बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

किसानलाई ४० हजार माछाका भुरा वितरण

सोमबार, ०१ असार २०७७, ०९ : १८
सोमबार, ०१ असार २०७७

म्याग्दीको बेनी नगरपालिकाले नगरपालिका क्षेत्रका २७ किसानलाई माछाका भुरा वितरण गरेको छ । मत्स्य अनुसन्धान केन्द्र बेगनासताल पोखराबाट ग्रास र कमन कार्प जातको माछाका भुरा ल्याएर किसानलाई वितरण गरिएको नगरपालिकाको पशु शाखाले जनाएको छ । 

प्रतिभुरालाई ५० पैसाका दरले खरिद गरी किसानलाई न्यूनतम ५ सयदेखि तीन हजारसम्म माछाका भुरा वितरण गरिएको पशुसेवा शाखाका प्रमुखसमेत रहेका पशु स्वास्थ्य प्राविधिक प्रदीप गौतमले जानकारी दिए । 

चालु आर्थिक वर्षको बजेटबाट कूल रु ४५ हजारमा पोखरादेखि माछाका भुरा ल्याई किसानलाई अनुदानमा उपलब्ध गराइएको उहाँले बताउनुभयो छ । किसानको पोखरीको क्षमताअनुसार भुरा वितरण गरिएको जनाइएको छ ।     

नगरपालिकाको भकिम्लीका १२, ज्यामरुककोटका छ, रत्नेचौरका चार, अर्थुङ्गेका तीन र पुलाचौर दुई किसानलाई कमन र ग्रासकार्प जातको माछाका भुरा वितरण गरिएको शाखाले जनाएको छ । गएको वर्षमा पनि किसानलाई ४० हजार माछाका भुरा वितरण गरिएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप