शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सुशान्तको आत्महत्यापछि निशानामा परे सलमान

बिहीबार, ०४ असार २०७७, १८ : ०५
बिहीबार, ०४ असार २०७७

एजेन्सी । वर्ष २००१ मा प्रदर्शनमा आएको फिल्म ‘स्टाइल’ ले धेरै दर्शकको मन जित्न सफल भएको थियो । यस फिल्मबाट अभिनेता साहिल खानले बलिउडमा इन्ट्री मारेका थिए । पहिलो फिल्मबाटै वाहवाही बटुलेका साहिलले त्यसपछि धेरै फिल्म भने खेल्न पाएनन् । यही फिल्म रिलिज भएपछि ‘द न्यु खान इन टाउन’ शीर्षकमा एक लोकप्रिय म्यागेजिनको कभरमा शाहरुख र सलमानसँगै साहिलको तस्बिर छापियो । 

अहिले सुशान्तसिंह राजपूतले आत्महत्या गरेसँगै बलिउड फिल्म उद्योगमा सलमान खानसहितका धेरै कलाकारविरुद्ध दादागिरी चलाएको र क्याम्प खडा गरेर अन्यलाई पाखा लगाएको आरोप लागिरहेको छ । उत्कृष्ट हुँदाहुँदै पनि बलिउडमा बाइकटमा परेकाले सुशान्तले डिप्रेशनमा गएर आत्महत्या गरेको हुनसक्ने टिप्पणी अन्य कलाकारले गरिरहेका छन् र उनलाई बाइकट गर्न सलमानको ठूलो भूमिका रहेको अन्य कलाकारको आरोप छ ।

यही क्रममा साहिल खानले सलमानविरुद्ध निशाना साँधेका छन्  । ‘धेरै कम मानिसको जिन्दगीमा यस्तो हुन्छ, आफ्नो पहिलो फिल्म स्टाइलपछि नै इन्डियाको सबैभन्दा टप फिल्म म्यागेजिनले कभरमा इन्डियाका दुई सबैभन्दा ठूला सुपरस्टारसँग मलाई राखेको थियो । तर यसमध्ये एक सुपरस्टारलाई निकै दुःख लाग्यो । जबकी म त नयाँ थिए, उनको फ्यान थिएँ, कमजोर थिएँ ।’

उनले इन्स्टाग्राममा लेखेका छन्, ‘फेरि उनले मलाई धेरैपटक साइड रोलका लागि बोलाइ रहे, टिभी शोका लागि पनि बोलाए र त्यसपछि केही फिल्मबाट मलाई निकालिदिए । ठूलो नाम र सानो दर्शन । सोच्नुस्, को हुन् । मलाई फरक पर्दैन किनकि सुशान्तसिंह राजपूतले उनको वास्तविक अनुहार बाहिर ल्याइसकेका छन् । संसारका ती व्यक्ति नयाँ प्रतिभासँग कतिसम्म डराउँछन् । २० वर्षमा जोन इब्राहिमबाहेक फिल्म उद्योगमा अरु कोही ठूला स्टार आएनन् । कसैले आउनै दिदैंन । केवल स्टारका छोराछोरीलाई मात्रै काम मिल्छ । यसबारेमा सोचौं, तिम्रो आत्मालाई शान्ति मिलोस् सुशान्त ।’

सुशान्तको आत्महत्यासँगै बलिउडमा केही निर्माता तथा कलाकारमाथि आफ्ना नजिकका व्यक्तिलाई मात्रै काम दिने गरेको आरोप लागिरहेको छ । यसअघि ‘दबंग’ का निर्देशक अभिनव सिंह कश्यपले पनि सलमानमाथि क्याम्प खडा गरेको आरोप लगाएका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप