहा भयो कि उनी आफैंपनि हाम्रो कार्यालय बाहिर आएकी छिन् । यसबारे हामीले प्रहरीललाई सोधपुछ गर्यौं र प्रहरीले उनलाई पक्राउ गरेको हो ।’
गिरफ्तार भएपछि शिक्षिकाले त्यहाँ उपस्थित पत्रकारसँग आफ्नो नाम अनामिका सिंह बताइन् र पछि प्रहरीलाई भने अर्कै नाम बताइन् ।
अनामिका शुक्लाले धोकापूर्ण तरिकाले यत्तिका विद्यालयमा एकैपटक काम गरेर एक वर्षमा एक करोड बढी तलब लिएको आरोप छ ।
पक्राउ परेकी अनामिका शुक्ला कासगंज जिल्लाको कस्तूरबा विद्यालय फरिदपुरमा विज्ञानकी शिक्षिकाको रुपमा करिब डेढ वर्ष कार्यरत छिन् ।
शुक्रबार प्राथमिक शिक्षा अधिकारी अञ्जली अग्रवालले उनको तलबमा रोक लगाउँदै नोटिस जारी गरेकी थिइन् । कस्तुरबा विद्यालयमा शिक्षकको नियुक्ति सम्झौताको आधारमा हुन्छ र हरेक महिना उनीहरुले ३० हजार भारु तलब पाउँछन् ।
उनको यस्तो व्यवहार त्यतिबेला सार्वजनिक भयो जब प्राथमिक शिक्षा विभागले शिक्षकको डेटाबेस तयार गर्न सुरु गरे । यतिबो विभागले अनामिका शुक्लाको नाम २५ वटा विद्यालयको सूचीमा पाए ।
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आत्मकथा किताब बेचेर कारखाना सञ्चालन गर्दै महावीर पुन
-
डुङ्गाभित्र नब्बे किलो सिक्का !
-
म्याग्दीमा मगरात सभ्यताको अध्ययन अनुसन्धान गरिने
-
उपनिर्वाचनमा पैसा बाँड्नेलाई कारबाही हुन्छ : गृहमन्त्री लामिछाने
-
कम्युनिस्ट पार्टीमा आलोचनात्मक विचारलाई रोक लगाइयो : राम कार्की
-
सत्ताका लागि जे पनि गर्ने प्रवृत्तिले कम्युनिस्टप्रतिको विश्वास घट्यो : रावल