बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय
रूपचन्द्र विष्ट स्मृतिदिवस

रूपचन्द्र विष्टलाई सम्झँदा अहिले अरूलाई देख्दा दिक्क लाग्छ

‘जनता जाननीय भएका छैनन् भने उनका प्रतिनिधि माननीय हुँदैनन् ’
आइतबार, ०७ असार २०७७, १२ : ५२
आइतबार, ०७ असार २०७७

सांस्कृतिक रूपान्तरणको दृष्टिबाट हेर्दा अहिलेका राजनेता पनि देखियो । कथित दार्शनिक पनि देखियो । पढियो सुनियो । तर राजनेता, दार्शनिक अनि चुनावी अभ्याससहित विलक्षण प्रतिभा भएको व्यक्ति रुदाने (रूपचन्द्र दामन, नेपाल) सँग सङ्गत र सहकार्य  यो जीवनको गौरव गर्ने मुख्य कुरा ठानियोे । यो नै जीवन सार्थक भएको महसुस भएको छ । अरू र रुदानेमा फरक यति टाडा छ सो वर्णन गर्न कठिन छ । रुदानेका केही स्मरणहरु ः

तत्कालीन राजा वीरेन्द्रको जन्मोत्सव मूल समारोह समितिमा राष्ट्रिय पञ्चायत सदस्यको हैसियतमा सदस्य राखेछन् । उहाँलाई सोको चिठी आयो । रुदानेले सो चिठी ल्याउने व्यक्तिलाई सोही चिठीको पृष्ठ भागमा “आयोजक ! जिउँदो मान्छे अदालतमा लडिरहेको मुद्दा हो, यसको फैसला चिहानमा पुगेपछि मात्र हुन्छ । रापसरु” लेखेर चिठीको भर्पाइ गरिदिनुभयो । अनि भन्नु भयो, “त्यसैले मैले आफ्नो जन्मोत्सव मनाउने गरेको छैन । जसले आफ्नो जन्मोत्सव मनाउँदैन उसलाई अरूको जन्मोत्सव मनाउने हक हुँदैन ।” रापसरु (राष्ट्रिय पञ्चायत सदस्य रुपचन्द्र) भनेर लेखी सो पत्र फिर्ता पठाइदिनु भयो । यस विषयलाई लिएर तत्कालीन पञ्चेले रुदानेलाई कारवाही गरिनुपर्छ भनी पञ्चयत नीति तथा जाँचबुझ समिति (पनीजाबुस) माउजुरी हाले र जन्मोत्सव सामारोहमा कारबाहीको माग गरी भाषण पनि गरे । पनीजाबुसको अध्यक्ष नवराज सुवेदीले रुदानेलाई स्पष्टीकरण सोधे तर रुदानेले सो पत्रको पृष्ठ भागमा लेखेको कुरा नै स्पष्टीकरण हो भनी जबाफ दिए । यसभित्र ठूलै सैद्धान्तिक, दार्शनिक र राजनीतिक कुरा छन् । के कुनै मान्छे जन्मेका कारण समाज र मानव जातिलाई कति सकारात्मक प्रभाव प¥यो ? त्यस अनुसार पो उत्सव मनाउने हो । नकारात्मक प्रभाव परेमा त शोक पो मनाउनुपर्ने हो नि । तर दुष्ट मनुष्यले पनि उत्सवमनाउने अरूले हो हो गर्ने काम किन प्रचलन भयो ? यो प्रश्नको उत्तर अहिलेका जन्मोत्सव मनाउन केक काटेर प्रचार गर्नेले दिन सक्छन् । केक काटेर उत्सव मनाउने चलन कहाँबाट किन आयो ? वर्तमान बुज्रुकले बलपूर्वक व्याख्या गर्न खोज्लान् तर औचित्य पुष्टि गर्न सक्दैनन् । निरंकुस राजतन्त्रमा चलेको कालोे व्यवस्थामा त्यसका नायकलाई रुदानेले दिएको उत्तर तत्कालीन शासकलाई कडा चुनौती नै थियो । तर आजको परिवर्तित समयमा पनि यो बेथिति घटाउन सकिएन ।


यसैगरी वडामहारानीको जन्मोत्सवमा रुदानेको नाममा एक चिठी आयो । स्मारिका प्रकाशन गर्न लागेकाले वडामहारानीको बारेमा रापसहरुसँग एक लेख मागियो । यसमा रुदानेले एक कागज माग्नुभयो र लेखिदिनु भयो “ऐराल एक ठुली बडी आइमाई हुन् किनकि उनले राजासँग विवाह गरिन् । रुदाने” यो कागज लिएर सो हलकारा गयो । यसमा कम आँटको कुरा छैन । मै हुँ भन्ने हालका नेताले पनि यो सहास गर्न सक्दैनथे ।


यसैगरी वडामहारानीको जन्मोत्सवमा रुदानेको नाममा एक चिठी आयो । स्मारिका प्रकाशन गर्न लागेकाले वडामहारानीको बारेमा रापसहरुसँग एक लेख मागियो । यसमा रुदानेले एक कागज माग्नुभयो र लेखिदिनु भयो “ऐराल एक ठुली बडी आइमाई हुन् किनकि उनले राजासँग विवाह गरिन् । रुदाने” यो कागज लिएर सो हलकारा गयो । यसमा कम आँटको कुरा छैन । मै हुँ भन्ने हालका नेताले पनि यो सहास गर्न सक्दैनथे । यसमा पञ्चे कराउन हिम्मत गरेनन् किनकि यसमा कागज छुट्टै थियो । ऐरालको अर्थ (ऐश्वर्य राज्यलक्ष्मी) लगाउनु पर्दथ्यो । अनि राजासँग विवाह भनेको कुन राजा ? वडा माहाराजधिराज श्री ५ पो संवैधानिक राजा हुन् अरू त सयौँ राजा हुन्छन् नि आदितर्क वितर्क उठ्यो । यस विषयमा पञ्चेहरु हाक्काहाक्की आउन सकेनन ।

एक पटक दरबारको विरुद्धमा नै रुदानेले भाषण राष्ट्रिय पञ्चायतभित्रै गर्नु भयो । सरकार दरबारमा बसेकाहरुले अपराध अन्याय गरे, जनता आपतमा परे भनेर भन्नुभयो ।  अनि पञ्चे रापसले तत्काल नियमापत्ति गरे । कारवाहीको माग राखे । अध्यक्षले रापसरुलाई स्पष्टीकरण दिन आदेश दिए । रुदानेले मैले भनेको कुरा सत्य छ । स्पष्टीकरण त सरकार दरवारमा बस्नेले दिनु पर्ने हो भनी जवाफ दिनुभयो । त्यसपछि सदनमा हङ्गामा नै भयो । केही मण्डले प्रवृत्ति भएकाले रुदानेले यो राजदरबारलाई भनेको हो । यस्तो भन्नेलाई कडा कारवाही गर्न पर्‍यो । फेरि अध्यक्षबाट आदेश भयो, रूपचन्द्र विष्ट प्रष्ट भन्नुपर्‍यो यो के भन्न खोज्नुभएको हो ? रुदाने फेरि जवाफदिनु भयो, “दरबार त मुलुकमा धेरै छन् । सिंहदरबार, बागदरबार, सेतो दरबार, लालदरबार आदि तर श्री ५ महाराजधिराजको दरबारमा राजदरबारलाई त राजप्रासाद पो भनिन्छ त । यत्ति कुरा नबुझ्नेहरु चाकरी गर्न व्यस्त छन् । केही कारबाही हुन्छ भने जसले राजदरबार भन्ने शब्द जोडे उतै होस् ।” भनी जबाफ दिनुभयो । त्यसपछि सदनमा हाँसोको पर्रा छुट्यो । फेरि यसमा आपत्ति गर्ने आँट गरेनन् । वास्तवमा दरबार भनेको सामान्य रूपमा जनताले राजदरबार नै बुझ्ने हो । कर्मचारी पनि दरबार नै भन्थे । यसको मतलव राजदरबार नै हो । तर संसदीय अभ्यासमा रुदानेले ती निरङ्कुश पञ्चेलाई वैधानिक रूपमा पुष्टि गरी दिन्थे कि उनका भनाइ जनताले बुझ्ने तर कानुनले नसमात्ने यो क्षमता पनि इतिहासमा स्मरणीय छ ।


अहिले आफैले आफैलाई माननीय भन्न रुचाउनेको हुल बढ्दो छ । अझ सामन्ती सोच भएकाहरुले त सम्माननीय किन नभनेको भनी संसदमा आपत्ति गर्नेहरु पनि छन् । संमाननीय शब्द राजतन्त्रसँग सम्बन्धित छ । सामन्त प्रथासँग सम्बन्धित छ । जसरी अधिराज्य भन्ने शब्द राजतन्त्रसँग सम्बन्ध छ । बेलायतले राइट अनेरेवल भन्ने चलन चलायो । अपर हाउस, लर्ड हाउस भन्ने सब्द प्रयोग गर्‍यो । यी सबै सामन्ती सोचका कुरा हुन् । रुदानेलाई कसैले माननीय भनेर सम्बोधन गरेको अवस्थामा उहाँले सोध्नु हुन्थ्यो । जनता जाननीय भए ? यदि जनता जाननिय भएका छैनन् भने उनका प्रतिनिधि माननीय हुँदैनन् । ​


अहिले आफैले आफैलाई माननीय भन्न रुचाउनेको हुल बढ्दो छ । अझ सामन्ती सोच भएकाहरुले त सम्माननीय किन नभनेको भनी संसदमा आपत्ति गर्नेहरु पनि छन् । संमाननीय शब्द राजतन्त्रसँग सम्बन्धित छ । सामन्त प्रथासँग सम्बन्धित छ । जसरी अधिराज्य भन्ने शब्द राजतन्त्रसँग सम्बन्ध छ । बेलायतले राइट अनेरेवल भन्ने चलन चलायो । अपर हाउस, लर्ड हाउस भन्ने सब्द प्रयोग गर्‍यो । यी सबै सामन्ती सोचका कुरा हुन् । रुदानेलाई कसैले माननीय भनेर सम्बोधन गरेको अवस्थामा उहाँले सोध्नु हुन्थ्यो । जनता जाननीय भए ? यदि जनता जाननिय भएका छैनन् भने उनका प्रतिनिधि माननीय हुँदैनन् । जव जनता जानीनय हुन्छन् तब उनका प्रतिनिधि माननीय हुन्छ । यो जनतन्त्रसँग सम्बन्धित छ । भारतमा प्रधानमन्त्रीलाई सम्माननीय भनिँदैन । राष्ट्रपतिलाई पनि सम्माननीय भनिँदैन । चीनमा पनि भनिँदैन । अमेरिकामा पनि भनिँदैन । तर बेलायतमा भनिन्छ किन ? सामान्य जबाफ छ । त्यहाँ राजतन्त्र छ तर नेपालमा किन यस्तो भनिन्छ ? नेपालमा राजतन्त्र थियो । बेलायतको जस्तै प्रिभिकाउन्सिल सट्टामा राजपरिषद् वा राजसभा थियो । तिनका सदस्यलाई सम्माननीय भन्ने प्रचलन राजाले बेलायतलाई हेरेर गरेका थिए । त्यसैले रुदानेले सदनमा कहिल्यै पनि सम्माननीय शब्द प्रयोग गर्ने काम गर्नु भएन ।

एक पटक यस विषयमा पनि रुदानेले अध्यक्षलाई सम्माननीय भनी सम्बोधन नभएको कुरामा नियमापत्ति भयो । रुदानेले आफैले अध्यक्षसँग तत्काल समय माग्नुभयो र भन्नुभयो “मा. अध्यक्ष महोदय ! यो सदनभित्र कोही पनि सम्माननीय छैनन् । सवै माननीयको हैसियतमा उपस्थित छौँ । यदि कसैलाई सम्माननीय चाहिएको हो भने राजसभातिर खोज्न जानुपर्छ कि ? यस कुरालाई लोकेन्द्रबहादुर चन्द सहितका माननीयहरुले टेबुल ठटाएर समर्थन गरेका थिए । हालको अवस्थामा प्रधानमन्त्री केपी ओली रुदाने र उहाँको थाहा दर्शनमा पनि विज्ञ छन् । यसर्थ केही गर्न सकिन्छ कि आनीबानी र व्यवहार आचरण आदिमा ।

रुदानेले सार्वजनिक सभामा गर्ने सम्बोधनको मूल अंश यस्तो छ ः

सभाध्यक्ष !

कलिलाबाट विद्रोहकारी परिवर्तन,

श्रमिकबाट क्रान्तिकारी परिवर्तन,

जीवनविषयी बुद्धिजीवीबाट बौद्धिक स्वतन्त्रताको प्रयोगकारी परिवर्तन, र

नारीबाट सामाजिक परिवर्तन पाइने मुख्य मुहानहरु भएकाले यही सम्बोधन गरियो । यसमा सबै परे होलान् । नपर्नेहरु सम्बोधनमा परेनन् ।

यी सूत्र आज बहुदल हुँदै सङ्घीय गणतन्त्र हुँदाका अवस्थामा बजेट यहीअनुसार बन्नुपर्ने हो । सरकारको कार्यनीति कार्यक्रम यही नीतिअनुसार हुनुपर्ने हो । यसैलाई केन्द्रविन्दु बनाएर बजेट नीति तर्जुमा गर्नु पर्ने हो ।

२०३९ सालमा रुदानेले सार्वजनिक प्रश्न जनता समक्ष गर्नु भयो, जात ठूलो किजनता ? नाता ठूलो कि न्याय ? स्वार्थ ठूलो कि सत्य ? यो प्रश्न अहिलेका दल र नेतालाई पनि उत्तिकै महत्त्वको छ । यसैगरी “केटाकेटी बिग्रे आमाबाबु दोषी, जनता बिग्रे सरकार दोषी, सरकार बिग्रे व्यवस्था दोषी, व्यवस्था बिग्रे अगुवा दोषी अनि यर्थाथमुखी कर्तव्यमुखी बाहेक पछुवा, भगुवा सारा दोषी ।” त्यो व्यवस्था बिग्रेको थियो । त्यो सरकार बिग्रेको थियो । जनता बिग्रेका थिए ।  व्यवस्थाको अगुवा (राजा)  थिए । तसर्थ दोषी राजा नै हुन् भन्ने कुरा किटान गरिएको यो कुरा पर्चामा नै आएको थियो ।  अहिलेका दल र नेताले यो मनन गर्नुपर्ने बेला भएको छ । नत्र उही काम एकाथरिलाई, कमाइ अर्कोथरिलाई हुने सामाजवादको उल्टो व्यवस्था चलिरहन्छ ।

त्यसैले अहिलेका दल र नेताले तलको भनाइलाई आत्मसात गर्न आवश्यक छ ।

“थाहासँग प्रेम गर, थाहा तिमीकहाँ आउँछ । थाहाप्रति इमान राख कर्तव्य तिमीकहाँ आउँछ, कर्तव्य हो जिन्दगीको सक्कल ।” रुदाने ।

यही कुरामा ध्यान जाओस र रुदानेलाई सम्झना राज्यले गरोस् । यो देश सप्रेमा वा बिग्रेमा दोष अहिलेको नेतृत्वलाई जान्छ । यो कुरा रुदानेले २०२९ मा राजालाई लक्षित गरी अञ्चलाधीशसँग बयान दिँदा भन्नुभएको थियो । “जो जति शक्तिमा छ, समाज सप्रे बिग्रेमा, त्यो त्यति जिम्मेवार छ ।” यो कुरा अब नेपाल कम्युनिस्ट पार्टीमा लागू हुन्छ । यसमा रुदानेको स्मरण गर्दै याद गरौँ ।

लेखक वरिष्ठ अधिवक्ता तथा सङ्घीय सांसद हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रामनारायण विडारी
रामनारायण विडारी

वरिष्ठ अधिवक्ता  समेत रहेका विडारी सङ्घीय संसद अन्तर्गतको संसदीय समितिका सभापति हुन् । 

लेखकबाट थप