शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णालीमा स्वास्थ्य जनशक्ति न्यून

शनिबार, ३१ जेठ २०७७, १२ : ४२
शनिबार, ३१ जेठ २०७७

सुर्खेत । कोरोना सङ्क्रमित बढिरहेका बेला कर्णाली प्रदेशमा स्वास्थ्य जनशक्तिको अभाव देखिएको छ । दरबन्दीअनुसार स्वास्थ्यकर्मी नहुँदा महामारीका रूपमा फैलिरहेको कोरोना भाइरसको उपचार तथा नियन्त्रणमा समस्या देखिएको हो ।

प्रदेशमा हाल ५० विशेषज्ञ चिकित्सक रहेकामध्ये प्रदेश मातहतमा ३३ जना मात्र छन् । प्रदेश मातहतका २५ लाई प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले चालू आर्थिक वर्षमै करारमा नियुक्त गरेको हो । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार यहाँ ५९ विशेषज्ञ चिकित्सकमध्ये ५१ जनाको दरबन्दी रिक्त छ । 

प्रदेश स्वास्थ्य निर्देशक डा.रीता भण्डारी जोशीले चिकित्सकसहितका स्वास्थ्यकर्मीको अभावले कोरोना सङ्क्रमितको उपचारमा चुनौती थपिएको बताइन् । ‘सङ्क्रमित दिन प्रतिदिन बढिरहेकाले स्थानीयस्तरमै आइसोलेशन कक्ष स्थापना गरी उपचार गर्नुपर्ने अवस्था छ’, उनले भनिन्, ‘स्थानीय तहमा पाँचाँै र छैटौँ तहका स्वास्थ्यकर्मी मात्रै हुनुहुन्छ, अधिकांश स्थानीय तहमा अनमी, अहेब र एचए खटिनुपरेको छ ।’ कर्णालीमा सङ्क्रमितको सङ्ख्या ८४६ पुगिसकेको छ भने कोरोना सङ्क्रमणबाट तीन जनाको मृत्यु भइसकेको छ ।

कर्णालीमा २५ अस्पताल, १४ प्राथमिक स्वास्थ्य केन्द्र र ३३३ स्वास्थ्यचौकी छन् । जिल्ला अस्पतालमा तीन विशेषज्ञ चिकित्सकको दरबन्दी छ । अधिकांश करारमा नियुक्त गरिएका एक–एक विशेषज्ञ चिकित्सकबाट सेवा सञ्चालन गरिएको छ भने मेडिकल अधिकृत, नर्सिङ स्टाफको सङ्ख्या पनि न्यून छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप