बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

राखी सावन्त मात्रै होइन मिका सिंहले बिपाशा बसुलाई पनि चुम्बनका कारण रिस उठाइसकेका छन्

बुधबार, २८ जेठ २०७७, १३ : ५६
बुधबार, २८ जेठ २०७७

भारतीय गायक मिका सिंहले बलिउडलाई थुप्रै सुपरहिट गीत दिइसकेका छन् । उनी चर्चित गायक दलेर मेहेन्दीका भाइ हुन् तर आफ्नो पहिचान स्थापित गर्नका लागि उनले अत्यधिक मिहिनेत गर्नुपर्यो । उनको नाम थुप्रै पटक विवादसँग पनि जोडिइसकेको छ ।

 २१ वर्षको उमेरमा आएको थियो एल्बमः

मिका सिंहको वास्तविक नाम अमरिक सिंह हो । घरको माहौल साङ्गीतिक भएका कारण उनको रुझान यसैतर्फ ढल्कियो । २१ वर्षमा उनको पहिलो एल्बम ‘सावन मे लग गइ आग’ लञ्च भएको थियो ।

थुप्रै विवादसँग जोडियो नामः

मिका सिंहले हिन्दी फिल्मका लागि थुप्रै शानदार गीत गाएका छन् । यद्यपि, उनको नाम थुप्रै विवादसँग पनि जोडियो । यीमध्ये राखी सावन्तसँग जोडिएका किस्सा निकै चर्चित रह्यो ।

राखीलाई चुम्बनः

वास्तवमा सन् २००६ मा मिका सिंहको जन्मदिनमा राखी सावन्त पनि पुगेकी थिइन् । त्यहाँ मिकाले उनलाई चुम्बन गरेका थिए । राखीले मिकामाथि जबर्स्ती चुम्बन गरेको आरोप लगाएकी थिइन् र अत्यधिक भड्किएकी थिइन् ।

चुम्बन गर्नुको कारण बताएः

यद्यपि, यो घटनाको थुप्रै वर्षपछि मिकाले एक अन्तर्वार्ताको क्रममा उनले राखीलाई चुम्बन गर्नुको कारणबारे पनि जानकारी दिएका थिए ।

नबोलाइकनै आएकी थिइन् राखीः

मिकाका अनुसार सङ्गीत निर्देशक अशिष शेरवुडसँग राखी नबोलाइकनै उनको पार्टीमा उपस्थित भएकी थिइन् । मिकाले बताए अनुसार राखी ओभर फ्रेन्डली भइरहेकी थिइन् । राखीले अनुहारमा केक लगाउने कोसिस गरिन् । आफूले अस्विकार गर्दासमेत उनले नमानेको मिकाले बताए ।

पाठ पढाउन चाहन्थेः

मिकाका अनुसार राखीलाई पाठ पढाउनका लागि उनलाई सबैको अगाडि चुम्बन गरेका थिए ।

बिपाशालाई पनि रिस उठाएका थिएः

मिका अर्को एउटा चुम्बनका कारण विवादमा तानिकाए थिए । घटना कपिल शर्मा शोको थियो । कार्यक्रमपछि मिकाले बिपाशासँग एउटा तस्बिर सेयर गर्दै उनलाई बिपाशाले चुम्बन गरेको दाबी गरे । यद्यपि, बिपाशालाई मिकाको कुराले रिस उठ्यो । बिपाशाले मिकालाई आफूले नभई कार्यक्रमकी दादी (अली असगर) ले चुम्बन गरेको स्पष्ट पारिन् ।

चर्चित छन् मिकाका गीतः

यी विवादलाई किनारा लगाउने हो भने मिका सिंह बलिउड प्रशंसकका निकै प्रिय गायक हुन् । उनले गाएको ‘मौजा ही मौजा’ देखि ‘आंख मारे’ सम्म उनका गीत निकै चर्चित छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप