बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

‘सरकारले विदेशमा रहेका श्रमिकको उद्धार गर्न लागेको कि व्यापार ?’

रोजगारी गुमाएका श्रमिक थप समस्यामा
बिहीबार, २९ जेठ २०७७, ११ : १५
बिहीबार, २९ जेठ २०७७

मलेसिया । कोरोना महामारीका कारण मलेसियामा समस्यामा परेका नेपाली नागरिकको उद्दारका लागि नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सको २–२ वटा चार्टर उडान तालिका तय गरिएको छ । क्वाललम्पुरस्थित नेपाली दूतावासका अनुसार आगामी जुन १५, १८, २० र २१ तारिखका लागि उडान तालिका तय भएको हो ।  

दूतावासले नेपाल फर्किन चाहनेहरुले भरेको फारमअनुसार प्राथमिकताका आधारमा नेपाल फर्किन पाउनेको सूची सार्वजनिक गर्ने जनाएको छ ।  दूतावासले सूची सार्वजनिक गरेपछि एयरलाइन्स कम्पनीहरुलाई सम्पर्क गरी टिकट खरिद गर्नुपर्नेछ । 
मलेसियादेखि नेपालसम्मको चार्टर उडानको टिकट दर अमेरिकी डलर ५२० अर्थात ६२ हजार ५०० रुपैयाँ बराबर तय गरिएको छ । यस्तै हवाइ यात्राका लागि कोरोना परीक्षण रिपोर्ट नेगेटिभ भएको प्रमाणपत्र अनिवार्य गरिएको छ भने नेपालमा हुने होटल क्वारेन्टिनको खर्च पनि आफै बेहोर्नुपर्नेछ । यस्तै यातायात खर्च पनि यात्रु स्वयम्ले बेहोर्नुपर्नेछ । 

समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने भनिएपनि पीडितले चर्को शुल्क तिर्नुपर्ने देखिएको छ । 


नेपाल सरकारको  कुटनैतिक पहलमा नेपाल फर्कनको लागि नेपालीले टिकट बापत ६२ हजार ५०० रुपैयाँ,  कोरोना  टेस्ट बापत १० हजार  र नेपाल सरकारले क्वारेन्टाइनको लागि तोकेको साधारण होटलका लागि पनि  ४५ हजार (करिब ३ हजारका दरले १५ दिनको) जति खर्च गर्नुपर्ने देखिएको हो । 

गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाका अध्यक्ष  हरि भट्टराईले मलेसियामा समस्यामा परेका नेपालीलाई यो व्यवस्थाले थप समस्या भएको बताए ।

 सरकारले अलपत्र श्रमिकहरुलाई उद्धार गरेको हो या व्यापार गरेको हो भन्नेखालका चौतर्फी गुनासो आएको भन्दै यो व्यवस्थाले  रोजगार  गुमाएका श्रमिकहरु, बिमारीहरु  कसरी नेपाल फर्किनु सक्छन् भन्ने सवाल खडा हुने बताए । यस्तै समस्या अन्य देशमा कार्यरत श्रमिकहरुकाे सवालमा समेत लागू हुने देखिएकाे छ । 
उनले भने, उनले भने, ‘सरकारको योजना अनुसार एक श्रमिक बराबर कम्तीमा पनि १ लाख १७ हजार खर्च गर्नसक्ने मात्रै नेपाल फर्कन सक्ने देखियो ।  यसमा एनआरएनए मलेसियाको गम्भीर ध्यानाकर्षण भएको छ । सरकारी निर्णयले नेपाल सरकारले मलेसियामा रहेका नेपालीलाई उद्दार गरेको हो वा व्यापार गरेको भन्ने प्रश्न खडा भएको छ ।’

उनले एनआरएनए मलेसियाले अलपत्र श्रमिकलाई खना खुवाउने तथा आवश्यक सहयोग गर्ने कार्यलाई निरन्तरता दिइरहेको पनि बताए । 

दूतावासकाे सूचना

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप