नेकपामा एमसीसी विवादः दुई अध्यक्षमै छैन एकता
काठमाडौं – एक वर्षदेखि चर्चा र विवाद उच्चस्थानमा रहेको अमेरिकी सरकारको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विवादका कारण सरकार सञ्चालनदेखि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको नियमित कामसमेत प्रभावित बनेको छ ।
संसद्बाट एमसीसी पारित गराउने विषयमा सत्तारुढ दल नेकपा एकतर्फ देखिएको छ भने त्यसविपरित ध्रुवमा पार्टी उभिएको छ । सरकार एमसीसी पास गराउने पक्षमा छ । तर, सत्तारुढ दल नेकपा भने अहिलेको अवस्थामा एमसीसी पास नगराउने स्पष्ट अडानमा उभिएको छ ।
नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचमै एमसीसी विषयमा फरक मत पाइएको छ । प्रधानमन्त्री समेत रहेका ओली एमसीसी सम्झौता अनुमोदन गर्न हतारिहँदा अर्का अध्यक्ष दाहाल संशोधन गरेर मात्र अनुमोदनका लागि अगाडि बढाउनुुपर्ने पक्षमा देखिएका छन् । यो समाचार आजको राजधानी दैनिकमा भवनाथ प्याकुरेलले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै