शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लकडाउनको सन्नाटापछि भीडभाड देखिएको सिंहदरवार, तस्विरमा हेर्नुहोस्

सोमबार, ०१ असार २०७७, ११ : ३६
सोमबार, ०१ असार २०७७

आज असार १ गते । चैत ११ गतेदेखि लागू गरेको लकडाउनलाई सरकारले आजदेखि केही खुकुलो बनाउन सुरु गरेको छ ।

मन्त्रिपरिषद्को निर्णयअनुसार आजदेखि सरकारी कार्यालयहरु खुल्नेछन् । सरकारी कार्यालय आजबाट दुई सिफ्टमा सञ्चालन हुने भएको छ । मन्त्रिपरिषद्को जेठ २८ गतेको निर्णयअनुसार आजबाट कार्यालय दुई सिफ्टमा सञ्चालन गर्न लागिएको हो । बिहान ८ बजेदेखि १ बजेसम्म पहिलो सिफ्ट र १ बजेदेखि साँझ ६ बजेसम्म दोस्रो सिफ्टमा कार्यालय सञ्चालन हुनेछन् ।

बन्दाबन्दीलाई केही खुकुलो बनाएको सरकारले कोभिड–१९ को जोखिम कम गर्न सरकारी कार्यालय, बैंक, वित्तीय संस्था, सहकारी, बीमा सेवा आजबाट सञ्चालन गर्ने निर्णय गरेको हो । यसरी सञ्चालन हुनेमा शिक्षण संस्थाका कार्यालय, गैरसरकारी तथा निजी क्षेत्रका कार्यालयसमेत छन् । यी सबै कार्यालय दुई सिफ्टमा सञ्चालन गर्नुपर्ने छ ।

यस्तै सार्वजनिक तथा जोरबिजोर प्रणालीमा सञ्चालन हुने गरी निजी सेवा प्रदायक कार्यालयका श्रमिक तथा कर्मचारी ओसारपसार गर्न प्रयोग गरिने सवारीसाधनसमेत आजबाट सञ्चालन हुन पाउने छ । उक्त सवारीमा एक लहरमा एक जना यात्रु मात्रै राख्नुपर्ने छ । यात्रुले अनिवार्य रुपमा मास्क र स्यानेटाइजरको व्यवस्था गर्नुपर्ने तथा सवारीलाई दैनिक निसङ्क्रमित गर्नुपर्ने छ । उक्त सवारीमा आफ्नो कार्यालयमा काम गर्ने मजदूर तथा कर्मचारी मात्रै राख्नुपर्ने भनिएको छ ।

यसअघि सुनासान देखिने सिंहदरवारमा पहिलो दिन कार्यालय खुल्दा सोमबार बिहान धेरै समयपछि भीडभाड देखिएको छ । कार्यालय प्रवेश गर्नका लागि मुख्य प्रशासनिक केन्द्र गेट अगाडिको कर्मचारीहरुको ठूलो लाइन नै लागेको थियो । हेरौँ केही तस्विरः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप