शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भक्तपुरमा रोचक नारा : सरकार र हजमोला एउटै जे आउँछ मज्जाले पचाउँछ !

शुक्रबार, ३० जेठ २०७७, ११ : ५३
शुक्रबार, ३० जेठ २०७७

काठमाडौँ । कोरोनाभाइरस नियन्त्रण र लकडाउनमा सरकारले चालेको उदासिन कदमलाई लिएर जनमानसमा आक्रोश बढ्दो छ । साढे दुई महिनासम्म सरकारले लागू गरेको लकडाउनलाई जनताले सहेर माने पनि यस अवधिमा कोरोनाभाइरस परीक्षणको दायरा बढाउन नसकेको र लकडाउनमा गरिब वर्गलाई राहत दिन नसकेको भन्दै केही दिन यता सर्वसाधारण स्वतःस्फूर्त रुपमा सडकमा शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका छन् ।

शान्तिपूर्ण प्रदर्शनमाथि प्रहरी प्रशासन दमनमा उत्रिए पनि केही दिन यता हरेक दिन देशका विभिन्न भागमा प्रदर्शनहरु भइरहेका छन् । गृहमन्त्रालयले प्रदर्शनमा उत्रिनेलाई कारवाही नै गर्ने चेतावनी दिँदा समेत शुक्रबार पनि शान्तिपूर्ण प्रदर्शनहरु देशभर भइरहेका छन् ।

यही क्रममा भक्तपुरमा पनि प्रदर्शन भएको छ । हेरौँ केही तस्विरहरुः 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप