शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

आज नेकपा सचिवालय बैठक बस्दै

आइतबार, ३२ जेठ २०७७, १० : ०९
आइतबार, ३२ जेठ २०७७

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज चार बजे बस्ने भएको छ । 

अमेरिकी अनुदान सहायता प्रस्ताव एमसीसीबारे छलफल गर्न सचिवालय बैठक बोलाइएको बताइएको छ ।

बैठकमा नेता भीम रावल, मन्त्रीहरु युवराज खतिवडा र प्रदीप ज्ञवालीलाई पनि सहभागी गराइने नेकपाका एक नेताले जानकारी दिएका छन् । 

यस अघि जेठ २७ बोलाइएको बैठक स्थगित गरिएको थियो ।

एमसीसीलाई लिएर विवाद बढेपछि गत जेठ १७ गते पनि नेकपा सचिवालय बैठक बसेको थियो । तर यस विषयलाई नेकपाले कुनै निर्णय गर्न सकेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप