शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सुशान्त सिंह राजपूतका कारण निशानमा परेका करण जोहरले किन गरे होलान् यस्तो ?

शुक्रबार, ०५ असार २०७७, ०८ : ००
शुक्रबार, ०५ असार २०७७

बलिउड नायक सुशान्त सिंह राजपूतको आत्महत्यापछि बलिउड जगत् निकै तात्तिएको छ । उनले आत्महत्या गरेपछि मानिसहरु फिल्म निर्मातामाथि रिस पोखिरहेका छन् । यतिबेला परिवारवाद र नातावादको विषयमा सबैभन्दा धेरै रिस बलिउड निर्माता करण जोहरमाथि पोखिएको छ । ट्वीटरमा ‘अनफलो करण जोहर’ ट्रेन्ड पनि भयो तर अब करण जोहरले पनि त्यस्तै कदम उठाएका छन् ।

करण जोहरले सुशान्त सिंह राजपूतको आत्महत्यापछि सोसल मिडियामा मानिसहरुको अत्यधिक रिसको सामना गरिरहेका छन् । यतिमात्रै होइन, उनीविरुद्ध बिहारको एक अदालतमा मुद्दासमेत दर्ता गरिएको छ । तर अब करण जोहरले पनि यी रिसमाथि आफ्नो प्रतिक्रिया दिएका छन् । उनले माइक्रोब्लगिङ साइटमा थुप्रै अकाउन्ट अनफलो गरिदिएका छन् ।

कुनै बेला अतयधिक थुप्रैलाई फलो गरेका करण जोहरले अब ८ वटा अकाउन्टलाई मात्रै फलो गरेका छन् । उनले फलो गरेकामध्ये चार सेलिब्रिटी छन् । उनले छोरी भन्ने गरेका आलिया भट्टलाई पनि अनफलो गरेका छन् । साथै वरुण धवन र सिद्धार्थ मल्होत्रालाई पनि फलो गरिरहेका छैनन् । यसका साथै करणले आफ्नो निकै मिल्ने साथी काजोल र अन्य थुप्रै सेलिब्रिटीलाई पनि अनफलो गरेका छन् ।

अन्य आठ अकाउन्टमध्ये चार उनको प्रोडक्सन हाउस धर्माको हो र अन्य चारमा शाहरुख खान, अक्षय कुमार, अमिताभ बच्चन र प्रधानमन्त्री नरेन्द्र मोदी रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप