शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोभिड–१९ विरुद्ध नबिल बैंकका संचालक तथा कर्मचारीहरुको पनि योगदान

मङ्गलबार, २७ जेठ २०७७, १८ : ३०
मङ्गलबार, २७ जेठ २०७७

काठमाडौं– कोभिड–१९ को रोकथाम र उपचारको लागि नबिल बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत निरन्तर गरिरहेको सहयोगको अतिरिक्त बंैकका संचालक तथा कर्मचारीहरुले नेपाल सरकारको कोराना भाइरस नियन्त्रण तथा उपचार राहत कोषमा २६ लाख २८ हजार ८ सय ६७ रुपैणँ १५ पैसा योगदान गरेका छन । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आज भएको एक कार्यक्रममा बंैकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले मन्त्री भानु भक्त ढकाललाई उक्त रकमको चेक हस्तान्तरण गरे । उक्त कार्यक्रममा बैंकका अध्यक्ष शम्भु प्रसाद पौड्याल, संचालक उपेन्द्र प्रसाद पौड्याल र मानव संशाधन प्रमुख रोशन कोइरालाको उपस्थिती थियो ।

कोरानाभाइरस महामारीविरुद्धको लडाइमा व्यक्तिगत तवरले पनि राष्ट्रलाई सहयोग गर्नुपर्छ भन्ने मनशायले बैंंकका संचालक तथा कर्मचारीहरुले कोरानाभाइरस नियन्त्रण तथा उपचार राहत कोषमा योगदान गरेको शाहले उल्लेख गरेका छन् ।

बैंकका अध्यक्ष शम्भु प्रसाद पौड्यालले नबिल बंैकले स्वास्थ्य क्षेत्रमा कुनै पनि महामारीविरुद्ध लड्न निरन्तर सहयोग गर्ने धारण व्यक्त गरे । साथै, उनले यस्तो योगदान रकमको सदुपयोग हुने विश्वास ब्यक्त गर्दै सहयोग गर्ने संचालक समिति सदस्य र बैंकका कर्मचारीहरुलाई धन्यवाद समेत व्यक्त गरे ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत केन्द्रिय तथा प्रादेशिक सरकारहरुलाई महामारी विरुद्धको लडाइमा निरन्तर सहयोग जारी राख्ने जानकारी समेत गराएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप