शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सानिमा बैंकद्वारा करुणा फाउण्डेसन नेपाललाई १० लाख सहयोग

मङ्गलबार, ०२ असार २०७७, १८ : ५३
मङ्गलबार, ०२ असार २०७७

कठमाडौं– सानिमा बैंक लिमिटेडले करुणा फाउण्डेसन नेपाललाई १० लाख सहयोग रकम उपलब्ध गराएको छ ।

जन्मजात हुने अपाङ्गता रोकथाम तथा अपाङ्गता भएका व्यक्तिहरु लक्षित ‘अपाङ्गता रोकथाम तथा पुुनस्र्थापना कार्यक्रम’ मार्फत् अपा¨ता भएकाहरुका लागि आवश्यक सहायक सामाग्रीहरु –ह्विल चेयर, श्रवण यन्त्र लगायत) खरिद प्रयोजनका लागि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सो सहयोग रकम उपलब्ध गराएको हो । 

प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, प्रदेश १, पालिकाहरु र करुणा फाउण्डेसन नेपालको त्रिपक्षीय लागत तथा सञ्चालन साझेदारीमा सञ्चालन हुने यस कार्यक्रमले अपाङ्गता भएका व्यक्ति तथा उनीहरुका परिवारको जीवनको गुणस्तर बढाउन यस प्रकारको सहयोगले मद्दत पुग्ने विश्वास बैंकले लिएको छ । प्रदेश १का १४ जिल्लाहरु तथा १३७ पालिकाहरुमा मात्रै करिब १ लाख अपा¨ता भएका व्यक्तिहरु रहेको करुणा फाउण्डेसनले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप