एमसीसीबारे छलफल गर्न नेकपाले बोलायो सचिवालय बैठक
आइतबार, २५ जेठ २०७७, १४ : १५
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले एमसीसीबारे छलफल गर्न सचिवालय बैठक बोलाएको छ । बैठक सोमबार बस्ने गरी बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा ४ बजे बैठक बस्नेछ ।
यसअघिको अघिल्लो शनिबार बसेको सचिवालय बैठकले अर्को बैठकमा पार्टीद्धारा गठित कार्यदलको प्रतिवेदनसहित एमसीसीबारे विस्तृत छलफल हुने नेताहरुले बताएका थिए । नेकपामा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे विवाद छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै