शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोरोना महामारीमा एनसीएचएलको झन्डै ३ करोडको सहयोग

मङ्गलबार, २७ जेठ २०७७, १८ : ०४
मङ्गलबार, २७ जेठ २०७७

काठमाडौं— नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल)ले हालको महामारीको स्थितिमा नेपाल सरकार, बैंकिङ्ग क्षेत्र र सर्वसाधारणलाई सहयोग गर्ने हेतुले २ करोड ९१ लाख २० हजार भन्दा बढि सहयोग गरेको छ । 

एनसीएचएलले सम्पूर्ण भुक्तानी सेवाहरुमा लाग्ने कारोबार शुल्क मिनाहा गरेर आफ्नो प्लेटफर्ममार्फत क्राउड फन्डिङ्ग गरी र कोरोना नियन्त्रण तथा उपचार कोषमा प्रत्यक्ष अनुदान गरी सहयोग पु¥याएको छ ।

कोभिड—१९ को वर्तमान अवस्थामा डिजिटल भुक्तानीलाई पश्रय दिने उद्देश्यका साथ एनसीएचएलले एनसीएचएल–इसीसी, एसीएचएल–आइपीएस, कनेक्ट आइपीएस, एनपीआई र कनेक्ट आरटीजीएस सेवाहरु प्रवाह गर्दै आएकोमा लकडाउन शुरु भएदेखि नै यी सम्पूर्ण भुक्तानीे सेवाहरुमा लाग्ने कारोबार शुल्कहरु मिनाहा गर्दै आइरहेको छ । 

यसरी कारोबार शुल्क मिनाहाबाट एनसीएचएलले २३ करोड ४ लाख ९ हजार २ सय ४३ रुपैयाँ भन्दा बढिको प्रत्यक्ष योगदान गरेको छ । कनेक्ट आइपीएस प्रणालीमा ‘डोनेट फर कज’का रुपमा समावेश गरी सोबाट हालसम्म नेपाल सरकारको कोरोनाभाइरस नियन्त्रण र उपचार कोषका लागि रु ४० लाख १९ हजार ४ सय ४८ रुपैयाँ संकलन गर्न सहयोग गरेको छ ।

यसका साथै एनसीएचएलले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सरकारको कारोना उपचार कोषमा रु १७लाख सहयोग गरेको छ, जसमध्ये १० लाख केन्द्रिय सरकारको कोरोना उपचार कोषमा र सातै प्रदेशको कोषमा १—१लाख सहयोग प्रदान गरेको छ ।

सर्वसाधारण र व्यवसायहरु वर्तमान महमारीको स्थितिबाट निकै प्रभावित छन् र यस्तो अवस्थामा कारोबार शुल्क मात्र आम्दानीको मुख्य श्रोत भएता पनि एनसीएचएलले लकडाउन भएदेखि नै डिजिटल भुक्तानीका लागि अनुकूल वातावरण प्रदान गर्दै बैंकिङ्ख क्षेत्र र सर्वसाधारणलाई थप सहयोग गर्न यसरी कारोबार शुल्क मिनाहा गर्र्ने निर्णय लिएको हो र एनसीएचएल महामारी विरुद्धको लडाईमा सम्भव भएजति सबै तरिकाले थप सहयोग पुर्याउन प्रतिबद्ध रहेको छ ।

एनसीएचएल नेपालमा राष्ट्रिय भुक्तानी प्रणालीहरु लागू र संचालन गर्न नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तिय संस्था र स्मार्ट च्वाइर्स टेक्नोलोजी लिमिटेडद्वारा प्रवद्र्धित कम्पनी हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप