शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बिसन्चो छ गाउँ

सोमबार, २६ जेठ २०७७, ०२ : ०८
सोमबार, २६ जेठ २०७७

 

मेरो
सानो गाउँ
शान्त सुन्दर स्वच्छ
मेरो प्यारो गाउँ
आजभोलि बिसन्चो छ
यही ठाउँमा
सुन फलाऊने
रामे,चामेहरू
आज भोलि
नुनको जोगाड़मा
शहरतिर छन्
जान , छोरा-छोरी
नुनको त्वरन पाउने
आशामा छन्
गाउँको स्वच्छता,
शान्ति र सुन्दरता
रामे र चामेहरूसँगै
शहरतिरै लाग्यो क्या हो!
आजभोलि
मेरो प्यारो गाउँ बिसन्चो छ
गाउँको आङ्गमा
बिहानीको सुनौलो घाम
सधैंझैँ लागेको नै छैन
गाउँको न्यानो काखमा
बसन्तको त्यो रङ्ग-विरङ्ग
फूलहरू पनि फुल्न
सकिरहेको छैन
रामे र चामेसँगै
गाउँको लक्षिण पनि
आज भोलि हराएको छ
न त चैतको बतास चल्छ
न त बर्खाको झरी नै हुन्छ
फगत् बिसन्चो छ गाउँ ।

निमा तामाङ्ग
देवराली बस्ती डुप्टिन मिरिक, भारत ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा