शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

दूतावासले गर्‍यो समाचारको खण्डन, युएईबाट नेपाल फर्कनेको संख्या १७ हजार ३ सय ७५

मङ्गलबार, २७ जेठ २०७७, २३ : २६
मङ्गलबार, २७ जेठ २०७७

युएई । यूएईमा अलपत्र परेका नागरिकहरुलाई उद्धार गरेर ल्याउने नेपालीको सङ्ख्या जम्मा ४ सय १० मात्र  नभएको नेपाली दूतावास युएईले जनाएको छ। यसअघि बिभिन्न सञ्चारमाध्यमबाट पहिलो चरणमा ४ सय १० जनालाई नेपाल फर्काउने भन्ने समाचार गलत रहेको प्रस्ट पार्दैै दूतावासले ती समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको समेत जनाएको छ।  यूएईबाट स्वदेश फर्काउनुपर्ने नेपालीको सङ्ख्या १७ हजार ३ सय ७५ रहेको दूतावासले जनाएको छ। 

दूतावास श्रोतकाअनुसार उक्त संख्या बढेर हाल २७ हजारको हाराहारी पुगेको छ । दूतावासले पहिलो दुई उडानका लागि  गरिएको सूची तय भएको समेत जनाएको छ।  सोमबार परराष्ट्र मन्त्रालयले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)लाई उपलब्ध गराएको सूचीमा यूएईबाट उद्धार गर्नुपर्ने नेपालीको सङ्ख्या ४ सय १० जना उल्लेख गरिएको थियो ।  तर यो सङ्ख्या दुई उडानका लागि तय भएको सूची भएपनि विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्चालमा यूएईबाट उद्धार गरिने नेपालीको सङ्ख्याबारे टिकाटिप्पणी भएपछि दूतावासले स्पष्ट पारेको हो ।

दूतावासले यूएईमा समस्यामा पर्ने नेपालीको अनलाइन माध्यमबाट विवरण सङ्कलन गरिरहेको छ। यो क्रम अहिले पनि जारी रहेकाले फर्कन सक्ने नेपालीको सङ्ख्या बढ्न सक्ने दूतावासको अनुमान छ। गत ५ तारिकमा (शुक्रबार) १६८ नेपाली र एक शव नेपाल ल्याइएको छ। बुधबार यूएईबाट उडान हुने भनिएपनि अन्तिममा सीसीएमसीले प्राविधिक कुरा नमिलेको भन्दै यूएईबाट हुने उडान रद्द गरेको छ । पहिलो चरणमा  खाडी मुलुकसहित ३० देशका २४ हजार १४८ नेपलीको उद्धार गर्नुपर्ने विवरण विभिन्न देशमा रहेका नेपाली दूतावासले परराष्ट्र मन्त्रालयलाई उपलब्ध गराएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बिनोद श्रेष्ठ
बिनोद श्रेष्ठ
लेखकबाट थप