शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एनआरएनए माल्टाका सम्पूर्ण पदाधिकारीहरु बर्खास्त

आइतबार, ३२ जेठ २०७७, ०७ : ३२
आइतबार, ३२ जेठ २०७७

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) माल्टाका सम्पूर्ण पदाधिकारीहरु बर्खास्त भएका छन् । माल्टामा श्रमिकहरु ल्याउन त्यहाँस्थित एनआरएनएका पदाधिकारीहरुले नै बिचौलियाको भूमिका निर्वाह गरेको भन्ने आरोप लागेपछि एनआरएनए केन्द्रद्वारा गत मे ९ मा पाँच सदस्यीय विशेष समितिको गठन गरिएको थियो ।

छानबिन समितिलाई  काम गर्न सहज होस् भन्ने उद्देश्यले नैतिकताको आधारमा १९ सदस्यीय कार्यसमितिले संयुक्त रुपमा राजीनामा दिएका थिए ।  गैरआवासीय नेपाली संघ युरोप संयोजक नारायण आचार्यको संयोजकत्वमा गठित विशेष समितिले गत हप्ता २० पेज लामो प्रतिवेदन तथा भिडियो अन्तर्वार्ता पेश गरेको थियो ।

सोहि प्रतिवेदनका आधारमा अध्यक्षसहित सम्पूर्ण कार्यसमितिलाई शनिबार बसेको संघको पदाधिकारीको बैठकले कारवाही स्वरूप उनीहरुको राजीनामा स्वीकृत गरेको गैरआवासीय नेपाली संघ युरोप संयोजक नारायण आचार्यले जानकारी दिएका छन् । उक्त छानबिन समितिमा संयोजक आचार्यसहित उपसंयोजकहरू मुक्त बहादुर गुरुङ, कृष्ण तिमिल्सिना, शुक्रराज न्यौपाने र आईसीसी सदस्य रामशरण सिंखडा रहेका थिए ।

एनआरएनए माल्टाका पदाधिकारीहरुले श्रमिकहरुलाई ल्याएको स्वीकार गरेपनि व्यावसायिक रुपमा नल्याइ आफन्तहरुलाई ल्याएको स्वीकारोक्ति प्रतिवेदनमा उल्लेख  थियो । प्रतिवेदनका आधारमा संघले चालेको कदक स्वागतयोग्य रहेको छानबिन समितिमा संलग्न आईसीसी सदस्य रामशरण सिम्खडाले जानकारी दिए । केहि पदाधिकारी निश्कलंकित र स्वच्छ छबि भएको हुँदा  दोषीलाई तत्काल कारवाही गर्न र निर्दोषलाई सफाइ दिन पनि सिम्खडाले आग्रह गरेका छन् ।

छानबिन समितिका सदस्य एवं युरोप उपसंयोजक कृष्ण तिमल्सेनाले पनि आफूहरुले निकै मिहिनेतकासाथ् प्रतिवेदन बुझाएको र केन्द्रको निर्णयलाई सकारात्मक रहेको बताएका छन् । सम्पूर्ण कार्यसमिति नै कारवाहीमा परेको  गैर आवासीय नेपाली संघको इतिहासमै सम्भवतः यो नै पहिलो घटना हुन सक्छ ।              

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्र बस्नेत
नरेन्द्र बस्नेत
लेखकबाट थप