शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

८५ प्रतिशत जल्दासमेत बाँच्न सफल क्यारलको फोटो अन्तरिक्ष प्रदर्शनीमा राखिने, २ सय फोटोलाई अनन्त यात्रामा पठाइने

आइतबार, ३२ जेठ २०७७, १२ : ३५
आइतबार, ३२ जेठ २०७७

उनी हुन् अष्ट्रेलियामा बस्ने ५३ वर्षकी क्यारल मेयर । पहिलो नजरमा यी फोटो हेर्दा तपाईं एक पलका लागि विचलित हुन सक्नुहुन्छ तर तपाईंले यी फोटो यसकारण पनि ध्यान पूर्वक हेर्नुपर्छ किनभने सेप्टेम्बरमा यी फोटोको प्रदर्शनी अंतरिक्षमा हुनेछ । यी तस्बिर पोट्रेट अफ ह्युम्यानिटी २०२० प्रतिस्पर्धाका लागि छानिएका छन् । यसको उद्देश्य पूर्ण ब्रह्माण्डमा मानव जातीको तर्फबाट शान्ति र एकताको सन्देश दिनु हो ।

धर्तीबाट अनन्त यात्रा गर्नेछन् २ सय फोटो

संसारभरीका उत्कृष्ट फोटोको यो प्रतिस्पर्धाको आयोजना ‘पोट्रेट अफ ह्युम्यानिटी’ ब्रिटिश जर्नल अफ फोटोग्राफीका प्रकाशक १८ सय ५४ मिडिया कम्पनीले गर्ने गर्छन् । गत वर्ष अक्टोबरमा यसको नोमिनेशन सुरु भएको थियो जुन २१ जनवरी २०२० सम्म चल्यो । अब यी २ सय तस्बिरलाई सेप्टेम्बर २०२० मा धर्तीभन्दा माथि स्ट्र्याटोस्फियरमा एउटा स्क्रिनमार्फत् प्रदर्शित गरिनेछ र बाइनरी अंकमा पनि एनकोड गरेर सुदुर अन्तरिक्ष अर्थात् आउटडोर स्पेसमा पनि पठाइनेछ ।

बाइनरी कोडमार्फत् फोटो एलियन सभ्यतासम्म पुग्नेछः

आयोजकका अनुसार यी चित्रलाई संख्यामा परिवर्तन गरेर ‘मानव जातीको तर्फबाट अनन्त दिशासम्म शान्ति र एकताको सन्देश’ पठाइनेछ ।  यो सन्देशले एउटा अनन्त यात्रा गरिरहनेछ जबसम्म कुनै एलियन सभ्यताका मानिसहरुले यसलाई पाउन सक्दैनन् र डिकोड गरेर यसलाई बुझ्दैनन् ।

फोटोमा क्यारलको कहानीः

अष्ट्रेलियाको केन्र्समा बने क्यारलको जीवन त्यतिबेला परिवर्तन भयो जब २००० मा उनको घरमा आगलागी भयो र उनको ८५ प्रतिशत शरीर जल्यो । सन् २०११ मा पदक बिजेता फोटोग्राफर ब्रिएन केसी एक स्टोरीको सिलसिलामा क्यारललाई भेटे । लामो समयसम्मको कुराकानीपश्चात् खबर पत्रिकामा प्रकाशित भयो ।

फोटोग्राफर ब्रिएनले क्यारललाई आफ्नो आत्मविश्वास पुनः प्राप्त गर्न प्रेरणा जगाए । त्यसपछि क्यारलले केन्र्स स्थिती घरमा सन् २००० मा घटित कहानीबारे जानकारी दिइन् । केरलले फोटोग्राफर ब्रिएनलाई लगभग पूरा शरीर जलेपछिको पीडा र त्यसमाथि विजय प्राप्त गर्दाको अनुभव साझा गरिन् ।

ब्रिएनले क्यारलसँगको कुराकानीपश्चात् भने, ‘उक्त अन्तरवार्तापछि म पूर्ण रुपमा विचलित भएको थिएँ । म उनको थुप्रै फोटो खिच्न चाहन्थेँ तर उनलाई कसरी भन्ने मेसो पाउन सकेको थिइनँ । ५ वर्षपछि सन् २०१६ मा केरल ब्रिएनलाई भेट्न राजी भइन् र मैले उनलाई फोटो खिच्ने आइडिया दिएर फकाएँ । पत्रिकामा छापिएको उनको ‘मिस मेयर, द स्किन आइ एम इन’ सिरिजको फोटोले थुप्रै अवार्ड जित्यो ।

ब्रिएन भन्छन्, ‘फोटोसुट अघि क्यारल निकै नर्भस थिइन् किनभने फोटोमा ती घाउका दाग देखाउनु थियो जुन १६ वर्ष पहिले भएको एक विभत्स घटनाले दिएको थियो । अन्तरिक्षमा पठाउनका लागि छानिएको उक्त फोटो मेयकरको केन्र्सको त्यहि घरमा खिचिएको थियो । फोटोसुट गराउने बेला उनको अनुहारमा एउटा लुकेको पीडा त थियो तर आत्मविश्वास निकै धेरै थियो । सुरुमा उनी आफ्नो शरीरको विषयमा निकै पजेसिव थिइन् र धेरैकुरा उजागर गर्नका लागि डराएकी थिइन् ।’

केहि फोटो पछि क्यारल सामान्य भइन् र भनिन्, ‘तिमीले मेरो शरीरको दाग देख्न सक्छौ र त्यो संसारलाई नै देखाउन सक्छौ ।’

फोटोमा उनीसँगै उनका छोरा ज्याक पनि छन् जो घटनाका बेला दुई वर्षका मात्रै थिए ।

क्यारल भन्छिन्, ‘म पूर्ण रुपमा जलिसकेकी थिएँ । डाक्टरले मेरो बाँच्ने सम्भावना ५० प्रतिशत मात्र भएको जानकारी दिए । उपचारको क्रममा ४ महिना बितिसकेको थियो र मैले पहिलो पटक आफ्नो अनुहार हेर्दा निकै तर्सिएकी थिएँ । मेरो अनुहार पूर्ण रुपमा नष्ट भइसकेको थियो । थुप्रै औंला जलेर खराब भइसकेका थिए । म त्यतिबेला ३३ वर्षकी मात्रै थिएँ । अहिले २० वर्षपछि पनि उक्त घटनाबारे सम्झँदा म थर्थरी काँप्ने गर्छु ।’

क्यारल भन्छिन्, ‘मेरो कहानीले धेरै मानिसहरुलाई छोयो । मलाई जुलियन बर्टन बर्न ट्रस्टको ब्रान्ड एम्बेसेडर बनाइयो ।’

फोटोग्राफर ब्रिएन आफ्नो सफलतामा भन्छन्, ‘म साँच्चै नै मैले जे गरेँ त्यसमा खुसी छु । मलाई केही कुराको पनि पछुतो छैन र फेरि पनि यस्तो गरिरहनेछु । तपाईं सधैं एउटा यस्तो फोटोमा केही खोज्ने कोसिस गरिरहनुभएको हुन्छ जुन सार्थक र भिन्न होस्, सायद अन्य फोटोभन्दा केही फरक पनि ।’

स्रोतः दैनिक भास्कर

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप